शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 19, 2011

सफलताका देवताः गणेश बौद्ध धर्मदेखि विदेशसम्म


 -त्रिचन्द्र प्रतीक्षा
गणेशलाई सफलताका देवता या सिद्धिदाता भनिन्छ । गणेशको प्रार्थनाद्वारा देवताहरूका राजा इन्द्र, राजा नलकी महारानी यमयन्ती र युघिष्ठिर आदिले सफलता प्राप्त गरेका कथा प्रख्यात छन् । गणेशका चार हात, ठूलो पेट छोटो कदको सुदृढ शरीर, टाउको भएको स्वरुप छ । गणेशको वाहन मूसा हो । गणेशको हात्तीको टाउकोको एउटा दाँत मात्र पूर्ण छ अर्को भाँचिएको छ । गणेशले परशुरामसँगको लर्डाईमा एउटा गुमाउनु भएको हो भन्ने विश्वास गरिन्छ ।  परशुराम विष्णुका अवतार हुन् । परशुरामको हातमा एउटा बन्चरो छ । कसैको भनाइ छ- गणेशले आफ्नो दाँत महषिर् व्यासको निर्देशनमा महाभारत लेख्न भाँचेका हुन् भन्ने पनि छ । 
गणेशको 'हात्ती-टाउको’ लाई बुद्धिको प्रतीक र उहाँको वाहनलाई त प्रत्युत्पन्नमतिको प्रतीक मानिन्छ । गणेशको परिपक्क बुद्धिमत्ताको एउटा कथा छ, जो यस प्रकार छ- एक पटक गणेश र उनका कार्तिकेय दाजु बीच दुई जनामा को बढी बुद्धिमान भन्ने बारेमा विवाद भयो । यो विवादलाई भगवान् शिव समक्ष प्रस्तुत गरियो । शिवले पनि यो विवाद समाधान गर्न सक्नु भएन । अतः भगवान् शिवले गणेश र कार्तिकेयलाई भन्नुभयो- जसले पृथ्वीको परिक्रमा अल्प समयमा गर्दछ, त्यही बढी बुद्धिमान भएको ठहर्नेछ । 
कार्तिकेय आफ्नो वाहन मयूरमा चढेर पृथ्वीको परिक्रमा गर्न प्रस्थान गरे । तर गणेशको वाहन मूसो थियो ।  मूसामा चढेर कसरी विश्व परिक्रमा गर्ने - गणेशलाई फसाद पर्‍यो । तर बुद्धिमान गणेशले आफ्ना माता, पिताको परिक्रमा गरे, तिनलाई दण्डवत् गरे र फल प्राप्तिको दावी गरे । शिवले गणेशको दावीलाई स्वीकार गर्नु भएन ।  त्यसपछि गणेशले भने 'मेरा निम्ति मेरा मातापिता नै सबै थोक हुन् । तपाईंहरू नै विश्वको प्रतिनिधित्व गर्नु हुन्छ, यही कारणले मैले तपाईंहरुको परिक्रमा गरेको हुँ ।’ समस्याको समाधान भयो, गणेशलाई नारदले ल्याएको फल प्रदान गरियो।  मयूरमा चढी विश्व परिक्रमा गरेर पर्केका कार्तिकेय जब घर फर्केर आए उनी निराश भए । 
