शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 31, 2024

दीपशिखा शर्माका दुई कविता

 

 विरासत

त्यो पवित्र धर्ती
जहाँ सपना र संघर्षको
सधैं मिलन हुनेगर्छ
त्यहाँ एक महिलाको कथा
अनुग्रहित रुपमा प्रकट हुन्छ
उनको परिश्रम र मेहनत
लोहारको चोट झैं अचुक र स्थिर छ
उनको बलियो आत्मविश्वासलाई
आजसम्म कुनै आँधीहुरीले
भत्काउन सकेको छैन ।

जीवनको कठिन भार बोक्दै
प्रत्येक बिहानीसँगै उनी उठ्छिन्,
सामान्य चिया खाजा अनि
सूर्यको प्रथम प्रहरसँगै
उनका कोमल, मुलायम, मेहनती
एवं परिश्रमी हातहरूले
यत्रतत्र सर्वत्र छरपष्ट छरिएको
बाँझो खेत खन्छन् ।

उनको अथाह शक्तिले
उर्वर माटोलाई समेट्छ
माया, प्रेम र सद्भावले
अन्नको बीउ उमार्छिन् 
घाम, पानी/झरी बादलजस्ता
कठिन समयहरु सहँदै, पारगर्दै
हुर्किएका प्रत्येक बोट बिरुवाको
अङ्ग अङ्ग, गोडमेल, स्याहार सुसार
एवं सिंचन गर्छिन् ।

उनको मेहनतले
रगत, पसिना परिश्रम र
बलिदानको  विरासतसँगै
माटोप्रतिको अथाह माया
प्रष्टसँग झल्काएको छ ।

समग्रमा उनको नाम
एक परिश्रमी महिलाको
कित्तामा कोरिएको छ
उनको हरेक पाइलामा
सुनौलो आशा फैलिएको छ
जसले जीवनको पालनपोषण गर्छ
मेहनतको हरेक मूल्य चुकाउँछ ।

निधारबाट निरन्तर रुपमा
नदी झैँ बहिरहने पसिनाहरुले
उनले जितेका
प्रत्येक युद्धहरु प्रतिबिम्बित गर्छन्
जीवन संघर्षमा भोग्नुपरेका
प्रत्येक कठिनाइहरूले
घुँडा टेक्ने प्रयास गरेपनि
दृढ इच्छाशक्तिको कारण
उनी सधैं अगाडि बढ्छिन् ।

भीषण लक्ष्मणरेखा झैँ
उनको कथा एक साहसी, उग्र र
उज्यालो मध्ये एक मान्न सकिन्छ
प्रत्येक दिन प्रत्येक रात
जिन्दगीको उर्वर भूमिमा
उनले आफ्ना सपनाहरू सजाउँछिन् । 

अकाट्य सत्य !
एक संघर्षशिल नारी
उनको जिन्दगीका हरेक कार्यहरू
रगत, पसिना, परिश्रम र आँसुसँगै
पवित्र माटोको बन्धनमा
अटुट रुपले बाँधिएका छन् ।

************** 

स्वर्गकी परी 

अनन्त रातको अँगालोमा......
नश्वर नजरभन्दा पर.... क्षितिजमा
शुद्ध र झलमल्ल उज्यालो प्रकाशसँगै
जहाँ स्वर्गको ज्योति धप्धपी बल्छ
त्यहाँ एक सुन्दर परी राज गर्छिन् ।

सफेद रङका पखेटाहरू फड्फडाउँदै
आकाशीय प्रकाशको संरक्षकको रूपमा
अनायास उनी ज्वाजल्यमान
निलो गगनतर्फ उक्लिन्छिन् 
समग्रमा,
सुनै सुनका पँहेलपूर खेतहरुमा
उनले आफ्नो जादूई उडान भर्छिन् ।

उनको मधुर मुस्कानको धुन
चहर्याएको घाउ निको पार्ने मल्हमको रूपमा
असंख्य तारापुञ्जमा प्रतिध्वनित हुन्छ
स्वर्गको अनन्त अँगालोमा
उन्ले आफ्नो गन्तव्य नियाल्छिन्
ब्रह्माण्डको महासागरमा
आजाद पन्छी झैँ उनी
स्वच्छन्द रूपमा बिचरण गर्छिन् ।

उनको प्रत्येक परिक्रमासँगै
एक पूच्छ्रेतारा जन्मन्छ
उनको भव्य एवं शानदार उपस्थितिमा
सम्पूर्ण ब्रह्माण्ड मण्डपको दुलही झैँ
रङ्गीन र सजिसजाउ देखिन्छ
उनको कोमल स्पर्शसँगै
चिसो हावाले, अनन्त झरनाहरूको
सुमधुर सङ्गीत गुनगुनाउँछ ।

स्वर्गको तिलस्मी बगैंचामा
उनले, सुन्दर कल्पवृक्षहरु लगायत
ढकमक्क फुलिरहेका
सप्तरङ्गी सुगन्धित पुष्पहरुका
प्रत्येक पत्र-पत्र ​​नियाल्छिन्
निष्पट्ट अन्धकारलाई समन गर्न
उनको शानदार उपस्थिति
एक मार्गदर्शक,
चम्किलो ताराझैँ प्रतित हुन्छ
उक्त पवित्रस्थलमा
स्वर्गकी परीको अनुपम सौन्दर्यको
मनमोहक दर्शनको आभास हुन्छ ।

अनुग्रह अनकथित साथ
आश्चर्यका स्थानहरु मार्फत् अनायास
मनमस्तिष्क एवं हृदयका द्वारहरु
आपसेआफ खुल्छन्दु
र्लभ मायावी दुनियाँमा
जहाँ सपनाहरू
यत्रतत्र सर्वत्र पखेटा फिँजाउन आतुर हुन्छन् । 

भनिन्छ नि !
स्वर्ग र परी वास्तवमा एकै हुन्
त्यसैले त,
ए स्वर्गकी परी...!
ए पवित्र आत्मा...!!
निष्पक्ष रुपमा हामीलाई
चूक घोप्टिए झैँ निष्पट्ट
अँध्यारा रातहरुमा
उज्यालोको मार्गदर्शन गर ।

तिम्रो अदभूत सम्मोहनबाट
हामीलाई अचम्मको
स्वर्गानुभूति स्थलमा लैजाउ
जहाँ सुन्दर कल्पनाहरुले
सधैं उडान भर्ने गर्छन् ।

-काठमाडौँ


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

1 comment:

  1. मिहिनेती हातको वर्णनात्मक अभिब्यक्ती राम्रो लाग्यो।

    ReplyDelete