शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 19, 2011

अपरेसन बारेमा जानकारी


त्रिचन्द्र प्रतीक्षा
 -त्रिचन्द्र प्रतीक्षा
अपरेसन Operation अंग्रेजी शब्द हो । हामीले अपरेसनको बारेमा जान्नुपर्दा र भन्नुपर्दा कुनैपनि बिरामीको रोगलाई उपचारबाट निको नभएमा जटिल रोगलाई निको पार्न दक्ष चिकित्सकद्वारा गरिने चिरफार वा शल्यक्रियालाई हामी अपरेसन भनेर बुझ्ने गर्दछौं ।
तर सो अपरेसन रोगलाई निको पार्ने मात्र नभई समाज, देश आदीमा कुनैपनि कार्य, क्षेत्रमा विशेष प्रकारले निश्चित अवधिभित्र गरिने कार्यलाई अपरेसनको नाम पनि दिइने गरिन्छ, सो शब्द कारवाही वा उद्धारसँग गाँसिएको मानवीय क्रियाकलापसँग सम्वन्धित देखिन्छ । यसलेखमा विश्वभरि यस्तै विभिन्न क्रियाकलापमा लागु भएका अपरेसनहरूबारेमा चर्चा गर्न लागेका छौं ।
अपरेसन क्याक्टस :    सन् १९८८ नोभेम्बर ३ मा माल्दिभ्सको सरकारलाई अपदस्थ गर्न माल्दिभ्सका व्यापारी अब्दुल्ला लुत्फीले नेतृत्व गरेको श्रीकंलाका तामील भाडाका सेनाहरूले आक्रमण गर्दा माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुमको अनुरोधमा भारत सरकारले पठाएको करिब १६०० छापामार सेनाले तामिल भाडाका सैनिकको आक्रमणलाई विफल तुल्याएको सैनिक अपरेसनलाई अपरेसन क्याक्टस्का नामले चिनिन्छ । 
अपरेसन डाउन फलः    सन् १९४५ नोभेम्बरमा जापानको कुसु र कुजुकुरी किनार हुँदै टोकियोसम्म आक्रमण गर्ने अमेरिकी योजनाको सांकेतिक नाम नै अपरेसन डाउन फल हो ।
अपरेसन ब्ल्यू स्टारः    भारतीय स्व. प्रधानमन्त्री श्रीमती इन्दीरा गान्धीले ५ जून, १९८४ मा पंजाव राज्यको अमृतसरस्थित स्वर्णमन्दिरमा लुकेर बसेका आतंककारीहरूलाई बाहिर निकाल्न सैनिक कारवाही गरेकी थिइन् । यस कारवाहीलाई अपरेसन ब्ल्यू स्टार नामले चिनिन्छ ।
अपरेसन क्लिन अपः     सन् १९५५ मा चीनमा सम्पन्न चौथो विश्व महिला शिखर सम्मेलन पूर्वसन्ध्यामा त्यहाँका प्रहरीहरूले बेइजिङका विभिन्न शहर र स्थानहरूमा रहेका ब्युटीपार्लर, बार तथा क्लबहरूमा हुने गरेका वेश्यावृत्ति तथा अन्य अनैतिक कार्यमाथि नियन्त्रण गरी विश्व जनमञ्चमा चीनको स्वच्छ छवि प्रदर्शित गर्ने उद्देश्यले सञ्चालन गरिएको कारबाहीलाई अपरेसन क्लिन अप भनिन्छ ।
अपरेसन ओलम्पियाः    सन् १९९९ अप्रिलदेखि भारतले सुरु गरेको खेल अभियानलाई अपरेसन ओलम्पिया भनिन्छ । सन् २००० मा सिड्नीमा भएको ओलम्पिक खेलमा भाग लिन खेलाडी तयार गर्ने उद्देश्यले चीनका प्रशिक्षकको नेतृत्वमा सञ्चालन गरेको खेल अभियानलाई बुझाउँछ ।
अपरेसन फेयर प्लेः    पाकिस्तानका तत्कालीन सेनाध्यक्ष जनरल जियाउल हकले सन् १९७७ जुलाई ५ मा सैनिक विद्रोह गरी सत्ता हातमा लिए । ९० दिनभित्र निष्पक्ष र स्वतन्त्र चुनाव गराई निर्वाचित सरकारलाई सत्ता सुम्पने उनको घोषणा थियो । यसैलाई अपरेसन फेयर प्ले भनिन्छ ।
अपरेसन चेक बोर्ड:   भारतका तत्कालीन प्रधानमन्त्री स्व. राजीव गान्धी र श्रीलंकाका तत्कालीन राष्ट्रपति जे.आर. जयवर्धनेबीच भएको सम्झौताको कार्यान्वयनको सिलसिलामा भारतीय सेनाले जाफना प्रान्तमा तामिल छापामारविरुद्ध गरेको सैनिक कारबाहीलाई अपरेसन चेक बोर्ड भनिन्छ ।
अपरेसन पेट्रोलः    वि. सं. २०५० साल साउन महिनाको अन्तिम हप्तादेखि नेपालमा राजस्व अनुसन्धान विभागले प्रज्ञानपत्र नभरी वा जालझेल गरी कर्ीर्ते काम गरी विदेशी गाडी भित्र्याउने समूह र गाडीको छानबिन गर्ने कार्य सुरु गरेको थियो । यस कार्यलाई अपरेसन पेट्रोल नाम दिइएको छ ।
अपरेसन बटर फ्लाईः    वि. सं. २०४५ भाद्र ५ गते नेपालमा आएको भीषण भूकम्पबाट पीडित पूर्वी नेपालका जनतालाई आपत्कालीन राहत सामग्री लिएर बेलायतको उद्धार जहाज आएको थियो । जसलाई अपरेसन बटर फ्याई भनिन्छ ।
अपरेसन सोलोमानः    सन् १९९१ मे २४ तारिखदेखि २७ सम्म इथियोपियामा अलपत्र परेका झन्डै १५ हजार जति यहुदीहरूलाई त्यहाँबाट उद्धार गरिएको कार्यक्रमलाई अपरेसन सोलोमान भनिन्छ । सो उद्धार गर्न १३ लाख अमेरिकी डलर खर्च भएको थियो भने ३०० घण्टा लागेको थियो ।
अपरेसन इराक फ्रिडमः    अमेरिका, बेलायत, अस्ट्रेलिया र स्पेन संयुक्त मिलेर सन् २००३ को मार्च २० देखि इराकमाथि आक्रमण गरेको थियो । यस आक्रमणपश्चात् सन् २००३ अप्रिल ९ मा अमेरिकी राष्ट्रपति जर्ज बुसले स्न २००३ मे १ का दिन इराक युद्धको अन्त्यको घोषण गरे । सो इराकमाथिको आक्रमणलाई नै अपरेसन इराक फ्रिडम को नाम दिइएको थियो ।
अपरेसन स्विफ्ट फ्रिडमः    सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको न्यूयोर्कको बर्ल्ड ट्रेड सेन्टर र वासिङटनस्थित पेन्टागनमा आतङ्ककारीहरूले हवाई आक्रमण गर्दा भएको धनजनको क्षतिस्वरूप अफगानिस्तानको तत्कालीन सरकार (तालवान प्रमुख) जिम्मेवार रहेकोले तिनीहरूलाई सन् २००१ अक्टुबर ७ देखि तालिवान सरकार र अलकायदा समूहविरुद्ध आक्रमण गरी ध्वस्त पार्ने सैनिक कारबाहीलाई अपरेसन स्विफ्ट फ्रिडम भनिन्छ ।
अपरेसन टाइगर अफ इण्डियाः    भारत सरकारले काश्मिरी उग्रवादीहरू विरुद्ध सन् १९९३ देखि चलाएको तीव्र सैनिक गतिविधिलाई अपरेसन टाइगर अफ इण्डिया भनिन्छ । काश्मिरी पृथकतावादीहरूले छुट्टै राज्यको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
अपरेसन डेजर्ट शिल्डः    इराकले कुबेतमाथि कब्जा गरेपछि कुबेतलाई इराकबाट मुक्त गर्ने बहुराष्ट्रिय सेनाको अभियानलाई अपरेसन डेजर्ट सिल्ड भनिन्छ । पछि युद्ध सुरु भएपछि यो अभियान अपरेसन डेजर्ट स्टोर्टमा परिणत भयो ।
अपरेसन हाण्डओभर द किः        हेब्रोनबाट इजरायली सेना फिर्ता लगी प्यालेस्टिनीहरूलाई हेब्रोनको करिब ८० प्रतिशत भू-भागमा प्यालेस्टिनी सत्ता हस्तान्तरण गर्ने कार्यलाई अपरेसन हाण्डओभर द कि को नाम दिइएको छ । सन् १९९७ जनवरी २ मा इजरायल र प्यालेस्टिनीबीच सम्झौता भएको थियो ।
अपरेसन टाइगर अफ नेपालः    वन जंगलको विनाशको कारणले दुर्लभ हुँदै गएको पाटे बाघको संरक्षण गर्ने उद्देश्यले नेपालले चलाएको 'बाघ बचाउ अभियान' लाई अपरेसन टाइगर अफ नेपाल भनिन्छ ।