त्रिचन्द्र प्रतीक्षा
गणेश १६ देखि ३२ प्रकारका छन् भन्ने शास्त्रीय सम्मति छ । त्यसैले यिनका नामहरू पनि धेरै छन् । गणेशलाई लड्डु निकै मन पर्दछ । गणेशको पूजा गर्नाले फलप्राप्तिमा सफलता पनि मिल्दछ । कुनैपनि धार्मिक कार्यहरू गर्दा गणेशलाई सर्वोपरी स्थान दिई उनको पूजा बिना अरूकार्य गरिंदैन । मंगलबारको दिन विशेष रूपमा गणेशलाई पूजा-आजा गरिन्छ भने गणेश चतुर्थीको दिन धुमधामसँग उनको पूजाआजा गर्ने चलन छ ।
हिन्दू धर्ममा मात्र नभै बौद्ध धर्ममा गणेशको विशेष स्थान रहेको पाइन्छ । बोद्ध धर्मको बज्रयान साधकहरूले गणेशलाई आफ्नो साधनाको सिद्धिको लागि प्रमुख देवता मान्छन् । नेपालका अधिकांश मध्यकालिन बौद्ध बिहारहरूको मूल ढोकाको भित्र दायाँ बायाँ भागमा क्रमशः गणेश र महाकालका मर्ूर्तिहरू पाइन्छन् । पाँच टाउके गणेशलाई हेरम्ब गणेशको रूपमा बौद्ध धर्मको बज्रयान साधकहरूले मान्यता दिई पूजा-आजा गर्ने चलन नेपाली बौद्ध समाजमा छ । पाटनमा हालसम्म पनि वर्षो एक पटक पूरा एक महिनासम्म गणेशको मूर्ति र मन्दिरहरू रहेको ठाउँमा गएर पूजा-आजा समूहगतरूपबाट गर्ने चलन आजसम्म पनि यथावत् रहेका छन् ।
बौद्ध धर्ममा शाक्यमुनि गौतमको गर्भ प्रवेश हात्तीको शरीरको रूपमा गरिएको पाइन्छ । बुद्ध जन्मनु भन्दा अगाडि मायादेवीले सेतो हात्ती स्वर्गबाट आएर उनको मुखबाट पसेको सपना देखेको, फलस्वरुप बुद्ध गर्भस्थ भए । त्यसकारण सेतो हात्तीलाई बुद्धको सूचक मानिन्छ । त्यसैले बौद्ध धर्ममा सेतो हात्तीलाई विशेष स्थान र महìव दिएको पाइन्छ । बौद्ध धर्ममा यहाँसम्म विश्वास गरिन्छ कि गणेशको स्तुतिको विना मन्त्रहरूको सिद्धि हुँदैन ।
बौद्ध धर्म, साहित्य, संस्कृति एंव साधनाले नेपाल लगायत अन्य देशहरू अफगानिस्तान, कोरिया, जापान, श्रीलंका, वर्मा, चीन, मंगोलिया आदि देशहरूलाई समेत प्रभावित पारेको छ । विश्वका सबै बौद्ध राष्ट्रहरूमा 'गणेश’ मूर्तिहरू प्राप्त भएका र ती देशहरूमा गणेशलाई पूजा गर्ने गरेको थुप्रै प्रमाणहरू प्राप्त भएका छन् ।


विदेशमा गणेश
कम्बोडियाः यहाँ भगवान् गणेशजीको काँस्य प्रतिमा बनाइएको हुन्छ । गणेशको त्यस प्रतिमालाई त्यहाँ 'कैनेश’ नामद्वारा पूजा गरिन्छ । यहाँको गायत्री मन्त्र कम्बोडियाका बासिन्दाका लागि शिवको आज्ञा लिएर गणेशले बनाएका हुन् भन्ने धारण रहिआएको छ । यहाँ पाइने मूर्तिहरूमा हात्तीका तीन चार दाँत देखाउने गरिएको छ । 
तिब्बतः तिब्बतको केही मठमा अधिक्षकको रुपमा गणेशको पूजा गरिन्छ । भने प्रायः धेरै ठाउँमा द्वारपालको रूपमा देखाइएको पाइन्छ । हिन्दू राक्षसका रूपमा पनि कतैकतै गणेशलाई दर्सर्ााो पाइन्छ । महाकाल उनका पाउले दबिएको स्वरूप पनि देख्न पाइन्छ । अपराजिता देवीले गणेशको पिटाइ गरिरहेको चित्र पनि हामी तिब्बतमा देख्न पाउँछौं ।
थाइल्यान्डः यहाँ गणेश बौद्ध र हिन्दु दुवै समुदायमा प्रिय छन् । बैंककको एक मन्दिरमा काँसबाट बनेको खमेर शैलीको मूर्ति पाइएको छ । यो दसौं शताब्दीमा बनेको अनुमान छ । एक दाँत उखेलेर महाभारत लेख्न तम्सिएको अवस्थामा गणेशलाई देखाइएको छ ।
अमेरिकाः अमेरिकामा लंबोदर गणेशका अनेक मन्दिर छन् । दक्षिण अमेरिकाको ब्राजिलमा पुराना गणेशका मूर्ति पाइएका छन् ।
मलायाद्विपः मलायाद्विप समूह अर्न्तर्गत जावा, बाली र बोर्नियामा गणेशले मनुष्यको खप्परको माला पहिरेको देखाएको छ । जावाको परकरामा शिलालेख सहितको सन् १२३९ मा बनेको मुण्डामाला लगाएको गणेशको पत्थरको मूर्ति पाइएको छ, यो विश्वमै अनौठो मानिन्छ । जावाद्विपमा गणेशका अधिकांश मूर्तिहरू बसेको अवस्थामा देखाइएका छन् ।
इरानः इरानमा अहुर मजदाको नामबाट श्री गणेशको पूजा हुन्छ । अहुर मजदा अर्थात् असुरको मर्दन गर्ने वाला भनिन्छ ।
म्यान्मारः यहाँ बौद्ध र हिन्दू दुवै धर्मालम्बी माझ गणेश लोकप्रिय छन् । यहाँ गणेश अत्यन्त पूज्य छन् भने गणेशका अनेक कास्य मूर्तिहरू पाइन्छन् ।
युनानः युनानमा श्री गणेशको पूजा औरेनस युनानीहरूको दयालु देवता हुन् ।
जापानः जापानमा गुहयुग्म नामले गणेशलाई चिनिन्छ । यहाँ गणेशको मूर्ति हातमा मूला र धनुष छोपेको बनाइएको हुन्छ । यहाँ गणेशका ४ प्रकारका मूर्ति (बहुभुज, विनायक, स्वर्णगणकत तथा षड्भुज युग्म) पाइन्छ ।  गणेशले नरभक्षी जापानी राक्षस मतरुरत्सुलाई संहार गरी जापानका बौद्ध मतालम्बीको उद्धार गरेको किम्बदन्ती यहाँ प्रचलित छ ।
चीनः चीनमा तनुह आँग गुफामा गणेशको मूर्ति पर्याप्त पूजिन्छ । चीनमा गणेशका दुई स्वरूप चिनिन्छन् । पहिलो विनायक स्वरूप हो जुन हाम्रोतिर पाइने गणेशजस्तै हुन्छ । अर्को कांगितेन रूपमा चिनिन्छन् । कांगितेन रूपमा दुई गणेशलाई एक अर्कासित जोडिएको देखाइन्छ, हेर्दा जुम्ल्याहाजस्तै देखिन्छ ।
विश्वकै पुरानो गणेशको मूर्ति चीनमा पाइनु एक आर्श्चर्यजनक कुरा हो । कुन्गाडिसिनको बौद्ध मन्दिरमा ढुंगामा चित्रित लेखयुक्त गणेशको मूर्ति ५३१ इ.पू. मा तयार भएको मानिन्छ । यस्तैखाले भित्ते उल्लेख ५४३ इ.पू. को गणेशको पत्थरको प्रतिमा पनि चीनमै पाइएको छ । यो अहिले अमेरिकाको वोस्टन संग्रहालयमा राखिएको छ ।
(स्रोतः काठमाडौं अधित्यकाका गणेश मूर्तिहरू, धर्म र संस्कृति र अन्य पत्रपत्रिकाहरू ।)
गोरखापत्रको शुक्रबार अंकमा ११ असार २०६७ मा प्रकाशित

No comments:

Post a Comment