हा ! कठै मेरो देश
नेपाली आमा दुई हात फैलाउँदैे चिच्याइरहेकी छिन् । सामन्तिहरुले सत्ताको लोभमा नेपाल आमामाथि गरेको अत्याचार ।
हा ! कठै मेरी आमा अति सहन योग्य हुन्छ, तर अत्याचारले सिमा नाघेपछि खै भन्न सकिन्न के हुन्छ अब । आफ्नै थैलो र घैटो भर्दै, देशलाई टुक्रा टुक्रा पारेर विदेशीलाई पार्सल पठाइरहेछन् सत्ताधारीहरुले, आफ्नै दिदीबहिनीको अस्मिता लुटिरहेछन् बलात्कारीहरुले । छिमेकीको चाकडी गर्दा गर्दै आफ्नो लुङ्गी फुस्केको पत्तो छैन यिनको जन्मथलो सत्ता हो, धन हो सम्पत्ति हो । तर नेपाली आमा हैन, नेपाल हैन । हा ! कठै मेरो देश, आज अनेकौ समस्याले पेलिरहेको छ , अभावले विदेशतिर ठेलीरहेको छ कतै डाँडामा मनको भारी बिसाउँदै , विदेशको उकालो यात्रा गर्न बाध्य मेरा देशका युवावर्ग, दु:ख पीडा अभावको थैलो रित्याउन विदेश पसेका थिए तर, संयोग तिनै थैलामा दु:ख पीडा अभाव नै बोकेर नेपाली आमाको अगाडि लाचार , कुपुत्र भएर उभिरहेका छन् । लाचार र अभावले थलिएकी मेरी नेपाली आमाको थैलीमा आज के चै छैन ..? असन्तोष छैन कि..?अशान्ति छैन कि ..?
बेरोजगार छैन कि ..?
के चै छैन ..?
छ त केवल
दु:ख छ, पीडा छ, अभाव छ
दबाब छ, भ्रष्ट नेतृत्व छ
देखावटी छ, भ्रष्टाचार छ ।
आज अस्ताउन लागेको सूर्यको गति झै,
गोधूलि अवस्थामा धुम्मिएर बसेको देशले,
विकास चाहन्छ समृद्धि चाहन्छ ,
शान्ति चाहन्छ, नव ज्योति चाहन्छ ,
गोधूलिबाट अब उज्यालो तर्फ बढ्ने
प्रयास गर्दै गर्दा
साँझ पर्छ अन्धकार हुन्छ,
अहो आज त ओैँसी पो रहेछ
केही नदेखिने निस्पट्टै अन्धकार पो हुन्छ त ।
यो अन्धकार युवाको भविष्यमा भएको छ
चेलीबेटीको अस्मितामाथि भएको छ
देशको परिस्थितिमा भएको छ
संस्कार संस्कृति समाजमा भएको छ
शिक्षामा भएको छ
हा ! कठै मेरो देश
यो अन्धकार
नेपाली आमाको कोखमा भएको छ
अन्तत: यो अन्धकार कविको कलमा भएको छ ।
यात्री
खै कसरी भनुँ म ?
मेरो अवस्था ठिक छ
कि छैन भनेर....?
जिन्दगीको हरेक मोडबाट
बिरक्तिदैँ र रमाउँदै
जीवनको यथार्थ भाव
खोज्दै हिडेको एक
यायावर हुँ म ।
कहिले
थोरै थकान, थोरै तनाव,
थोरै खुसी, थोरै मिठासका
साथ आमाबुबाको सपना
म प्रतिको भरोसा
मेरो आस, साथमा लिएर
सकी नसकी शिखरको उचाइमा
पुग्ने झिनो आसका साथ
फेदीबाट घिस्रिदै गरेको
एक यात्री हुँ म ।
जीवनको यात्रा गर्ने एक
अधकल्चो यात्री
जहाँ छुट्टिदै जोडिदैँ
गरेका साथीका साथमा
तितो यथार्थ दिलाउने
प्यारा शत्रुको साथमा
मिठासमा निम मिसाउने
आफन्तका माझमा
जोगिदैं र हरेक ठाउँमा ठोकिदैं
यात्रा गर्ने यात्री हुँ म ।
-काभ्रेपलान्चोक, हालः काठमाडौँ
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment