-शोभा शर्मा
रमिला
श्रेष्ठ अहिले वीर अस्पातल ट्रमा सेन्टरको पाचौँ तलामा छिन्।
उनको
टाउकोमा पट्टी बाँधिएको छ। कालो कम्बलभित्र लुटपुटिएकी रामेछापकी यी १७ वर्षीयाको आँखा, नाक र दरफरिएको गाला मात्रै देखिन्छ। दाहिने
आँखा बढी सुनिएको
छ।
‘धरहराबाट
खसेर पनि ऊ बाँची,’ आडैमा
बसेकी उनकी सानिमाले भनिन्, ‘भाग्यमानी
रै’छ।’
रमिला
मुख छोपेको सुन्तला रंङको रूमाल खोलेर थोरै मुस्कुराइन्।
रामेछापको
सालु पोखरी घर भएकी उनी गाउँबाट घुम्न भनेर दुईमहिना अघि काठमाडौँ आएकी हुन्। किर्तिपुरमा काम गर्ने
आफ्ना बाबुसँगै बस्छिन्। शनिबार भने उनी साथिसँग घुम्न निस्किएकी थिइन्।
उनी र
उनका साथी संजिव श्रेष्ठ धरहरा चढ्न गए।
‘धरहरामाथि
संगै गएका साथी कँहा हुनुहुन्छ, थाहा छ?’
उनले
हातको इसाराले वार्डको अर्कोपट्टी देखाइन्। संजिव त्यहीँ थिए।
रमिलाको
दाँया खुट्टा भाँचिएको छ, संजिवको
दायाँ हात!
त्यहीबेला, उनका 'ड्याडी'सँगै उनको शरीरको
जाँच गर्न अस्पतालका कर्मचारीहरू आए।
***
स्कुल पढ्दा रमिलाले धरहराबाट
पूरै काठमाडौँ देखिन्छ भन्ने सुनेकि थिइन्। नौ कक्षा पछि उनी पढ्न छोडिन्। तर धरहरा चढ्ने
धोको भने छुटेन। धरहरा देख्न रामेछापको सालुपोखरेबाट काठमाडौँमै आउनुपर्ने!
उनका
बाबु दीपक श्रेष्ठ किर्तिपूरको एउटा भाँडा पसलमा काम गर्छन्। बाबुको साथी पनि हुने, आफ्नो धरहरा चढ्ने र काठमान्डौं घुम्ने धोको
पनि पूरा हुने। दुई महिनाअघि रमिला काठमाडौँ आइन्।
उनी यो
बीचमा स्वयम्भू, चिडियाखाना, भृकुटीमण्डप जस्ता अनेक ठाँउ घुम्न गइन्।
तर, पुरै काठमाडौँ एकैपटक हेर्न त धरहरा नै
चढ्नुपर्थ्यो।
शनिबार
बिहान खाना पकाएर छिटोछिटो 'ड्याडी' लाई खुवाइन्। खाना खादै गर्दा आफू साथीसँग
घुम्न जाने जनाऊ दिइन्।
१० बजे
ड्याडी निस्के। उनी पनि किर्तिपुरबाट बसन्तपुर हानिइन्।
संजिव
वसन्तपुरतिरै बस्थे।
उनीहरूको
शनिबार फिल्म हेर्न जाने 'प्लान' थियो, ग्वार्कोको गुण सिनेमा हलमा।
‘कुन
फिल्म हेर्न जाने भनेका थियौँ विर्सेँ, तर पहिले धरहरा जाने जाने कुरा भयो,’ रमिलाले भनिन्।
सुन्धारा
पुगेर संजिव र रमिलाले धरहरा चढ्ने टिकेट किने।
धरहरा चढ्दाको अनुभव उनले सुनाइन,'टुप्पोमा पुग्दासम्म मैले दुवै टिकेट हातमै समातेकी
थिएँ। मोबाइल पनि हातमै थियो।'
निकै
माथि पुगेपछि गोलो झ्यालबाट उनले बाहिर हेरेकी थिइन्। त्यो बेला उनलाई डर लागेको
थियो।
संजिव
भन्दा अघिअघि हिँडिरहेकी
थिइन्। धरहराको बरण्डाबाट काठमाडौँ हेर्ने हुट्हुटी पनि उनैलाईनै ज्यादा थियो।
ढोकाबाट
निस्केर रेलिङ निर पुगिन्। मधुरो घाम लागेको थियो।
***
संजिव
श्रेष्ठ यसअघि पनि धरहरा चढेका थिए। धरहराको बरण्डाबाट घुमिघुमि काठमाडौँको
चारैतिर देख्न पाउँदा खुब रमाइलो लागेको थियो।
रामेछाप
भीरपोखरीका संजिव आफ्नी भाउजुसँग बसन्तपुरमा बस्छन्। कृष्ण गल्लीको न्यु तन्दुरी
फाष्टफूडमा काम गर्छन्।
उनी
शनिबार बिहान दिदीको घरमा गए। दिदिले पकाएको खाना पनि नखाइ १० बजेतिर हतार गर्दै
निस्कीए।
दिउँसो
आफ्नी साथी रमिलासँग फिल्म हेर्न जाने ‘प्लान’ थियो।
उनले
रमिलालाई बसन्तपुरमा भेटे। त्यसपछि उनीहरु धरहरा गए।
काउन्टरमै
झोला राख्नुपर्ने रहेछ। झोला छोडेर धरहरा उक्लिए। ति झोला अझै कतै धरहराकै
भग्नावशेसमा पुरिएका छन्।
संजिवले
भने,‘धरहराको ढोकाबाट बरण्डा
झर्ने खुट्कीलोमा झर्दै गर्दा सर्रर हावा चले जस्तो भयो।’
पहिलो
पटक यहाँ आउँदा पनि उनलाई यस्तै लागेको थियो, हावा चलेजस्तो।
घाम
लागेको बेला सर्रर हावा आउँदा मन शितल भयो। रमाइलो लाग्यो।
‘धरहरा त
हल्लेको पो रैछ!’ अहिले
संजिवले सम्झिए।
रमिलाले
बारमा च्याप्प समातिन्। उनको हातमा अझै पनि टिकेट र मोबाइल थियो।
धरहराबाट
देखिने काठमाडौँ एक झल्को मात्रै हेर्न पाएकी थिइन्। उनको यति लामो धोको एक झल्को
मात्र पूरा भएको थियो।
मान्छेहरु
चिच्याउन थाले -भूइँचालो गयो।
कोही
भित्र जाउँ भन्दै थिए।
संजिव
थुचुक्क बसेको रमिला सम्झिन्छिन्।
‘के
भैरहेको थियो मलाई थाहै थिएन,’ संजिवले भने।
संजिवलाई
लाग्छ धरहरा ढल्क्यो र खस्यो!
रमिलालाई
भने धरहरा सिधा खस्यो, रोकियो
र फेरि बेपत्ता खस्यो जस्तो लाग्छ रे।
उनी त्यो
बेला न चिच्याउन सकिन्, न रुन
नै! मुटु ढक्क फुल्यो, बस!
धरहरा
भुइँमा ड्याम्म बजारियो।
रेलिङमा
च्याप्प समातेकी रमिला उछिट्टीइन्। 'बिउझिँदा म इँटामाथि थिएँ, त्यसपछिको एकछिन फेरि मलाई थाहा छैन,' उनले भनिन्, 'एकछिन पछि होस आउँदा साथि संजिवलाई अलिपर इटामाथि नै देखेँ, तर बोलाउन सकिन।'
उनले
केही बेर अघिसम्म समातेको रेलिङले एक आमा-छोरीलाई थिचेको थियो।
‘नउछिट्टएको
भए त म पनि त्यँही पर्नेरैछु जस्तो लाग्यो,’ उनले भनिन्, ‘उठ्न खोज्दा खुट्टा दुख्यो। मामु र ड्याडीको याद आयो अनि रोएँ।’
केहीबेरमै
गाढा निलो रंङको लुगा लगाउने प्रहरीले आएर रमिलालाई उठाए।
संजिव
त्यहीँ थिए।
संजिवले
भने धरहरासँगै भुइँमा खसेपछि त्यहीँ उभिएको एकजना मान्छेलाई सोधे रे ‘यो के भएको?’
‘भुइँचालो
गएको।’
त्यसपछिको
उनलाई केही थाहा छैन।
होस
आउँदा रगतले आँखा ढाकेको थियो। उनले नजिकैको मानिससँग पानी
मागे र
आफ्नो आँखा पुछेपछि थाहा पाए-उनी वीरअस्पताल अगाडिको बिच बाटामा थिए।
धेरै पछि
मात्रै उनलाई स्ट्रेचरमा राखेर ट्रमा सेन्टर लगियो।
बुधबार
ट्रमासेन्टरको पाँचौँ तलाको वार्डमा सारिएका छन् संजिव।
‘हामीसँगै
धरहरा चढेका कति मान्छे त्यही पुरिए वा कहाँ पुगे हामीलाई थाहा छैन, तर हामी त ट्रमा सेन्टरको पाँच तल्लामा दुवै
आइपुगेका छौ, भाग्यले भन्नुपर्यो,’ उनी मुस्कुराए।
साभार: सेतोपाटी डटकम