शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 24, 2011

साँचोहरूको अनौठो संग्रहालय -त्रिचन्द्र प्रतीक्षा

त्रिचन्द्र प्रतीक्षा
 संग्रहालय केही विशिष्ट प्रकारका दुर्लभ वस्तुहरूको संकलन गरेर त्यसलाई संरक्षण मात्र प्रदान गर्ने नभै देशको ऐतिहासिक र सांस्कृतिकको रक्षा पनि गर्ने गर्दछ । विश्वमा सामान्यतया २ प्रकारका संग्रहालय देख्न पाइन्छ । पहिलो त्यो संग्रहालय हो जसमा एकै स्थानमा अनेकौ प्रकारका दुर्लभ वस्तुहरूको संकलन हुन्दछ भने दोश्रो त्यो संग्रहालय हो जसमा एक विशेष प्रकारको वस्तुलाई नै विभिन्न स्वरूपहरूको संकलन गर्ने गरिन्छ ।
विश्वमा अनेकौ विलक्षण संग्रहालय छ । जर्मनीमा चुरोटहरू र सिंगार चुरोटको एक अद्भूत संग्रहालय छ । जसमा विश्वको प्राचीनतम देखि लिएर आधुनिकता चुरोटहरूको संकलन गरिएको छ । यहाँ विश्वको सबैभन्दा ठूलो सिगार पनि राखिएको छ, जसको लम्बाई ६ फुट लामो छ ।
नयाँ दिल्लीमा रेलहरूको एक संग्रहालय छ, जसमा भरतिय रेल इन्जिन देखि लिएर राजा महाराजाहरूद्वारा प्रयुक्त हुने भव्य एवं शानदार 'सैलुनहरू' को संग्रह छ । फ्रान्सका राष्ट्रिय संग्रहालयमा कुग्नोद्वारा निर्मित विश्वको पहिलो मोटरकार आजपनि सुरक्षित राखिएको छ ।
विश्वको अधिकांश देशहरूमा जस्तै हाम्रो छिमेकी देश चीनमा पनि अनेकौ प्रकारका संग्रहालय स्थापना गरिएका छन् । जहाँ हवाईजहाजको विशाल संग्रहालय, अस्त्रशस्त्रहरूको संग्रहालय तथा माटो, ढुंगा र कागजको कलाकृतिहरूको समेत संग्रहालय रहेको छ, यस्तै दुर्लभ चित्रहरूको संग्रहालय तथा ऐतिहासिक दस्तावेजहरूको संग्रहालय आदि प्रमुख छन्, यि सबै अन्तराष्ट्रियस्तरका संग्रहालयहरू हुन् ।
यि संग्रहालयहरूको कुरा त सर्वव्यापी छ, किन्तु के तपाईं यस कुरामा विश्वास गर्नुहुन्छ कि चीनमा साँचोहरूको पनि एउट यस्तो संग्रहालय छ, जुन आजभोलि अन्तराष्िट्रयस्तरमा ख्याती आर्जन गरिरहेका छन् ।
चीनको संघाई नगरमा यो संग्रहालय अवस्थित छ । जसमा देश विदेशका २० हजार भन्दा बढी साँचोहरू सुरक्षित छ । यसमध्ये केही साँचोहरू त यस्ता छन्, जसको आफ्नो छुट्टै एक इतिहास रहेको पाइन्छ । यो साँचोहरू यस संग्रहालयसम्म कसरी पुगे ? यसको पनि रोचक कथाहरू छन् । साँचोहरूको यो रोचक संग्रहालय सरकारी हैन, न त यसको संचालन कुनै संस्थाले नै गरिरहेको छ, तर यो एक नव युवक चाओचिनचिको साहस र लगनको परिणाम स्थापना भएको हो ।
चाओचिनचिको कथा पनि उसको साँचोहरूको भन्दा कम रोचक छैन । उसले धैर्य र लगनद्वारा आफ्नो उद्देश्य प्राप्तीका लागी सीमित साधनहरूको बलमा ख्याती आर्जित गरे । 
अन्तर्राष्िट्रय ख्याति पाउने चाओचिनचिको जन्म आनहर्ेइको फूनान नामक गाउँमा एक अत्यन्त साधारण परिवारमा भएको थियो ।
उसका आमा बाबु दुवै नै श्रमिक थिए, अतः काममा जाने बेला चाओचिनचिलाई घर भित्र बन्द गरिदिन्थे । बाहिर ताला लगाएर त्यसको साँचो एक वृद्ध छिमेकीलाई दिन्दथे । त्यही छिमेकी दिनमा ३/४ पल्ट ताला खोलेर उसलाई खाजा, पानी दिन्दथें र कहिले काहीं उसलाई सर-सफाई पनि गरिदिन्थे ।
चाओचिनचि केही ठूलो भएर स्कूल जान लागे, तब उसले आमा बुबाले घरको साँचो एउटा बलियो डोरीमा बाँघरे चाओको घाँटीमा झुण्ड्याई दिन्थ्यो ।
चाओ बालककालदेखि निकै चलाख र जिद्दी स्वभावको थियो । उसको मन पढ्न लेख्नमा भन्दा आफ्नो घाँटीमा झुण्डिएको साँचोलाई दिनभर हेरिरहन्थे र ठूलो अद्भूत कल्पनाहरू गर्ने गर्दथे ।
आमा बाबुको कठोर व्यवहार र आमाद्वारा पिर्टाई खाएपछि चाओ घरमा बस्न मन पराउँदैनथे । स्कूल जाने बहानामा एक नदीको किनारामा बसेर कहिले घाँटीमा रहेको साँचोलाई घुरीरहन्थे त कहिले साथै ल्याएको तालालाई बारम्बार खोल्दै, बन्द गर्दै बस्दथे ।
वास्तवमा उसको इच्छा ताला खोल्ने र बन्द गर्ने एक किर्तिमान स्थापित गरेर आफ्नो नाम गिनीज बुक अफ् वर्ल्ड रेकर्डमा लेखाउनु थियो ।
चाओले ७/८ वर्षो उमेरदेखि साँचोको संग्रह आरम्भ गरिसकेका थिए । उसको संग्रहको पहिलो साँचो बने, उसको जीवन रक्षक साँचो । आरम्भमा चाओलाई केही समस्याहरूको सामना गर्नुपर्‍यो । उसलाई नत स्थानिय बासिन्दाले सहयोग नै गरे नत प्रोत्साहन नै गरे । बदलामा उसको आलोचना गरे र गिल्ला गरे ।
तर चाओ बच्चादेखि नै जिद्दी स्वभावको थियो, उसको यहि जिद्दी तथा लगनले गर्दा विस्तार विस्तारै उसको संग्रहालयमा साँचोहरू बढ्न थाले ।
चाओचिनचिले केही समयपछि साँचोहरूको महत्व र त्यसको इतिहासको बारेमा अध्ययन आरम्भ गरे, उसलाई यो थाहा पाएर आश्चर्य भयो कि साँचोहरूको इतिहास ५ हजार वर्षभन्दा बढी पुरानो थियो । यसको उपयोग दासयुगमा पनि गर्ने गरिन्थे । यसको साथै उसलाई यो पनि थाहा भयो कि साँचोहरूको उपयोग केवल सुरक्षाका लागि मात्र नभै शक्ति तथा अधिकारको प्रतिक पनि मानिन्छ । अनेक स्थानहरूमा यसलाई सम्मानित व्यक्तिहरूलाई उपहारको रूपमा समेत दिने गरिन्छ, उपहारमा दिने साँचोहरूमा विशेष प्रकारको चिन्ह्र अंकित हुन्दथे ।
चाओलाई विश्वको साँचोहरूको सम्वन्धमा जस्तो जस्तो अद्भुत जानकारीहरू पाउँदै गए, त्यसको संग्रहको इच्छा पनि त्यतिनै प्रवल हुँदै गयो ।
यस समयसम्म चाओचिनचि र उसको अनोठौ संग्रहालय पुरै चीनमा चर्चाको विषय बनिसकेको थियो । चाओलाई अमूल्य साँचोको उपहारको रूपमा दिनेहरू कमी थिएन, चाँडैनै उसंग २० हजार भन्दा पनि बढी दुर्लभ साँचोहरू संग्रह भयो ।
यस साँचोहरू मध्ये एक सय पचास वर्षपुरानो पेरिसको साँचो रहेको छ, यस साँचोको दुवै तर्फ पेरिसका दर्शनीय स्थाल अंकित रहेको छ । यसमध्ये फ्रान्सको एक अन्य प्राचीन साँचो पनि छ । जसलाई कुनै समय मानिस अधिकारको प्रतिकको रूपमा आफ्नो औंलामा लगाउँथे, चाओको संग्रहालयको सर्वाधिक आकर्षक साँचो हो? पहेंलो रंगको एउटा सानो पित्तलको साँचो हो । यो विश्वको सबैभन्दा सानो साँचो हो, यसको लम्बाई केवल डेढ सेन्टीमिटर मात्र रहेको छ ।
एकपल्ट चाओचिनचिले इतिहास पढ्दै जाँदा उक्त पुस्तकमा एउटा यस्तो साँचोको बारेमा जानकारी प्राप्त भयो, जसको आकार फर्सर्ीीस्तो थियो, यो १३ सय वर्षपुरानो थियो तथा यसको प्रयोग थांग राजवंश कालमा गर्ने गर्दथे । चाओले उक्त साँचोको विषयमा अधिक जानकारी प्राप्त गरे पश्चात थाहा भयो कि त्यो शाही परिवारको एक बुज्रुग संग रहेछ ।
त्यो साँचो प्राप्त गर्न चाओले बुज्रग महोदयलाई पत्र लेखे र जवाफ पाउना साथ उसलाई भेट्न गए अन्ततः उसले त्यो साँचो हात पारिहाले । यस प्रकार उस्लाई मिंग राजवंशकालको एउटा साँचो तथा जापानको राममहलको साँचो पनि साथ-साथै प्राप्त भयो ।
चाओचिनचिको संग्रहालयमा यस समय देश विदेशको २० हजारभन्दा बढी दुर्लभ साँचोहरू संग्रहित छन् । यसमध्ये हजारौं वर्ष पुरानो ऐतिहासिक महत्वका तथा आधुनिक साँचो पनि समावेश छन् ।
चाओचिनचिले केही समय अघि पूर्व नानचि·मा आफ्नो साँचोहरूको एक प्रर्दशनीमा राखिएको थियो । यसमा यि सवै दुर्लभ साँचोहरूको १०० भन्दा बढी दराजहरू (शो केश) मा सजाएर प्रदर्शित गरेको थियो । यस प्रर्दशनीमा एउटा अद्भूत आकर्षण थियो, चाओद्वारा १८ वटा साँचोहरूको सहायताबाट तयार गरिएको एक अनौठो वाद्ययन्त्र ।
चाओले आफ्नो थरलाई नै संग्रहालयमा परिवर्तित गरेको छ । उसको साँचोहरूको संग्रहालय यस समय निकै ख्याती प्राप्त परिसकेका छन् । यो एक समृद्ध संग्रहालय हो, जसलाई हेर्नका लागि प्रतिदिन हजारौंको सख्यामा स्वदेशी विदेशी पर्यटक आउने गर्दछ । चाओको संग्रहालयको लोकप्रियतालाई देखेर चीनको पर्यटन विभागले यसलाई विशिष्ट दर्शनीय स्थलहरूको सूचीमा समावेश गरिसकेका छन् ।

- युवामञ्चको २०६३ पुस महिनामा प्रकाशित

No comments:

Post a Comment