शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, January 22, 2025

लघुकथा संसार मासिक अङ्क २० (सम्पादकीय)


 सहिदसित जोडिएको सपना

एउटा माघले मात्र जाडो जाँदैन भन्ने भनाइ छ । त्यसमा कतिको सत्यता छ, त्यो आ–आफैले परख गर्ने कुरा भयो । हरेक भनाइ पछिल्तिर केही कारण र रहस्य लुकेको हुन सक्दछ । यसबारे खोजबिन गर्ने चलन हराउँदै गएको देखिन्छ ।

हरेक माघ १६ गते सहिद दिवस मनाउँछौ । देशका लागि बलिदान गर्ने वीर सपुतप्रति सबैजना नतमस्तक रहन्छौ । जसले ज्यानलाई हत्केलामा राखेर जहानियाँ राणा विरुद्ध लडेर प्राण आहुति दिए । आफ्नो मातृभूमिलाई राणा शासनको त्यो चंगुलबाट मुक्त गरे । सहिदको बलिदानले हरेक देश स्वतन्त्र भएका छन् ।

कतिपय देश अझै पनि स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै छ । हो, केही समय लाग्न सक्दछ तर हरेश नखाइकन लागि रहेमा अवश्य त्यो दिन टाढा रहने छैन । सोका लागि विभिन्न वाधा–विरोधको सामना गर्नुपर्ने हुन्छ । आमाको सपनामा कवि गोपालप्रसाद रिमालले भन्ने जस्तो ’त्यो एक दिन अवश्य आउने छ ।’ हरेक आज सोही दिनको पर्खाइमा बसेका छन् ।

अन्त्यमा, लघुकथा संसार पनि सो दिनको पर्खाइमा छ । जुन दिन हाम्रा तमाम इच्छा आकांक्षा पूर्ण हुनेछ । यसका लागि हाम्रा कदमहरुले उचाइँ नाप्न जरुरी छ । हो, अवश्य चुम्नेछ एक दिन त्यो चुचुरोलाई । जब हामी सबै होस्टेमा हैंसे गरेर अघि बढेमा त्यो दिन त्यति टाढा छैन । हामी एक जुट हुन सक्नु पर्दछ ।

अङ्क २० पढ्न र डाउनलोड गर्नका लागि


---------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment