प्रिय सकुरा
● गम बयम्बु मगरढकमक फुलिरहेछ्यौ उन्मत्त बैँस लहलाउँदै मस्त मगमगाउँदै तिमी हौ, त्यो उपमा भरभराउँदो मनोहरा नवयौवना प्रिय सकुरा, मलाई लठ्ठै पार्यो तिम्रो हर अवयवहरूले लठ्ठिँदैछु मादकतामा मग्न मुग्ध बनायौ तिम्रो पुष्पित मुलायम वयहरू देखेपछि जसरी मोहनी प्रेमजालमा फस्दछ प्रिय सकुरा, मलाई पनि फुल्न सिकाई दिनू तिमी जस्तै फक्रिन सिकाई दिनू कि तिम्रो दिलको नजरबन्दमा पारी दिनू म राजी छु- तिम्रो दिलको कैदी बन्न जुगौं जुग कैद गरिदिनू तिम्रो दिलको कारागारभित्र ।
*****************
आकाश छुने हुटहुटी
नछुटेको भए सामीप्य चिसो मौसमले धर्तीलाई जस्तै
कुहिरोको सिरकले मधेशलाई नछोडे जस्तै
सेताम्मे बरफले हिउँचुलीलाई ढाकिरहे जस्तै
कठ्याङ्ग्रिँदो मन लिएर
तिम्रो यादमा म वारी तड्पिनै पर्दैनथ्यो
मेरो यादमा दूरवस्तीमा तिमी छटपटाउनै पर्दैनथ्यो
विछोडिने पल भनेकै थिएँ-
शंकाले लङ्का जलाउन सक्छ
धमिलो पानीमा जाल नहान्नू
पहेँला धातु हुँदैमा सुन नहुन सक्छ
तिमी-
उड्दै गयौ- कसैको इशारामा
तिमी बहकियौ- कसैको बहकाउमा
हावाको झोंकले उडाएको चङ्गा जस्तै
आकाश छुने हुटहुटी जगाएर
म त भुईँमान्छे
धर्तीबाटै नियाल्दै थिएँ
नजरको दूरबिन लगाएर
परेलीका डिलहरूबाट उछिट्टिएका थोपा संगाल्दै
कावा खाँदै आकाशिएको तिम्रो उचाई हेरेर
एकदिन आखिर
तिमी पनि धर्ती मै खस्नु रहेछ
तिमी आकाशबाट धर्तीमा आउँदासम्ममा
म फेरि धर्ती छोडेर आकाशको बाटो समाइसकेको हुनेछु
चुरोटको धुवाँ जस्तै माथि माथि उड्दै उड्दै
बिछोडको वियोगमा सारसले रोजेको बाटो भएर
भगवानको प्यारो भइसकेको हुनेछु ।
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment