शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 18, 2016

के गर्दैछन् नेपालमा पुर्व राजकुमार पारस शाह ?

जेठ ३१ गते डोटी सिलगढीबाट खप्तडतर्फ उकालो चढ्ने क्रममा पूर्वयुवराज पारस शाह आफ्नो समूहसँग देशको चिन्ता गर्दै थिए । राष्ट्र र राष्ट्रियताको सवालमा मुलुकको युवाशक्ति अब सचेत हुनुपर्ने उनको तर्क थियो । पारस असार २ गते खप्तड प्रवेशद्वार झिग्राना पुगे । खप्तड बाबाको आश्रम दर्शन गर्ने अभिलाषा लिएर त्यहाँ पुगेका शाहले ५० वर्ष योग र ध्यानको सहारामा जीवन बिताउने क्रममा खप्तड बाबाले प्रयोग गरेका सामग्री एवं रचना गरेका पुस्तकहरू अवलोकन गरे ।
साप्ताहिकमा विदूर खतिवडाले लेख्छन्-पारस १० दिन खप्तड बसेर काठमाडौं फर्किए । पछिल्लो समयमा बढ्दै गएको आध्यात्मिक मोहका कारण उनी त्यहाँ पुगेका थिए । खप्तड बसाइका क्रममा पारस अत्यन्त प्रसन्न देखिन्थे । त्यहाँ बस्दा उनले मेडिटेसन पनि गरे अनि खप्तड मन परेकाले फेरि समय मिलाएर आउने अभिव्यक्ति दिए । स्थानीय जनता पारस खप्तड आउने कुरा थाहा पाएर बाटोमा उनलाई हेर्न कुरेर बसेका थिए ।
पारस शाह त्यसअघि जेठको २८ गते पोखरा पुगेका थिए । बूढानीलकण्ठ स्कुल (१९८३–१९९० एडी) २०० बी ग्रान्ड गेट टुगेदर–२०१६ का लागि उनी त्यहाँ पुगेका हुन् । बूढानीलकण्ठमा सँगै अध्ययन गरेका सहपाठीहरू सामाजिक कार्यका लागि सहकार्य गर्ने उद्देश्यले फाउन्डेसनमार्फत अघि बढ्ने योजनासहित पोखरास्थित होटल जलमहलमा भेला भएका थिए । जलमहलका सञ्चालक दिनेश प्रसाईं पनि पारसकै ब्याचको विद्यार्थी भएकाले उनैले जलमहलमा उक्त भेला संयोजन गरेका थिए ।
जलमहलमा जेठ ३० गतेसम्म ३ दिन बसेर उनी खप्तडतर्फ लागे । जलमहलको भेलामा पूर्वयुवराज पारस एकदमै सरल हिसाबले प्रस्तुत भए । सबै साथीभाइ तथा उनीहरूका परिवारका साथ उनले छलफल एवं अन्तक्र्रिया गरे । ‘पारस शाहको जुन किसिमको इमेज नेपाली समाजमा स्थापित छ, त्यसअनुरूप उनले कस्तो व्यवहार प्रदर्शन गर्लान् भन्ने लागेको थियो,’ उक्त भेलामा सहभागी पारसकै एक सहपाठीले नाम उल्लेख नगर्ने सर्तमा भने– ‘तर उनी एकदमै भद्र हिसाबले प्रस्तुत भए, साना बालबालिकाहरूसँगको उनको व्यवहार रमाइलो थियो, पारस एकदमै परिवर्तन भएका रहेछन् ।’ विगतमा ‘ब्याड ब्वाइ’ को इमेज बनाएका पारस कसरी त्यस्तो रूपमा प्रस्तुत भए, धेरैमा जिज्ञासा थियो । पारस निकटस्थ सूत्रको दाबीअनुसार उनी विगतमा पनि अरूलाई हानि हुने गरी नराम्रो गर्ने किसिमका व्यक्ति होइनन्, तर परिस्थिति एवं विभिन्न प्रपञ्चका कारण उनी एकपछि अर्को घटनामा फस्दै गए । जलमहलमा आयोजित भेलामा सुरक्षाको कारण देखाउँदै पारसले ती तीन दिनको समयमा आमनागरिकको प्रवेश रोकिदिन आग्रह गरेको सञ्चालक दिनेश प्रसाईंले बताए ।

हरेक वर्ष गंगा दशहरा मेलाको अवसर पारेर २ सय २५ वर्गकिलोमिटरमा फैलिएको खप्तडमा मेला लाग्ने गरेको छ । स्वास्थ्य बिग्रिएका कारण पारस असार १ गतेको उक्त मेलामा सहभागी हुन भ्याएनन् । पोखरा, लुम्बिनी, धनगढी, डोटी हुँदै उनी खप्तड पुगेका थिए । सूत्रका अनुसार पोखरा र लुम्बिनीको सेड्युअल लम्बिएकाले उनी मेलाको दिन चाहेर पनि त्यहाँ पुग्न सकेनन् । पारसका साथमा धिरेन्द्र शाहकी माइली छोरी शीताष्मा शाह, योगी व्यग्र वेदनाथ (प्रवञ्जन बहादुर सिंह), राजेन्द्र सिंह, राजेश सिंह आदि थिए । झिग्रानामा आराम गरेपछि उनीहरू मेलास्थल त पुगे, तर त्यतिबेलासम्म मेला समापन भैसकेको थियो ।
चार वर्षको बैंकक बसाइपछि २०७१ चैत १९ गते नेपाल फर्किएका पारस काका धीरेन्द्र शाहकी माइली छोरी शीताष्माराज्यलक्ष्मी शाहको धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बस्न पुगेका थिए । त्यसपछि उनी लामो समय जीवनकुञ्जमा बसे । भूकम्पका कारण जीवनकुञ्ज असुरक्षित भएपछि हाल शीताष्माको परिवार विकास राणाको ललितपुरस्थित घर भाडा लिएर बसेको छ । पारस पनि शीताष्माको ललितपुरस्थित घरमै बस्दै आएका छन् । बहिनी शीताष्मासँग सुमधुर सम्बन्ध रहेकैले उनले बैंककमा पारस पक्राउ पर्दा खर्चको जोहो गरेर सहयोगीहरूलाई बैंकक पठाएकी थिइन् ।

