समाज सधैं एकै गतिले चल्दैन । यो सदैव परिवर्तनशील हुन्छ । समय र परिस्थितिले सदैव नयाँ खोज जारी राख्छ । त्यो समयको माग पनि हो । आज नसोचेको कतिपय घटनाले मानवीय भविष्य नै सङ्कटमा पर्ने जोखिम देखिन थालेको छ । यसबाट सुरक्षित रहन विभिन्न उपाय र जुक्ति लगाउने प्रयास नगरेको हैन । यो प्रयास निरन्तर जारी रहनु पर्दछ । अनि मात्र यसको विकल्प देखिने छ ।
पृथ्वीबाहेक मंगल ग्रहमा समेत मानव बसोबासका लागि उपाय खोजिदैँछ । यो अहिले असम्भव जस्तो लाग्ला । तर पछि त्यो बिस्तारै सम्भव हुँदै जानेछ । एक दिन त्यसले अवश्य पनि मूर्तरुप लिने कुरामा आशावादी हुनु पर्दछ । हुन त चन्द्रमामा पनि मानव पाइला यसरी नै साकार भएको हो । अहिले हेर्दा र बुझ्दा यो असम्भव लाग्न सक्दछ तर भविष्यमा यसले दिने परिणाम सबैका लागि उपयोगी हुनेछ । आज जे जस्तो प्रविधि देखिएको छन् । त्यसको सही प्रयोग भयो भने निश्चय पनि त्यो एउटा कोसेढुङ्गा हुनेछ ।
जब प्रविधिले सबैको हित हुने कार्य सुरू गर्दछ । त्यो आयाम एक शुभ बिहानीजस्तै उज्यालो भएर फैलिने छ । हरेक कुरा पहिले यस्तै हुन्छ । बिस्तारै प्रविधिले रुप र आकार ग्रहण गर्न थाल्दछ । अनि मंगल ग्रह पुग्ने मान्छेको इच्छा र चाहना कुनै दिन अवश्य पूरा हुनेमा दुई मत छैन । एक शुभ बिहानीजस्तै उज्यालो भएर फैलिने छ । हरेक कुरा पहिले यस्तै हुन्छ । बिस्तारै प्रविधिले रुप र आकार ग्रहण गर्न थाल्दछ । अनि मंगल ग्रह पुग्ने मान्छेको इच्छा र चाहना कुनै दिन अवश्य पूरा हुनेमा दुई मत छैन ।
अन्त्यमा, लघुकथा संसार हरेक महिना झन् जवान बन्दै गइरहेको छ । यतिबेला परिस्थितिको सामना गर्दै होस्टेमा हैंसे गर्दै अघि बढिरहेको यहाँ अवगत गराउन चाहन्छु । आशा छ, यसमा तपाईंहरुको साथ र सहयोगले अग्रगामी गति लिन हामी कटिबद्ध छौं ।
अङ्क २१ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment