शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, July 27, 2016

पूनर्निर्माण कार्यको थालनी

बिनु महर्जन (प्रशिक्षार्थी)

तार्केश्वर नगरपालिकास्थित धर्मस्थलीमा गत २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण घर तथा ऐतिहासिक मठमन्दिरहरु भत्किएका थिए भने कतिपय मानिसहरुले अकालमै ज्यान गुमाउनुका साथै घरवार विहिन बस्नु परेको थियो ।

यही कहालीलाग्दो भूकम्प पीडितहरुलाई विभिन्न देशविदेशका सहयोगी संघसंस्थाहरुले आफ्ना क्षमतानुसार स्थानिय पीडित बासिन्दाहरुलाई जस्तापाता, त्रिपाल तथा खानाको व्यवस्था गरी ठूलो उपकार गरेका थिए । वर्षौ बितिसक्दा पनि भूकम्पको कम्पन अझै रोकिएका छैनन् । यही कारण पूनर्निर्माण कार्य ठप्प भएको अवस्था रहेको थियो ।

केही दिनयता मात्रै आफ्नै क्षमतानुसार भत्किएका घरहरु निर्माण भइरहेका छन् भने क्षमतानुसार भत्किएका घरहरु निर्माण भइरहेका छन् भने क्षमता नभएका पीडित बासिन्दाहरु वर्षाद्मा पनि सोही राहतको टहरामा आफ्ना गुजारा चलाइरहेका छन् । स्थानीय बासिन्दाकै सहयोगमा ऐतिहासिक मठमन्दिरहरुको निर्माण कार्य सुरु भइरहेको छ । तर यही कहालीलाग्दो भूकम्प पीडितहरुलाई संघसंस्था वर्षौ बितिसक्दा पनि सरकारबाट कुनै चासो देखाएको छैन । यदि सरकारले पनि ध्यान दिने हो भने यस क्षेत्रको मुहार फेरिने हो कि !

No comments:

Post a Comment