शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, February 9, 2024

सुभाषचन्द्र पौडेल 'भीमफेदीया'को कविता


जिब्रो

● सुभाषचन्द्र पौडेल 'भीमफेदीया'

मान्छेको सबैभन्दा खराब अङ्ग जिब्रो रहेछ सबैभन्दा असल अङ्ग पनि यही जिब्रो रहेछ मान्छेले मान्छेकै लागि अमृत वर्षाउने यही जिब्रो मान्छेकै लागि विष ओकल्ने पनि यही जिब्रो रहेछ मीठो नमीठो स्वाद बताउने पनि यही जिब्रो रहेछ जस अपजसको भागीदार पनि यही जिब्रो रहेछ मन्थरा र कैकेयीको कपटी जिब्रोकै कारण पुत्र बिछोडमा दशरथले ज्यान गुमाउनु पर्यो
द्रौपदी, दुर्योधन र दुःशासनको जिब्रोकै कारण पाण्डव र कौरवकाबीच महाभारतको युद्ध भयो हेर्दा ज्यादै कोमल र नरम देखिने गरेको जिब्रो मासु मासु मात्रले बनेको आकर्षक देखिने जिब्रो जति सुन्दर भए पनि आफ्नो वशमा नरहेपछि जिब्रोले अनेक घटना दुर्घटना निम्त्याउँदो रहेछ । ******************
हामी केवल भरिया हौँ हामी भरिया हौँ
पेट पाल्नकै लागि मालिकले अह्राएका काम खुरुखुरु गरेका छौँ हुन्न भनेर न कहिले पछि परेका छौँ जान्ने भएर न कहिले अगाडि सरेका छौँ। हामी भरिया हौँ कहिले नुन बोकेका छौँ कहिले सुन बोकेका छौँ कहिले चुन बोकेका छौँ मुख्य कुरा त के भने बाचुन्जेलका लागि हामीले मालिकको गुन बोकेका छौँ हामी भरिया हौँ। भोको रहँदा खाना पाएका छौँ नाङ्गो हुँदा नाना पाएका छौँ ओत नहुँदा छाना पाएका छौँ स्वदेश विदेश जान पाएका छौँ हामी त भरिया हौँ। हामी भरिया हौँ मालिकले अह्राएका काम खुरुखुरु गरेका छौँ मालिक को हुन् न त हामीले देखेका छौँ मालिकलाई हामीले न त चिनेका छौँ न कहिले भेटेका छौँ । हामीलाई अह्राउने हामीलाई खटाउने हामीलाई खुवाउने हामीलाई पियाउने हामीलाई जियाउने जो जो छन् जसलाई हामीले मात्र होइन सबैले देखेका छन्, सबैले चिनेका छन् मुख्य मालिक त खै को पो हुन् कस्ता छन् कहाँ बस्छन् हामीलाई केही थाहा छैन हामी बिलकुल अन्जान छौँ हामी त केवल भरिया मात्र हौँ ।

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment