शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, December 18, 2017

जब राजीव गान्धी र उनको परिवारले नेपालमा राजनीतिक शरण मागे


प्रवीण अधिकारी
उहिले, हाम्रो नेपालले भारत नजोगाईदिएको भए । भारत आजकै स्वरुपमा रहन सक्थ्यो, सक्दैनथ्यो यसै भन्न सकिने अवस्था छैन  । तर, अहिले नेपालका तमाम विकारु नेताहरु नेपालमा घर, भारतमाथि भर परेर बस्ने गर्दछन | जसरी नेपालका वहुसंख्यक नेताहरु विशेषतः अमरिश कुमार, रेशम चौधरी, दीपक मनाङ्गे, राजेन्द्र महताे, उपेन्द्र यादव, प्रचण्ड, बाबुराम भट्टराई, वृजेश कुमार गुप्ता, माधव कुमार नेपाल र शेरबहादुर जस्ताले चलाएको गणतन्त्रले नेपाललाई स्विट्जरल्याण्ड बनाउन सक्तैन, त्यसैगरी वर्तमान नेपाली पुस्ताहरुले पनि नेपालको पुरानो हैसियत कहिल्यै पनि बुझ्ने चाहना राख्तैन |
यो गफ होइन, अकाट्य सत्य हो | आजको भारत, यही स्वरुपमा जोगाईदिने नेपाल नै थियो भन्यो भने, विभिन्न दलीय कित्तामा बाँडिएका आजका नेपालीहरुले पत्याउने छैनन्, किनभने आजको दिनमा भारत हाम्रा नेताहरुको माईवाप बन्न पुगेको छ | आजको भारतले नेपाली नेताहरुलाई किनेर नेपाल र भारतको मित्रताको बखान गर्दै, नेपालको सतित्व हरण गर्ने काम गरेको छ | भारतीय नेताहरुले विभिन्न स्वार्थ भरिएको नेपाल र नेपाली नेताहरुको बखान गरेर नथाक्लान तर, नेपालमा ३ पटक नाकावन्दी लाउने नेता पनि भारतीय नै थिए | आजको भारतले आफ्नो हैसियत नेपालभन्दा उच्च राखेको छ तसर्थ नेपाल सधैँ उसको प्रभाव क्षेत्रभित्र रहोस् भन्ने उसको चाहना छ | यो उसको ठूल्दाई पारा मात्र हो, नत्र सारभौम सत्ता र स्वतन्त्रताको लागि नेपाल र भारत साना, ठूला देश कदापि हुन सक्तैनन |
नेपालले भारतलाई नदीनाला दिईरहे, भारत मख्ख पर्ने गर्छ र नेपाल भारत मित्रताको डिङ्ग हाक्ने गर्छ , तर, ती नदीनाला दिएवापत नेपाली नेताहरुले भारतबाट लिएको सहयोग भनेको सभासदहरुलाई बस अनि जनसाधारणलाई साईकल र चुनावको मत बाकसदेखि सेनाको हेलिकप्टर मात्र हो अरु कुरो त नियमित प्रक्रियाभित्रको सहयोग हो | आजसम्म नेपालले बुझाएका नदीनाला, कुनै पनि कार्यान्वयनमा आएको देखिएको छैन, झन्डै आधा शताब्दीभन्दा बढि समय त्यसै बितेर गएको अवस्था छ | यस बाहेक हाम्रा नेताहरुको अन्तिम रणनीति भनेको सके हात थाप्ने, दिएन भने मागेरै भए पनि लिने रहेको देखिन्छ | आजको नेपाल यस्तो अवस्थामा पुग्नुको पछाडि गणतान्त्रिक महाराजाहरुको ठूलो योगदान रहेको छ | यो कुरा हामी प्रत्येक नेपालीलाई थाहा छ, हाम्रै आँखा सामु छ, तर हामीले बुझ पचाइरहेको अवस्था छ |
नेपालद्वारा आजको भारत जोगाउन दिएको योगदान
उहिले, आजको भारत सयौं टुक्रामा विभाजित थियो । त्यो अनेकौं टुक्रामा विभाजित हुन पुगेको भारतलाई आजको विशाल भारत बनाईदिने श्रेय हाम्रै नेपाली सेनाको रहेको थियो | भारतमा बिद्रोहको ज्वाला दन्केर अंग्रेजले एकीकरण गरेको भारतलाई जोगाईदिने काम नेपाली सेनाले नै गरेको थियो | नेपाली सेनाकै सहयोगका कारण अङ्ग्रेजले बनाएको भारतको विशाल प्रशासनिक एकाइ टुक्राटुक्रा हुनबाट जोगिएको थियो | नेपालीले साथ नदिएको भए अंग्रेजले भारतीय जनबिद्रोह दबाउन सक्ने अवस्था थिएन | आजको विशाल भारतको नक्सा नेपाली सेनाको आडबलमा कायम राखिएको भारतीय भूभाग हो | एउटा चेचेन्या टुक्रिन खोज्दा रुसले कति लाख टन बमबारी गर्यो त्यसको हिसाब किताब रुस सँगै होला | सन् १९६५ पछि तिब्बतलाई जोगाउन चीनले कति खर्च गरिरहेको छ त्यो चीनलाई नै थाहा छ | एउटा सानो टुक्रा काश्मिरलाई जोगाउन भारतले कति खर्च गरिरहेको छ त्यो कुरा भारत र पाकिस्तानलाई थाहा होला । तर, जंगबहादुरको पालामा नेपाली सेनाले हतियार नउठाई दिएको भए, जंगबहादुर आफ्नै नेतृत्वमा सेना लिएर भारतमा नपुगेको भए, नेपालले त्यो सहयोग नदिएको भए, आजको भारतको मानचित्रको ३१ ओटा प्रान्त, ३१ ओट स्वतन्त्र मुलुक बन्ने थियो | तिनै जंगबहादुर हुन्, त्यो योगदानको योगदानको कदर गर्दै अंग्रेजले ४५ वर्षपछि पश्चिम नेपालको ४ जिल्ला फिर्ता मात्र ल्याएनन्, बरु तत्कालिन भारत टुक्राटुक्रा हुनबाट जोगाई पनि दिएका थिए |
सन् १९४७ पछिको भारत जोगाउन नेपाली युवा र सैनिकको सहयोग
हिंजो भारत स्वतन्त्र हुन चाहँदा नेपाली सेना र युवाले आफ्नो रगत पसिना बगाएका थिए | नेपालका हिंजोका युवाहरुले भारत जोगाउन आफ्नो युवा शक्ति, श्रोत र साधन सबै चीज खर्चिन पुगेका थिए | तत्कालिन नेपालीहरुले भारतको दुई ठूला ठूला मुद्दाहरुमा आफ्नो योगदान दिएका थिए – त्यसमध्ये आधुनिक भारतको राजनैतिक सिमाना बनाउन र भारतलाई अंग्रेजबाट मुक्ति दिलाउन | जसरी पृथ्वीनारायण शाह नेपालको एकिकरणकर्ता हुन पुगे त्यसरी नै उपनिवेश खडा गर्दै हिडेका अङ्ग्रेजको प्रशासनिक राजको रक्षा गरिदिएका जंगबहादुर तथा उनको सेना भारतको राष्ट्र निर्माता पनि हुन पुगे | पृथ्वीनारायण शाहले राष्ट्र निर्माण/राष्ट्र विस्तार/राष्ट्र एकिकरण नगरिदिएको भए सन् १९४७ पछि बल्लभभाई पटेलले नेपाललाई भारतमा मिसाउने थियो | आफ्नो राजनैतिक सिमाना नाघेर भारतमा क्रूर सैनिक दमन गर्न सफल भएका जंगबहादुरले अहिलेको भारत ठड्याउन योगदान दिए |
सन् १९४७ मा भारतले पाएको स्वतन्त्रतामा नेपालीहरुको अमूल्य योगदान रहेको थियो | तत्कालिन भारतीय नेताहरू डा. राजेन्द्र प्रसाद, पं. जवाहरलाल नेहरु, जय प्रकाशनारायण, डा. राममोहन लोहिया सँगै बिपी कोइरालाहरु हजारीबाग जेल र मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र जस्ता कैयौं नेपालीहरु अन्य जेलमा थुनिएका थिए | हजारीबाग जेल तोडेर जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह भाग्दा नेपाल सुरक्षित स्थलदेखि भूमिगत रुपमा नेपालको सप्तरी जिल्लामा आएर लुकेका थिए | उनीहरुले स्वतन्त्रता संग्रामको योजना नेपालकै भूमिमा बसेर बनाएका थिए | सप्तरीको सीमावर्ती नियोर गाउँका अवध सिंहलाई साथ लिई उनीहरु सप्तरीको कोइलाडी वरसाइनस्थित रामेश्वर सिंहको घरमा महिनौ सम्म बसेका थिए | जयप्रकाशनारायण, डा. राममनोहर लोहिया, विया पटवद्र्धन, डा. वैद्यनाथ झा आदिको आश्रयस्थल कोइलाडी, विसहरिया, सकरपुरा, सखडा, वरसाइन बन्दरझुला आदि गाउँ रहेको थियो |
अङ्ग्रेजले भारत छडिसकेपछि भारत र पाकिस्तानको जन्म भएको थियो | मुसलामानहरु पाकिस्तान र हिन्दूहरु भारतमा रहने सम्झौता अनुसार धेरै ठाउँमा कुरो मिलेन | त्यसमध्ये एक ठाउँ हैदरावाद रहेको थियो | त्यहाँको हिन्दू र मुसलमान बीचमा भयङ्कर दङ्गा बढेर तत्कालिन भारतीय सेनाको नियन्त्रणभन्दा बाहिर पुगेपछि प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा श्री ३ मोहन समशेर राणाले २० पल्टन (रेजिमेन्ट), करिब १८ हजारभन्दा बढी नेपाली फौज शान्ति स्थापनाको लागि हैदरावाद पठाएका थिए | वि.सं. २००५ (४ अगस्त १९४८) मा हिँडेका नेपाली फौजले लाखौँ हिन्दू मुसलमानको ज्यान बचाएका थिए | जसका लागि नेहरु नियन्त्रित भारत सरकारले ठूलो आभार व्यक्त गरेको थियो | भनिन्छ, नेपालले पठाएको त्यही सैनिक टोलीको कारणले गर्दा नेपाल – भारत स्वतन्त्र देश हो भनेर नेहरूलाई पाठ पढाउने महत्वपूर्ण कडी हुन पुगेको थियो |
राजा वीरेन्द्रद्वारा ईन्दिरा गान्धीको चासो
यस बाहेक, सन् १९७७ इन्दिरा गान्धीले चुनाव हारेपछि तत्कालिन नेपालका राजा वीरेन्द्र सँग राजीव गान्धी र उनको परिवारले नेपालमा राजनीतिक शरण मागेको कुरो आरके यादवले लेखेको ‘मिशन रअ’ पुस्तकमा उल्लेखित छ | राजा वीरेन्द्रले आफूलाई गान्धी परिवारको सुरक्षाको विषयमा चासो राखेको कुरा इन्दिरा गान्धीले नै भारतीय गुप्तर एजेन्सी रअका फाउन्डर एनआर काओलाई भनेको कुरा यादवले उल्लेख गरेका छन् | तर, काओले नै मोराजीसँग कुराकानी गरेर सुरक्षाको ब्यवस्था मिलाएपछि नेपालमा शरण लिनु नपरेको उल्लेख गरेको कुरो अहिले पुरानो भइसकेको छैन |
साभारः न्यूज२४ नेपाल

No comments:

Post a Comment