पारस शाह पछिल्लो समय अर्थात् बैंककबाट फर्किएपछि निर्मल निवासबाहिरै छन् । चार वर्षको बैंकक बसाइपछि २०७१ चैत १९ गते नेपाल फर्किएका पारस काका धीरेन्द्र शाहकी माइली छोरी शीताष्माराज्यलक्ष्मी शाहको धुम्बाराहीस्थित कुण्डलिनी क्लबमा बस्न पुगेका थिए । त्यसपछि उनी लामो समय जीवनकुञ्जमा बसे । भूकम्पका कारण जीवनकुञ्ज असुरक्षित भएपछि हाल शीताष्माको परिवार विकास राणाको ललितपुरस्थित घर भाडा लिएर बसेको छ । पारस पनि शीताष्माको ललितपुरस्थित घरमै बस्दै आएका छन् । बहिनी शीताष्मासँग सुमधुर सम्बन्ध रहेकैले उनले बैंककमा पारस पक्राउ पर्दा खर्चको जोहो गरेर सहयोगीहरूलाई बैंकक पठाएकी थिइन् ।
बिग्रिएको स्वास्थ्यका कारण लामो समय आराम गरेर बसेका पारस गत माघको ८ गते ४५ औं जन्मदिन मनाउने क्रममा सहयोगीहरूका साथ रुद्रायणी देवीको पूजाआजाका निम्ति खोकना पुगेका थिए । मन्दिर दर्शनपछि उनले ललितपुर पुगेर मोबाइल एक्स्पोको उद्घाटन गरे । उक्त कार्यक्रमका दिन बहिनी प्रेरणा सिंह पनि पारसका साथमा थिइन् । उक्त कार्यक्रममा उनी थ्री पिस सुटमा देखिए ।
थाइल्यान्डमा रहदा ह्दयाघातका कारण गम्भीर बिरामी परेर तंग्रिएका पारस नेपाल आउँदा पनि पूर्ण रूपमा निको भैसकेका थिएनन् । २०७१ वैशाखको पहिलो साता पुन: अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिन उनको स्वास्थ्य उपचार गरिएको थियो । पारस निकटस्थ सूत्रका अनुसार त्यतिबेला उनले आरामका साथै राजधानीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूको दर्शन गरेका थिए । परिवारले स्वीकृति नदिँदा निर्मल निवास जान नपाएका भनिएका पारस बैंककबाट नेपाल फर्कनेबित्तिकै आफ्ना छोराछोरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए । अहिले पनि उनी आफ्ना सन्तान भेट्ने चाँजोपाँजो मिलाइरहन्छन् ।
अध्यात्ममा पहिलेदेखि नै रुचि भए पनि अहिले उनमा त्यसको प्रभाव बढी देखिएको जानकारहरूको दाबी छ । आध्यात्म दर्शनलाई नजिकबाट बुझ्ने प्रयासमा उनले आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त महन्तहरूसँगको छलफल एवं अन्तक्र्रियालाई अगाडि बढाएका छन् । ‘अहिलेको अवस्थामा उहाँ साधु बन्ने लक्षण छ, तर पूर्वराजपरिवारको मुख्य सदस्य भएकाले उहाँ जोगी बन्ने कुरा आउँदैन,’ सूत्र उल्लेख गर्छ–‘आध्यात्म र हिन्दू धर्म दर्शनका विभिन्न आयामका सम्बन्धमा उहाँ राम्रै चासो राख्न थाल्नुभएको छ ।’ योग र प्राणायाम गर्ने बानी विकास गरेका पारस ध्यानीहरूको संसर्गबाट चित्त शुद्ध गर्ने प्रयासमा रहेको निकटस्थ सूत्र बताउँछ । पछिल्लो समयमा पारसले आफ्नो आहार विहारमा पनि परिवर्तन ल्याएको दाबी गरिन्छ । खानपानकै कारण स्वास्थ्य बिग्रिएपछि उनी अहिले सन्तुलित भोजन ग्रहण गरिरहेका छन् । हाल पारसले सोसल ड्रिंक्सका रूपमा कहिलेकाहीं मात्र मदिरापान गर्ने सूत्र बताउँछ । उनले मासु खान पनि कम गरेका छन् ।
के गरेर दिन बिताउँछन् पारस
बिहान उठेर प्राणायाम गर्ने, ध्यान र आध्यात्मिक दर्शनका बारेमा जानकारी लिने पारस समय मिलाएर मठमन्दिरको दर्शनमा निस्कन्छन् । अहिले बूढानीलकण्ठका सहपाठीहरूका साथमा सामाजिक कार्य गर्ने तयारी भएकाले उनले त्यसलाई पनि समय दिइरहेका छन् । यो धर्तीलाई माया गर्नुपर्छ भन्ने भावना जागृत भएकाले सामाजिक कार्यमा आफूलाई समर्पित गर्ने उनको अठोट भएको निकटस्थहरू बताउँछन् ।
विगतमा गरेका केही त्रुटि राजपरिवारको सदस्य भएकै कारणले नकारात्मक परिणाम दिने खालका भएकाले उनी अब आफूले हरेक कार्य गर्दा सचेत रहनुपर्ने निकटस्थहरूलाई बताउँछन् । देशभरका युवाहरूसँग अन्तक्र्रिया गर्ने उनको योजना छ । राष्ट्रिय नीति नभएकाले मुलुक यो अवस्थामा पुगेको बताउने पारस अब सही राष्ट्रिय नीति निर्माणमा लाग्नुपर्ने बताउँछन् । पारसलाई उद्धृत गर्दै सूत्र बताउँछ–‘आफ्नो राष्ट्रिय नीति नभएकाले मुलुक विभिन्न इन्ट्ेरस्टअनुसार चल्न बाध्य छ, अहिलेसम्म जति पनि घटनाक्रम विकसित भएका छन्, अरूको इन्ट्ेरस्टमा भएका छन्, यसमा हामीले ध्यान दिनु आवश्यक छ ।’

परिवारसँग ठीकठीकैको सम्बन्ध
निर्मल निवासमा पारसलाई प्रवेश नै गर्न दिइएको छैन भनेर आमरूपमा प्रचार भए पनि यथार्थमा त्यस्तो नभएको सूत्र बताउँछ । निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र बस्ने भएकाले त्यहाँ रहँदा निश्चित बाउन्ड्रीमा बस्नुपर्ने भएकाले उनले बाहिरै बस्न रुचाएका हुन् । परिवारसँगको सम्बन्ध ठीकठीकै भए पनि उनी हरेक पारिवारिक समारोहमा सहभागिता जनाउँछन् । केही समयअघि आफ्नी फुपूको एक सन्तानको विवाहमा उनले सपरिवार तस्बिर खिचाएका थिए । असार २३ गते राजा ज्ञानेन्द्रको जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित समारोहमा पारस आउने भनिए पनि अन्तत: उनी त्यहाँ भने पुगेनन् । यद्यपि परिवारका सदस्यहरूसँग उनको संवाद भने भैरहेकै दाबी गरिन्छ । पत्नी हिमानी शाहसँग उनको सम्बन्ध आत्मीय नभए पनि बोलचालै नहुने गरी बिग्रिएको छैन । विगतमा चिसिएको यो दम्पतीको सम्बन्ध अहिले सुधारोन्मुख रहेको बताइन्छ । बुबा ज्ञानेन्द्रसँग पनि उनको सम्बन्ध ठीकठीकै छ । आवश्यक पर्दा बाबु–छोराबीच कुराकानी हुने गरेको सूत्र बताउँछ ।

पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रवंजन बहादुरसिंह डेढ वर्षदेखि योगी व्यग्र वेदनाथको परिचयमा छन् । मृगस्थलीस्थित गोरखनाथ आश्रममा बस्दै आएका सिंह पारससँग निकट मानिन्छन् । सिंहकै पहलमा पारसको खप्तड यात्रा तय भएको थियो । योगी व्यग्र वेदनाथ भन्छन्–‘आध्यात्मिक दर्शनमा रुचि भएकैले पूर्वयुवराज पारसलाई लिएर हामी खप्तड गएका हौं, यात्राका क्रममा उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो । पछिल्लो समयमा आध्यात्मिक संगतले गर्दा उहाँको मुहारमा बेग्लै खालको चमक आइरहेको छ । यो यात्रालाई हामीले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिसँग जोडेर बुझ्नुपर्छ । पछिल्लो समयमा यी विषय संकटमा परेका छन् । पूर्वयुवराज पारस पनि यो विषयमा सचेत रहेर युवाहरूसँगको परामर्शमा हुनुहुन्छ । विभिन्न पार्टीका युवा पंक्तिलाई पनि समेटेर राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संवद्र्धन–संरक्षणका लागि मुलुकभर अभियान चलाउने हाम्रो योजना छ । यसलाई विचारका रूपमा अघि बढाउने सोच छ ।’ योगी व्यग्र वेदनाथका अनुसार विगतका थुप्रै तीता अनुभवले पूर्वयुवराज पारसलाई अब सकारात्मक बाटोमा अग्रसर गराएको छ । ‘देशको महत्वपूर्ण शक्ति केन्द्र मानिने राजसंस्था र राजदरबारबाट बहिर्गमन हुनुको पीडा उहाँमा जति कसमा होला,’ योगी नरहरिनाथका तेस्रो पुस्ताको चेला बताउने योगी व्यग्रनाथ भन्छन्–‘जो मानिस जति बिग्रन्छ, त्यसले उसलाई उत्तिकै शिक्षा दिन्छ, यदि त्यसलाई सकारात्मक रूपमा लिएको खण्डमा मानिस अघि बढ्न सक्छ । विदेशी भूमिमा आमनागरिकको हैसियतमा बसेर, हिरासतमा परेर, जेल परेर पूर्वयुवराज पारसले धेरै हन्डर भोगिसक्नुभएको छ, थाइल्यान्ड बसाइलाई टुंग्याएर नेपाल फर्कनु नै उहाँमा सकारात्मक पक्ष हाबी भएको भनेर बुझ्न सकिन्छ अन्यथा उहाँ यतिबेला पनि बैंककमै हुने सम्भावना हुन्थ्यो ।’ 

No comments:

Post a Comment