शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 1, 2024

त्रिविक्रम पाण्डेका तीन गीत


 1                             

तिम्रो मुहार मौनतामै गहन सवाल गर्छ   
त्यो ओठको तिलकोठी झनै बवाल गर्छ

खहरे हो यौवन  सायद चञ्चलेपन
बहकिन्छ सम्हालिन्न उरन्ठेउलो मन

लोभ्याउने लट्ठयाउँने रुप कमाल गर्छ
त्यो ओठको तिलकोठी झनै बवाल गर्छ

धड्कनले गुन्गुनाउँछ पीरतीको भाका
यताउति नाँचिरहन्छन् चञ्चले आँखा

 पापी रहर प्यारमा सकुनी जाल गर्छ
 त्यो ओठको तिलकोठी झनै बवाल गर्छ


 2                             

न्यानो नरम घाम तिमी म हूँ शीतल छायाँ
परदेश गई सम्झ्यौ मेरो स्वदेशी यो माया
तोरी बारीमा हो तोरी बारीमा
सपना फुल्दैछ जिन्दगानीमा

तिम्रो चासो उडि आयो म रहेको ठाउँमा
सात समुद्र पारि तिमी म छु यहीँ गाउँमा
विछोड घाउमा मल्हम ओखति भई आयौ
अधुरो प्रेम गाथा सम्झेर फेरि दोहोर्‍यायौ

नियतिले एउटै बाटो दोबाटो पारी दियो
मलाई यता तिमीलाई उता पुर्‍याई दियो
भोग्नै पर्छ भावीको लेखा टारेर टर्दैन
आत्मीय अजर-अमर हाम्रो माया मर्दैन


 3                             

हतियार नचलाई ती आँखैले पोे मार्‍यौ   
तड्पिएँ भड्किएँ म मायाजालमा पार्‍यौ

थाम्न गाहृो थेग्न गाहृो नजरको तीर
समथर मैदान  पनि देख्न थालेँ  भीर
निरोगी मनभरि प्रेम रोग व्यथा सार्‍यौ
तड्पिएँ भड्किएँ म मायाजालमा पार्‍यौ

तिमी नै हौ यो  जीवनको  मेरो किनारा
नयन गर्छन् चुपचाप यही निरन्तर ईशारा
हृदयको दैलो झ्याल  सुटुक्क उघार्‍यौ
तड्पिएँ भड्किएँ म मायाजालमा पार्‍यौ

- दोलखा, कालिञ्चोक हालः  दधिकोट, भक्तपुर

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment