शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 3, 2024

कविता संसार मासिक अङ्क ७ (सम्पादकीय)

लक्ष्यमा पुग्न ठूलो आँट

देशमा आज अचम्म र गज्जबका नाटक मञ्चन हुने क्रम बढ्दो छ । त्यसका परिदृश्य पनि चाँडै फेरिने रहेछ । कसैले नसोचेका र कल्पना नगरका पात्रहरुको प्रवेशले त्यहाँ रौनकता थपिएका छन् । हुन त जिन्दगी एउटा नाटक नै हो । संसार त्यसको रङ्गमञ्च मानिन्छ ।

जताततै यस्ता घटना हेर्ने, पढ्ने र सुन्ने हुनाले मानसिकता पनि लगभग दरिद्र बनेको छ । यिनै नकारात्मक सोचले हामीलाई जहिले पनि गुलाम बनाउँछ । यसबाट बच्न जबसम्म सकारात्मक संकल्पसाथ अघि बढ्दैन, त्यसले मनको बाघले जस्तो खाइरहन्छ ।

बरु राम्रो कुरा सानोतिनो नै किन नहोस् त्यसले दिने ऊर्जाले हरेकलाई राम्रो प्रभाव छोड्न सक्दछ । यसले पनि केही गर्ने भावना जागृत बनाइ दिन्छ । देशको माया मनैदेखि देखाउनु पर्छ त्यो भन्नु र सोच्नु भनेको हात्तीको दाँतजस्तै हो ।

अतः यस्ता कुरा गर्नु आजभोलि व्यङ्ग्य गरेजस्तो हुन पुग्छ । ती चुनौतीसँग सामना गर्न पनि फराकिलो मन-मुटु चाहिने रहेछ । निकै ठूलो आँटका साथ जुट्न सकेमा मात्र लक्ष्यमा पुग्न सकिन्छ । नत्र ठाउँ-ठाउँमा अवरोध गर्ने र खुट्टा तान्नेहरुको यहाँ कमी छैन ।

अन्तमा, कविता संसारको यस अङ्क विविध कारणले केही ढिलो भएकोमा क्षमाप्रार्थी छु । मौसमको गतिले न्यानो वातावरण र हरियो माया दुबोजस्तै बढ्दै गइरहेको छ । यसै बीच साथ र सद्भाव सदैव पाइरहने हामीले आशा गरेका छौं ।

 अङ्क ७ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment