"केटाकोटी हो ! आज हामी हिन्दूहरूको ठूलो धार्मिक दिन हो, सबै केटाकेटीले नुहाई सफा लुगा लगाएर शिव भगवानको नाउँमा धुप बाली पूजा अर्चना गर ।" हजुरआमाले नातिनातिनालाई भन्नुभयो ।  
सबै केटाकेटीले हजुरआमाले भनेको मानेर “हस्“ भन्दै सनातनीय कर्ममा लागे । 
यत्तिकैमा "अलक" भन्दै जोगी बहिर ढोकामा उभिए। 
हजुरआमाले "बनाएका नैवेध्य भगवानलाई छुट्याएर जोगीलाई खान दिनु”,  भनी बुहारीलाई अह्राउनुभयो । 
कान्छो नातिले, "सधैँ आउँदा जोगीलाई चामल  र पैसा दिएपुग्थ्यो, आज चाहिँ किन मीठो  नैवेद्यको परिकार नि?” सोध्यो। 
"आज आउने व्यक्ति भगवानको रूपमा आउँछन् नाति,”  हजुरआमाले भन्नुभो । 
कान्छो नातिले  मजाक गर्दै, "हजुरआमा म पनि कतै आफन्तकोमा जानुप-यो मलाई पनि भगवान भनेर मीठो खान देलान् नि !”
"हा..हा..!” सबै हॉसे । 
"आज मन्दिर जानुपर्छ" भन्दै बुहारीले हजुरआमा माझ प्रस्ताव राखिन् ।  
हजुरआमाले बुझाएर बुहारीलाई भन्नुभो, "हेर, शिव प्राप्तिका लागि हृदयभित्रको परमात्मालाई ध्यानस्थ भई प्राप्त गर्ने हो । मन्दिर जाने भनेको त हातमा भएको हिरालाई फालेर रूखको फल टिप्नु जस्तो हो बुझ्यौ !”
************
बुद्धिमा बिर्को
“तिमीले मलाई समय दिनुपर्छ !” पुरूले भने । 
 उसको मीठो बोलीमा पग्लिएकी  उसले खुसीले टाउको हल्लाई  “हुन्छ”को सङ्केत दिन्छे । 
गाउँको विध्यालयका प्र.अ. र स्थानीय कलेजका प्राध्यापक भएर मोहनबहादुरले समाजमा आफ्नो नाम स्थापित गरिसकेका थिए। समाजका शिक्षाप्रेमी मोहन सरका दुई आँखाका नानीहरू हरेक विषयमा तेज । 
किशोरावस्थाकी छोरी, देख्नमा अत्यन्त सुन्दरी, एसएलसी प्रथम श्रेणी उत्तीर्ण  भइन् । विज्ञान विषय लिएर पछि डाक्टर बन्ने लक्ष्य बोकी बाबुआमाको नाकराख्ने अभिलाषाले सहर पुग्छे । 
“काका ! हजूरले मेरो नाम विज्ञान विषयमा लेखाएको हैन? तर  यहॉ त छैन नि!” सुमी प्रश्न गर्छे फोनमा । 
काका भन्छन्, ”हो मेरो नाम लेऊ न एक सिट छ दिन्छन् ।”  
गाउँदेखि आएकी सुमीलाई पहिलो गॉसमै ढुङ्गा लाग्यो । समाजशास्त्र विषय लिएर बाबुको सल्लाहमा अध्ययन गर्न थाल्छे। 
सहरको रमझममा रूमल्लिएर कलेज फर्कंदा सधैं पुरूसँग भेट हुन पुग्छ । 
सुमी, "बाबा म एउटा प्रस्ताव राख्छु, हजुर नाई नभन्नु ल ।"
बाबाकी अति प्यारी छोरीको कुरा सुनेर बाबाले “हुन्छ” भनिदिए । 
“म विवाह गर्छु“ सुमीको कुरा सुनेर बाबा छानाबाट खसे। 
प्र.अ. मोहनबहादुर सहर आउँछन् । धनीको छोरो लफङ्गो झैं देखिने केटो । यो विवाहको उमेर हैन। बाबुले छोरीलाई  उच्चशिक्षा हासिल गरिसकेपछि विवाह गरौंला त्यही केटोसँग भनी सम्झाउँछन्। तर, उनले सोचेझैं हुन सकिरहेको छैन। 
बुद्धिको बिर्कोमा खिया लागेपछि र सहरको लालसामा एक्लै छाड्दाका परिणाम । 
************
वाध्यता 
म सम्झन्छु त्यो सानी सुन्दर मुहारकी, मेहेनती, ज्ञानी केटी सम्झना। भोलिको भविष्यकी उजागर व्यक्तित्व । हाम्रो अशिक्षित, अपठित समाज । त्यही समाजमा हुर्केकी पारिवारिक विघटनको चपेटामा परेर भविष्य विथोलिएकी सम्झना । आज सामान्य २-४ रूपैयॉको काममा आफूलाई समर्पित गर्न पुग्छे। एसएलसी पास गरेर पढाइ छाडिछन् । कारण बाटोमा चिया बेचेर जीवन धान्न वाध्य उनकी आमालाई खुसी देख्न चाहन्छे ।
यो देशमा पतिले जति बहुविवाह गरे पनि हुने । सामान्य सजायमा पति उम्कने । कडा कानुन ल्याएर पत्नी र छोराछोरीको भविष्य सफल बनाउने प्रक्रिया चलाउन किन जोड दिंदैन सरकार ? उत्कृष्ट कर्णधार उत्पादन गर्न सके त राज्य नै  सफल हुन्थ्यो नि ! 
उनले मलाई आफू बसेको सिट छोड्दै नमस्कार गरिन् । मैले परिचय मग्दा गुरूआमा सम्वोधन गर्दै,  "म हजुरकी प्यारी सम्झना के त !” भन्दै सम्झाउन खोजिन् । धेरै वर्षपछिको भेट कलिली उनी वयस्क भइछन् । कक्षामै विविध क्रियाकलापमा प्रतिस्पर्धा गर्दा उनी सधैँ प्रथम हुन्थिन् र सानो उपहार दिएर हौसला बढाउने कार्य गरिन्थ्यो । एकैछिनको यात्रामा पढाइको दुर्दशा विदेशिने तयारी म चकित भएँ ।
यो कस्तो संस्कार जीवन धान्ने वैदेशिक रोज़गार ?
************
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
No comments:
Post a Comment