शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 7, 2025

कविता संसार मासिक अङ्क २७ (सम्पादकीय)


कविता संसार अनलाइन मासिकको मङ्सिर अङ्क पाठकसमक्ष प्रस्तुत गर्न पाउनु हाम्रो लागि हर्षको विषय बनेको छ । मङ्सिर महिना साहित्यिक गतिविधि, सांस्कृतिक रौनकता र सिर्जनात्मक ऊर्जा प्रफुल्लित हुने समय पनि हो । यही ऊर्जा र आवेगलाई समेट्ने प्रयासस्वरूप यस अङ्कमा विविध स्वभावका कविता, गीत, गजल आदि रचनाहरू समेटिएका छौँ ।

हामीलाई विश्वास छ—कविता केवल शब्दको खेल मात्र होइन, मनको स्पन्दन हो; समाजको धड्कन हो । कविहरूका यी संवेदनशील अभिव्यक्तिहरूले पाठकहृदयमा नयाँ अनुभूति जगाउनेछन् ।

यस अङ्कलाई समृद्ध बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण लेखक, सहकर्मी तथा पाठकहरुलाई हार्दिक धन्यवाद । तपाईंहरूको निरन्तर साथ र विश्वासले नै कविता संसार सधैँ नयाँ अङ्कसहित अघि बढ्न प्रेरित हुन्छ ।

आशा छ, यस अङ्कमा प्रस्तुत कवि तथा लेखकहरूको सिर्जनाले पाठकमनमा नयाँ चेत, नयाँ स्वाद र नयाँ अनुभूति जगाउनेछ भन्ने अपेक्षा राखेका छौँ ।

– धन्यवाद !

अङ्क २७ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment