शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 1, 2024

सृष्टि सावित्राका तीन गजल




एक

मैले ऐनामा अनुहार हेर्न छोडेको धेरै भयो निधार ठोकिएको सिसाझै चर्केको धेरै भयो ।

हरेक साँझ पिउने गर्छु निदाउने बाहनामा पिएर निदाउने आदत लागेको धेरै भयो ।
कुन ओखती दिनुहुन्छ मलाई दिएर हेर्नुस् ? हेर्दा घाउ देखिदैन छाती दुखेको धेरै भयो । रगतको नातामा जहरको सिसा भेटिएपछि म आफ्नाहरुको भिडबाट छुटेको धेरै भयो ।

मेरो शरीर हेर्नेले पनि आँखामा हेर्न सकेन परेली आँसुको डुबानमा परेको धेरै भयो ।


दुई शरीर खाडीमा मन भत्केको घरमा डुल्दैछ
गन्तव्य भेट्छु भनेर गोडा सफरमा डुल्दैछ । मेरो सिउँदो खाली छैन भनेकै हुँ तिमीलाई जिस्किदैछ तिम्रो तस्बिर नजरमा डुल्दैछ ।
आमा जल्दा घाटमा नपुग्नु मेरो दुर्भाग्य हो एउटा सुन्दर फूल पुगेर पत्थरमा डुल्दैछ । दु:खले बिर्सनै सकेन सम्झेर आउँछ घरिघरि खुसीले बिर्सेर गयो खुसीकै शहरमा डुल्दैछ ।
रहरहरुलाई बाध्यताले बन्धी बनाइदियो बदमास आँखा बजार पुग्ने चक्करमा डुल्दैछ ।


तीन मान्छेलाई बुझ्न सकिदैन हतार गरेर
बरु बजार छिट्टै बुझिन्छ ब्यापार गरेर । थाकिसकेछन् हिजो मेरो गुन गाउनेहरू ऐना कहिल्यै थाकेन रुपको प्रचार गरेर ।
मलामी पाउन मुस्किल छ गरिबहरूले मर्न मन छ चिता आफैंले तयार गरेर । म पनि कुनै समय घृणा गर्थें तिमीलाई हिड्दैछु आज तिम्रो प्रेम साभार गरेर ।
कि मैदान छोड कि हिम्मत बोकेर आऊ युद्ध लड्न सक्दैनौ मन दोधार गरेर ।

-सुन्दर हरैंचा मोरङ

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment