शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, January 23, 2025

विष्णा विरहीका तीन गीत

 
रोएँ धरर

चल्यो हावा सरर रोएँ धरर पानीको तिर्खा झैँ माया हरर पाखो वारि कोदाली खन्दैछु कैले आउँछौ दिन मैना गन्दैछु रोएँ धरर............
पाइन्न खुसी किन्न धन पैसाले मान्दैन मन भोलिको आशाले रोएँ धरर............
कोदो फापर बारीमा रोपौँला सुस्केरामा सँगै थकान मेटौँला रोएँ धरर............
फर्क छिटै प्रदेशी आउ घर नेपालमा नपाउने के छर रोएँ धरर............
चल्यो हावा हरर रोएँ धरर सम्झना हजुरकै आयो हरर ।

देशको माया


देशको माया लाग्छ नि कान्छा सम्झन्छु झलझली ती सेता हिमाल हरिया डाँडा खोलाको कलकली कोशी र काली कर्णाली नदी रापती सलल लेक र बेशी तराई फाँट धान बाली हललल                     देशको माया............                     ती सेता हिमाल.........
माटोको चिन्ता लाग्छ नि कान्छा के गर्नु लागेर खोज्दै रोजगारी पुगियो खाडी सिमाना नाघेर डुब्दैछ नेपाल डुबाउने नेता बचाउँ म कसरी चिरेर मेरो आमाको छाती रुवाए धरधरी
                     देशको माया............                     ती सेता हिमाल.........

गहना देशका होनहार युवा जेलैमा कोच्दछन् नियम र कानून उनैले जानून् चोरलाई पुज्दछन् रहला कहाँ गौरव हाम्रो इमानै नभए लेखौंला भोलि ईतिहास केको पौरखै नभए ।
देशको माया लाग्छ नि कान्छा सम्झम्छु झलझली ती सेता हिमाल हरिया डाँडा खोलाको कलकली ।


रोइरहेछ जिन्दगी

रोइरहेछ जिन्दगी, असारको झरी सरि तड्पिरहेछ जिन्दगी, पंखबिना चरी सरि                     रोइरहेछ जिन्दगी.......... उदास एक्लो जिन्दगी, बिरानो यो शहरमा भौंतारिदैछु सडकमा, शुरदासको छडी सरि                     रोइरहेछ जिन्दगी.......... बोझ रहेछ जिन्दगी, बोक्नैपर्ने बध्यता रंग बिहिन जिन्दगी, विधुवाको सारी सरि                     रोइरहेछ जिन्दगी.......... कहाँ बाट आयो कहाँ जान्छ यो जिन्दगी बतासको झोंका पनि लाग्न थाल्यो हुरी सरि                     रोइरहेछ जिन्दगी.......... छलेर गयो वसन्तले, बगैंचा उदास छन् उजाड यो जिन्दगी, प्रदेशीको बाँझो बारी सरि रोइरहेछ जिन्दगी, असारको झरी सरि तड्पिरहेछ जिन्दगी, पंखबिना चरी सर ।

-सिकागो, अमेरिका

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment