शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 14, 2024

कथा संसार मासिक अङ्क १३ (सम्पादकीय)

 

 मौसम, स्रष्टा अनि वातावरण

अब त मनसुन पनि सुरु भइसकेको छ । यो मौसमले गर्मीबाट अवश्य केही राहत दिन्छ होला । अनि वर्षा, बाढी र पहिरो सम्झिने बित्तिकै सबैको जिउ काम्ने हुन्छ । असारले कृषकलाई अति नै व्यस्त बनाउँदछ । त्यसमा अझ असार पन्ध्रले हरेकलाई आफ्नै गाउँ-ठाउँको याद दिलाउँछ । यतिखेरको रोपाइँले सांस्कृतिक महत्व (दही-चिउरा)लाई जीवितै राख्न सकेको छ । यिनै खेती कर्म पनि क्रमशः घट्दै गइरहेको स्थिति छ । आज विदेसिने चक्करले हरेक क्षेत्र प्रभावित भएको देख्न सकिन्छ ।

हाम्रा साहित्यमा पनि खेती कर्मबारे विभिन्न स्रष्टाले विभिन्न सिर्जना गरेका छन् । जसले स्थानीय उत्पादनलाई विशेष जोड दिएका थुप्रै उदाहरण पाउन सकिन्छ । यिनेै खेती कर्मले (माटो-पानी) हाम्रो स्वास्थ्यमा राम्रै प्रभाव पार्दो रहेछ । हाम्रा आयुर्वेदमा माटोले गर्ने उपचार पद्धति पनि छ, यसमा कुनै साइड इफेक्ट हुँदैन । जुन हिजोआज निकै लोकप्रिय भइरहेको छ ।

वातावरण परिवर्तनले अनावृष्टि, बाढी, पहिरो, असिनालगायत दैवी प्रकोप बढ्दै गएको देखिन्छ । हरेक क्षेत्रमा यसको ताण्डव सुरु भइसकेको छ । यसबारे बेलैमा उपाय सुझेन भने यसबाट बसाइँसराइ र भोकमरीले लखेट्न बेर लाग्दैन ।

अन्त्यमा, लघुकथा संसारले वर्ष दिन पूरा गरिसकेको सर्वविदितै छ । यस बीचमा विभिन्न उतारचढाव देखियो । तैपनि तपाईंहरुको साथ र सहयोगले यो चरण हामी पार गर्‍यौं । यसै अङ्कदेखि हिन्दी लघुकथालाई पहिलो पटक यहाँ प्रस्तुत गरेका छौं । आशा छ, यस प्रति पनि तपाईंहरुको प्रतिक्रिया र सुझाव प्राप्त हुने छ ।

अङ्क १३ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment