शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 8, 2024

रोमा लम्साल 'नुरा'का दश मुक्तक


 1                             

खास भएर पनि लाग्दैन खास नफुले पनि हुन्थ्यो  
रुझ्नुपर्छ हेर बारम्बार वर्षामास नफुले पनि हुन्थ्यो
उसकै याद बोकेर किन आउँछ वसन्त ऋतुपनि 
वनमा यसपाली लाली गुँरास नफुले पनि हुन्थ्यो

 


 2                             

अचानक भए भने हाराहारी के भन्छ होला     
बोल्ने बहानामा कुरा नटारी के भन्छ होला
पूर्व प्रेमिका कतै आफ्नै भाउजू बनिन् भने
एकान्तमा भाउजू या प्यारी के भन्छ होला


 3                             

नहुन पर्ने थियो भयो नसुनाई दिनु होला
सुन्नलाई हुनेछ गाह्रो नसुनाई दिनु होला
ऋण तिर्न भरखर परदेशीएकी छ छोरी 
घरमा लाग्यो आगो नसुनाई दिनु होला


 4                             

बन्नू भनेर सबैको हाई हाई बधाई दिनु छ
आँखाबाट आँसु नबगाई बधाई दिनु छ
आफ्नै सपनाको संसारमा आगो लगाएर
छोडेर जाने निष्ठुरीलाई बधाई दिनु छ

 5                             

राम्री बनाउने चाहनामा नकिनिदिए पनि हुन्छ
जमाना ठीक छैन आमा नकिनिदिए पनि हुन्छ
राम्रो फूल देख्नै नहुने भमराको बस्ती हो यो
छोरीलाई नयाँ जामा नकिनिदिए पनि हुन्छ


 6                             

दुखेकै छ दाहिने पाटो नआए पनि हुन्थ्यो
घाउको बसेकै छैन खाटो नआए पनि हुन्थ्यो
भरखर मेरी बहिनीको सिउँदो पुछिएको छ
तिम्री दुलही यही बाटो नआए पनि हुन्थ्यो

 

 7                             

नचाहँदा पनि हुन्छ छल नराखीदिनु होला 
भत्किहाल्छ मनको महल नराखीदिनु होला 
बुबाको लास जलाई फर्किदैछिन् मेरी आमा 
दोबाटोमा सिन्दूर पसल नराखीदिनु होला 


 8                             

मलाई तिमीसँग मात्र बोल्न मन छ बोली राख 
भन्न त दुनियाँले के के भन्छ भन्छ बोली राख
पछि नबोली आँसु खसाल्दै चितामा हेर्नुभन्दा
अहिले मसँग श्वास छ धड्कन छ बोली राख


 9                             

राम्री बनाउने चाहनामा नकिनिदिए पनि हुन्छ
जमाना ठीक छैन आमा नकिनिदिए पनि हुन्छ
राम्रो फूल देख्नै नहुने भमराको बस्ती हो यो
छोरीलाई नयाँ जामा नकिनिदिए पनि हुन्छ


 10                             

एउटै तस्बिर बारम्बार छुने म पनि थिए
एकछिन बोल्न नपाए रुने म पनि थिए
सायद अहिले पो दिन गएछ उमेर गएछ
कुनैबेला प्रेममा पागल हुने म पनि थिए

-सप्तरी हाल काठमाडौँ

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment