शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, June 23, 2011

विवाह गर्ने चलन कस्ता कस्ता

विवाह दुई पवित्र आत्माको मधुरो मिलनको रूपमा मानिदैं आएको छ । तैपनि यो सम्बन्ध जहिले पनि सुगमतासाथ चल्छ भनेर भन्न सकिदैंन । प्राचीनकालमा विवाहलाई प्रतिस्पर्धाको रूप मानिन्थ्यो । प्रतियोगितामा विजय भएको युवक नै निश्चित कन्याको अधिकारी हुन्थ्यो । कहिले काहीं कोही व्यक्ति एकै साथ परम्परागत युद्ध गर्थे र सबैमाथि विजय गर्ने व्यक्तिले नै कन्या अपनाउने गर्थे । आजकल पनि केही देशहरूको विशेष जातिहरूमा यो परम्परा धेरै थोरै परिवर्तित रूपमा प्रचलित छँदैछ । देश विदेशका वैवाहिक प्रथाहरूमा त्यहाँको संस्कृति परम्पराहरूको खास प्रभाव पर्दछ । विवाहको भिन्न परम्पराहरू आज पनि प्रचलन आएकै छन् । यहाँ यस्तै केही अनौठो विवाह सम्बन्धी परम्पराबारे जानकारी दिइएको छ ।

त्रिचन्द्र प्रतीक्षा
      न्यू कैलिडोनियामा कन्याहरूबाट वरको चुनावको लागि स्वयंवर जस्तै एक प्रथाको चलन छ । विवाहका लागि इच्छुक पुरुषहरू एक ठाउँमा पंक्तिबद्ध रूपमा उभ्याइन्छन् र सबैको हातमा नरिवलको एक टुक्रा राखिदिन्छन् । कन्याले मनपर्ने जुन युवकको हातबाट नरिवलको टुक्रा उठाएर खान्छे, तब उसैसँग त्यसैले रीतिरिवाज अनुसार विवाह हुन्छ ।

      सिक्किमका लेप्चा आदि जातिहरूमा सगाई र विवाहको मध्यको अवधिमा वरले आफ्नो सासु र ससुराको सामु सेवा गर्नुपर्दछ । यदि सासु-ससुरा उसको सेवाबाट सन्तुष्ट हुन्छन् भने निश्चित तिथिमा विवाह सम्पन्न हुन्छ, अन्यथा हुँदैन ।

      तिब्बतको पश्चिमी भागका केही वासिन्दाहरूमा विवाह भन्दा केही दिन अगाडि वधू पक्षका मानिसहरूद्वारा वर तथा वर पक्षका मानिसहरूलाई खुब पिटाइ गरिन्छ । जुन पिटाइमा लठ्ठी, डाडु, लात्ती, मुड्की आदिको प्रयोग गरिन्छ । वर पक्षकाले सो पिटाइलाई चुपचाप सहनु पर्दछ, तव मात्र वरलाई वधूको जिम्मा लगाएर पठाइन्छ ।

      भारतकै गोन्डो जातिको विवाह हुने अघिल्लो दिन युवा-युवति कुनै नदी वा तालमा जान्छन् । त्यहाँ उनीहरू एकअर्कामा हिलो फ्याँक्ने गरिन्छ र सोही हिलोले नै केटाले केटीलाई र केटीले केटालाई नुहाइदिने गर्दछ, एवं प्रकारले दुर्इको विवाह हुने गर्दछ ।

      पोलिनेशियनद्वीपको ताहिनी भन्ने स्थानको कबायली जातिहरूमा विवाह पूर्व इश्वरसँग स्वीकृति लिने गरिन्छ त्यसका लागि वधूको घरको आँगनमा पूर्वजहरूको हड्डिहरू र खोपडी टाँगिन्छ, सबैभन्दा आर्श्यर्चको कुरा त यो छ कि वधूका सम्बन्धित व्यक्तिहरूले 'शार्क’ माछाको दाँतले अनुहारमा कोतारिन्छ र अनुहारबाट रगत निस्कन्छ, सो रगत जम्मा गरेर वधूको खुट्टा राख्ने गर्दछ ।

      नाइजेरियामा युवकले आफूलाई मनपर्ने कन्याको सामु विवाहको प्रस्ताव उठाउँछन्, तैपनि सम्बन्धमा बाँध्नु भन्दा अगाडि उसले आफ्नो वीरताको प्रर्दशन गर्नुपर्दछ । निश्चित तिथिमा उसलाई आफ्नो नाँगो पिँठ्यू माथि कन्या पक्षका मान्छेहरूले कोर्रर्ाागाउँछन् । यदि उसले मुखले 'ऐया’ भन्ने शब्दको सार निकाल्यो भने कायर सम्झन्छन्, अन्यथा त्यो विवाहको अधिकारी सम्झन्छन् ।

      त्यस्तै जापानमा यदि कुनै युवक कसैको घरमा चियाको लागि आमन्त्रित भयो र त्यहाँ कुनै युवतीले उसलाई मन पराइछ भने त्यस युवतीले चियाको कचौंरा ऊ सामु बढाएर आफ्नो इच्छा व्यक्त गर्दछे र यदि युवकले पनि स्वीकार गरेर चिया पिउँछ भने विवाहको कुरा पक्का सम्झन्छन् ।

      स्कटल्याण्डको केही भागमा वधूकी आमाले आफ्न भावी ज्वाइँलाई ठूला ठूला नूनका डल्लाले प्रहार गर्छिन् । अझ आर्श्चर्यको कुरो के छ भने त्यसरी नूनको डल्लाले हान्दा ती डल्ला वरको टाउकोमा लागेर फुट्नु पर्दछ । अनि मात्र विवाह निश्चित मानिन्छ ।


      यस्तै स्कटल्याण्डकै कुनै कुनै ठाउँमा (दक्षिणी भागमा) मात्र वर तथा वधू पक्षहरूद्वारा चामल र गहूँको एक केक तयार पारिन्छ, जसमा वर तथा वधू दुवैको हातको औंला काटेर रगत मिसाइएको हुन्छ । विवाह भोजमा दुवै वर वधूले सवैको अगाडि रगतले बनेको उक्त केक खानु पर्दछ । यस्तो गर्नाले वर-वधूमा आजीवन प्रेम रहिरहन्छ भन्ने मान्यता रहेको पाइन्छ । सोराजको जार जातिमा एघार वर्षा एक दिन सामुहिक विवाह सम्पन्न गर्दछन् । त्यसदिन साना-ठूला सबै आयुका नाबालकक वा युवकहरू सबैको विवाह गरिदिने चलन रहेको छ ।

      हंगेरीमा कुमारीहरू एक हातामा भोजन, दोस्रो हातमा फूल लिएर खेतमा जान्छन् र आफूलाई मनपर्ने युवकलाई भोजन खुवाउँछन्, युवकले भोजन स्वीकार गरिसकेपछि मीठो रोटीको टुक्रा चपाएर अन्तमा केटीलाई दिन्छ भने विवाहको कुरा पक्का भएको मानिन्छ ।

      अफ्रिकाको दक्षिण भागमा बसोवास गर्ने कही जातिहरूमा विवाहको लागि इच्छुक युवकले एक्लै विशाल साँढेसँग युद्ध गरेर त्यसलाई कब्जामा लिनसक्नु पर्दछ । साँढेसँग युद्ध गर्दा युवकहरू घाइते पनि हुन्छन् । तर पनि उसले युद्ध गरिरहनु पर्दछ तब मात्र युवकलाई विवाहको योग्य मानिन्छ ।

     यस्तै विवाह प्रथामा अफ्रिकाकै केही आदिम जातिहरूमा वरले शेरको शिकार गरेर आफ्नो शक्तिको प्रर्दशन गर्ने गर्दछन्, जसले शेरको शिकार गर्दछ, त्यसले विवाह गर्न सक्नेछ । न्यूगिनीमा कन्याले युवकलाई आफ्नो हातले पान खुवाए पछि मात्र विवाह सम्पन्न हुन्छ । जबकि प्राचीन रोममा मीठाई खुवाएर वर-वधूलाई दाम्पत्य जीवनमा प्रवेश गराइन्छ ।

      एस्किमो कन्याको स्वभावमा लज्जालुपन हुन्छ, तैपनि विवाहको समयमा क्रोधपूर्ण अभिनय गर्नुपर्दछ र त्यो केटीले गर्दछ । केटी वरलाई देख्दा साथै चिच्याएर दौडन्छे र शिरको घुम्टो खोलेर क्रोधको प्रदर्शन गर्दछे ।

      बाली द्वीपमा विवाह गर्न योग्य युवतिहरू फलफूल, मिठाई, रोटी आदिलाई पसल जस्तै सजाएर सडकको किनारा वा मन्दिरको अगाडि बस्न जाने गर्दछ । विवाह योग्य युवाहरू आएर युवतिको अगाडि बस्न आउने गर्दछ । मनपर्ने युवा-युवतिहरू बीच एकआपसमा कुराकानी शुरू हुन्छ, युवतिले मनपर्ने युवकलाई त्यति मिठाई र फलफूल खुवाएर विवाह गर्ने गर्दछ ।

      अरबको सिनाई क्षेत्रमा युवतिहरू युवकबाट विवाहको प्रस्ताव आउने बीत्तिकै क्रोधित स्वभाव प्रर्दशन गर्दछन् । युवक माथि एक प्रकारको बाजा फ्याँक्छन् र कहिले काहीँ दाँत किटेर चर्को स्वरले चिच्याउँने गर्दछन्।

      यस्तै दक्षिण भारतमा पनि कोरक नामको एक जातिमा कन्यालाई मनपर्ने युवकसँगै १ वर्षम्म राखिन्छ, यस अवधिमा यदि कन्या गर्भवती भई भने मात्रै विवाह गरिदिन्छ । अन्यथा त्यस युवकलाई नपुंसक मानेर निष्काशित गरिदिन्छन् । त्यस्तो युवकलाई विवाहको योग्य मानिदैंन ।
- गोरखापत्रको शनिवारमा २०६३ माघ ६ मा प्रकाशित

No comments:

Post a Comment