शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, February 4, 2024

लघुकथा संसार मासिक अङ्क ९ (सम्पादकीय)



भ्रष्टाचारको दलदलमा डुबेको देश
समाजमा जुन घटना आज घटिरहेका छन् । त्यसले एउटा भयावह परिस्थितिको चित्रण गरेको देखिन्छ । निश्चय पनि यो हाम्रा लागि सुखद् पक्ष होइन । आज जहाँ पनि खुसी र सकारात्मक कुरा कमै सुन्न पाइन्छ । यतिबेला सानै भएपनि प्रगति र उन्नतिका कुराले सन्तुष्टि दिन्छ । लाटो देशमा... भने उखानजस्तै नीतिगत भ्रष्टाचारले हरेकको नियतमाथि शङ्का उब्जाइ दिएको छ ।

देश अति भ्रष्टाचार हुने सूचीमा परेको छ । देश आज यिनैको दलदलमा फँसिसकेको छ । यसबाट उम्कन कति समय लाग्ने हो त्यो हाम्रा लागि गम्भीर विषय पनि हो । हरेक क्षेत्रमा आज चलखेलले गर्दा विकास निर्माणमा चुनौती थपेको छ । भनौं, हरेक जनजीवन आज विदेशी मोहले बढी आकर्षित हुँदै गइरहेको छ ।

यसले हाम्रो आर्थिक महत्वाकाङ्क्षाको मापनलाई केलाएको छ । जताततै अनिमियताले मुख बाइरहेका छन् । तैपनि सरकार सुशासनको नारा दिँदैमा व्यस्त देखिन्छ । जतिसुकै यस्तो-उस्तो गर्छु भनेर भन्दापनि तर मार्न छोडेका छैनन् । पैसा देखेपछि महादेवको पनि त्रिनेत्र भने चरितार्थ दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

अन्तमा, लघुकथा संसारलाई अपार माया र साथ सहयोग गर्ने पाठकको सङ्ख्या पाँच हजार पुगिसक्यो । यो हामी सबैका लागि खुसीको कुरा हो । लाग्छ, यसबाट पनि लघुकथा संसारको मापन भएको छ । यसो हुनुमा यससँग सम्बन्धित विविध विषयहरुलाई समेटेकोले हुनुपर्छ । आशा छ, यसलाई अझ के कस्तो र कसरी लादा उचित होला । त्यसबारे पनि बेला बेलामा प्रतिक्रिया र सुझाव पाउने अपेक्षा गरेका छौं ।

 अङ्क ९ पढ्न र डाउनलोड गर्नका लागि


No comments:

Post a Comment