शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, August 13, 2016

पशु बलिप्रथा रोक्न सरकारलाई दवावमूलक र्याली (फोटो फिचर)

-प्रतीक्षा
२९ श्रावण, काठमाडौं, हालै सर्वोच्च अदालतले गढिमाई मेलामा पशु बलिप्रथा रोक्ने आदेश जारी गरेको खुशीयाली र समर्थनमा विभिन्न अहिंसावादि संघ संस्थाहरुले उक्त अदालतको आदेशलाई सरकारले छिटोभन्दा छिटो कानून बनाएर गढिमाई मेलामा मात्र नभई नेपालको विभिन्न मठ-मन्दिरहरुमा हुँदै आईरहेको बलिप्रथालाई यथाशिघ्र रोक्न माग गर्दै  दवावमूलकको रुपमा आज बिहान ८ बजे माईतिघर मण्डलाबाट वृहत्त र्याली प्रदर्शन गरेको छ ।

"अहिंसानै परमो धर्म हो ।", 'पशु बलिप्रथा मानवको कंलक हो" "देवीले कसैको बलि लिईदैन" आदि नाराका साथ बालबालिका, युवायुवती साथै वृद्धवृद्धा लगायत धार्मिक गुरुहरुको पनि बाक्लै उपस्थित रहेको थियो ।


उक्त र्यालीमा अहिंसावादीप्रेमी व्यक्तित्वहरुको लगायत हजारौं संख्याले सहभागिता जनाउँदै माईतिघर, सुन्धारा लगायत काठमाडौंको भित्री सडक हुँदै रत्नपार्क बाटिकामा आएर समापन गरेको थियो । सो कोणसभामा विभिन्न संघ, संस्थाका व्यक्तित्वहरुले नेपालमा परम्परागतरुपमा चलिआएको धर्म र संस्कृतिको विरोध नभएको तर त्यसभित्र रहेको कुसंस्कारको नाममा रहेको बलिप्रथालाई हटाउन चाहको कुरा व्यक्त गरे भने आजको र्यालीको सन्देश सर्वोच्च अदालतले केहि दिनअघि गरेको बलिप्रथा बन्दगर्न सरकारलाई दिएको आदेशलाई समर्थन गर्दै सरकारले चाँडोभन्दा चाँडो कानूनीरुपमा लागु गर्नका लागि दवावस्वरूप र्याली गरेको जनाएका छन् ।


फोटो साभार: त्रिचन्द्र श्रेष्ठ, दुर्गानाथ दाहाल













No comments:

Post a Comment