अपरेसन रि-स्टोर होपः    सोमालियाका छापामार नेता मोहम्मद फर आइदिस र उनका र्समर्थकहरूद्वारा सञ्चालित गृहयुद्धबाट प्रभावित त्यहाँका अनिकाल पीडित जनतालाई खाद्यान्न पुर्‍याउनका लागि संयुक्त राष्ट्र संघले सेनाको परिचालन गरेको थियो । सोही उद्धारलाई अपरेसन रि-स्टोर होप भनिन्छ ।
अपरेसन इगल क्लः    इरानमा बन्दी बनाइएका ५२ जना अमेरिकी नागरिकलाई उक्त बन्दीखानाबाट मुक्त गराउन तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरद्वारा गोप्य तवरले अमेरिकी कमाण्डो पठाइएको थियो । तर सो सैनिक कारबाही सफल हुन सकेन । उक्त कर्मचारीहरूलाई ४४४ दिन त्यही बन्दीखानामा बन्दी बनाइएको थियो । सो कारबाहीलाई नै अपरेसन इगल क्ल भनिन्छ ।
अपरेसन पेजरः        काठमाडौंमा अति महँगो लागु औषध हेरोइनको बढ्दो पहुँचलाई नियन्त्रण गर्न नेपाल प्रहरीले वि.सं. २०५९ श्रावणदेखि सञ्चालन गरेको अभियानलाई 'अपरेसन पेजर' भनिन्छ । सम्भ्रान्त परिवारका पीडित पक्षले खैरो हिरोइनको खुला रूपमा बिक्रि वितरण भइरहेको भन्दै दिएको सूचनाको आधारमा उक्त अभियान थालिएको हो ।
अपरेसन कोरोनेटः     सन् १९४६ मार्चतिर अमेरिकाले जापानमाथि आक्रमण गर्नका लागि तयार गरेको दोस्रो रणनीतिको सांकेतिक नाम अपरेसन कोरोनेट रहेको थियो ।
अपरेसन फ्रेण्डशिपः    श्रीलङ्का सरकारले तामिल प्रतिक्रियावादीहरूविरुद्ध सन् १९८७ को सुरुमा आर्थिक नाकाबन्दी लगाएपछि तामिलहरूको उद्धारका लागि भनेर भारतीय विमानद्वारा करिब २५ टन खाद्यान्न तथा चिकित्सा सामानहरू त्यस क्षेत्रमा खसाली उद्धार गरेको थियो । सो अभियानलाई अपरेसन फ्रेण्डशिप भनिन्छ ।
अपरेसन इगल आईः    सन् १९९५ सेप्टेम्बरमा लन्डनका सडक तथा गल्लीहरूमा बढ्दै गएको आपराधिक गतिविधिलाई निस्क्रिय तुल्याउन त्यहाँका प्रहरीद्वारा चालिएको कदमलाई अपरेसन इगल आई भनिन्छ ।
अपरेसन ब्लाक टोर्नेडोः    २००९ नोभेम्बर २६ तारिख नेपाली समय अनुसार बुधबार राती ठीक १० बजे शुरु भएको आतंककारीले मुख्य निसाना बनाएको होटेल ताज, होटेल ओबरायका साथै नरीमन हाउसमा राष्ट्रिय सुरक्षागार्ड, स्थलसेना, नौसेना र वायुसेनाका संयुक्त रूपबाट 'अपरेसन ब्लाक टोर्नेडो' सञ्चालन गरेको थियो । यस अपरेसनलाई उक्त स्थानबाट बन्धकहरूलाई छुटाउन र आतंककादीहरूलाई समात्ने वा मार्ने रणनीति तय भएको थियो । कमाण्डोलाई हेलीक्यप्टरहरूबाट उक्त स्थानमा उतारेको थियो भने आक्रमणकारी र कमाण्डो बीच करिव ६० घण्टाको गोलाबारी र भिडन्तपछि मात्र ती स्थानहरू सुरक्षाकर्मीको नियन्त्रणमा आएका थिए ।
मुर्म्बईमा भएको आतंककारी आक्रमणमा परी १ सय ९५ जनाभन्दा बढीको ज्यान गयो भने ३ सय भन्दा बढी घाइते भएको थियो । सोही मुर्म्बई आतंककारीलाई नियन्त्रणमा लिनको लागि भारत सरकारले गरेको अपरेसनलाई 'अपरेसन ब्लाक टोर्नेडो' भनिन्छ ।
माघ २०६६ मा युवामञ्चमा प्रकाशित

No comments:

Post a Comment