शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 28, 2024

रमेशप्रसाद सागरका दश हाइकु




 १            

खै, आशिर्वाद ?

हे, सहकालदेव !

कर्म फूल्ने छ ।  

 २            

मालश्रीधुन

रक्ताम्य बलीवेदी

मौन ईश्वर !

 ३            

आफू जिउन

जाल थापेर कुर्छ

खैरो माकुरो ।

 ४           

लौ, प्रकट भो !

हेमन्त आउनुअघि

पैयुँको फूल !

 ५            

तिम्रो नियास्रो

आरू फुलिसकेछ

बाटैको छेउमा !

 ६            

सुक्खा धारा

अलपत्र चौबाटो

साक्षी चौतारी !

 ७            

खुल्ला आकाश

झुङ्गीलाग्दो पहार

चकमन्न छ ।

 ८            

वृद्धा शिरीष

चिहानमाथि उँघ्दै

कोल्टेको छायाँ ।

 ९            

घाम तापेर

लम्पसार सडक

उपकारी छ ।

 १०           

ब्रह्ममुहूर्त

चिनारी सोध्ने चरी

लुकेर बोल्छे !

– काभ्रे हाल: दुवकोट, भक्तपुर 


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment