शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, June 22, 2011

के मा कति पानी ?

-त्रिचन्द्र प्रतीक्षा
हरेक प्राणीको शरीरमा पानी निश्चित मात्रामा रहेको हुन्छ र रहनु पनि पर्दछ । एक स्वस्थ्य मानिसको शरीरमा औसत ६५ प्रतिशत पानी हुन्छ । यदि मानिसको शरीरमा भएको पानीको यस मात्रामा १२ प्रतिशतसम्म मात्र कमी भएमा त्यो व्यक्ति जीवित रहन सक्दैन । हेर्दा ठोस र कडा जस्तो लाग्ने हाम्रा हड्डीहरूमा २२ प्रतिशत, हाम्रो दाँतहरूमा १० प्रतिशत पानी हुन्छ । दाँतको कोशिकाहरूमा पानीको मात्रा सबैभन्दा कम हुन्छ । यसैले शरीरका अन्य भागहरूभन्दा दाँत कोशिकाहरू र्सवाधिक कडा हुन्छन् । हाम्रो छालामा २० प्रतिशत, मस्तिष्कमा ७४.५ प्रतिशत, मांसपेशिहरूमा ७५.६ प्रतिशत, दिसामा ८२.७ प्रतिशत र रगतमा ८३ प्रतिशत पानीको मात्रा हुन्छ ।
त्रिचन्द्र प्रतीक्षा
शरीरमा भएको पानीको मात्रा लिंग र स्वास्थ्य अनुसार घटी-बढी हुने गर्दछ । स्त्रीहरूको शरीरमा हरेक पुरुषहरूको तुलनामा पानीको मात्रा कम हुन्छ किनभने स्त्रीको शरीरमा यस्तो बोसो कोशिकाहरूको मात्रा अधिक हुन्छ, जसलाई पानी प्रिय लाग्दैन । एक जवान युवा पुरुषमा त्यसको कूल वजनको ६५ प्रतिशत पानी हुन्छ भने एक जवान स्त्रीको शरीरमा उसको कूल वजनको ५२ प्रतिशत मात्र पानी हुन्छ । त्यस्तै पानीको यो मात्रा पुरुषहरूमा ५४ देखि ७० प्रतिशत र स्त्रीहरूमा ४५ देखि ६० प्रतिशतको बीच पनि हुन सक्दछ । कमचोर व्यक्तिको शरीरमा पानीको मात्रा उसको कूल वजनको ७० प्रतिशत हुन सक्दछ ।



उमेरको वृद्धिसँगै शरीरमा पानीको मात्र किन घट्दछ ?
शरीरमा भएको पानीको यो मात्रा उमेरको वृद्धिसँगै घट्दै जान्छ । बूढाहरूको अपेक्षा युवाहरूलाई र युवाहरूको अपेक्षा बालकहरूलाई धेरै पानीको आवश्यकता पर्दछ । नवजात शिशुको शरीरमा त पानीको मात्रा ७५ देखि ८० प्रतिशतसम्म हुन्छ । यसैले शिशुहरूलाई दूध खुवाउनु अघि पानी खुवाउनु पर्दछ । खासगरी गर्मीमा यस्तो गर्नु धेरै जरुरी छ । वृद्धाहरूको शरीरमा अन्यको अनुपातमा पानीको कमी केवल पाँच प्रतिशत मात्र हुन्छ । यसैको कारण बच्चाहरू र युवाहरूको छालामा जुन चमक रहन्छ, त्यो वृद्धाहरूको छालामा हुँदैन ।
मानव शरीरमा पानी दुई रुपमा रहेको हुन्छ । एक कोशिकाहरूको भित्र र दोस्रो कोशिकाहरूको बीचमा । शरीरमा रहेको कुल पानीको पाँचौं भाग त हाम्रो रगतमा हुन्छ । भिन्न-भिन्न व्यक्तिहरूमा पानीको प्रतिशत अलग-अलग हुनुको कारण के हो भने जसको शरीरमा बोसोको मात्रा जति बढी हुन्छ, पानीको प्रतिशत त्यति नै कम हुने गर्दछ ।
रगतमा पानीको मात्रा कहिले कम हुन थाल्छ ?
औसत एक वयस्क व्यक्तिको शरीरमा ३५ देखि ४० लिटर पानी सधैं बनिरहेको हुन्छ । प्रतिदिन हाम्रो शरीरबाट कमसेकम २.३ देखि २.८ लिटरसम्म पानी विभिन्न बाटो भएर बाहिर निस्केर जान्छ । जो व्यक्ति धेरै पानी पिउँदछ, त्यसको शरीरबाट प्रतिदिन मलमूत्र र पसिनाको रुपमा धेरै पानी शरीरबाट बाहिर निस्कन्छ, जसबाट रगतमा पानीको मात्रा कम हुन थाल्दछ । यस्तो हुनासाथ मस्तिष्कको जल आपूर्ति केन्द्र ''हाइपोथैलेमस'’ मा संकेत पुग्दछ र हामीलाई प्यास लाग्ने गर्दछ । हाम्रो शरीरबाट बाहिर निस्कने पानीको पूर्ति केही हदसम्म खानामा रहेको पानीद्वारा हुने गर्दछ, किनभने हाम्रो खाद्य पदार्थहरूमा पानी बढी मात्रामा हुने गर्दछ । दूध, फलफूल, साग-सब्जी आदि खाद्य पदार्थहरूमा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्म पानी नै रहेको हुन्छ ।
कसले कति पानी पिउनुपर्दछ ?
शरीरलाई चाहिने पानीको मात्रालाई मौजूद बनाइराख्नका लागि एक वयस्क व्यक्तिले सामान्य परिस्थितिमा दिनहुँ लगभग साढे दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्दछ । गर्मी मौसममा हाम्रो शरीरलाई पानीको जरुरत बढ्ने गर्दछ, किनभने ती दिनहरूमा पसिनाको रुपमा शरीरबाट बढी पानी निस्केर जान्छ । गर्मी मौसममा एक जवान व्यक्तिले प्रतिदिन लगभग चार लिटर पानी पिउनुपर्छ । गर्भवती महिलालाई पनि थप मात्रामा तरल पदार्थको जरुरत पर्दत । गर्भवती महिलाको साथै जो महिला बच्चालाई स्तनपान गराउँछिन्, तिनलाई पनि आफ्नो शरीरमा दूधको पर्याप्त मात्रा बनाइराख्नका लागि पानी अथवा तरल पदार्थको बढी मात्रामा सेवन गर्नुपर्छ ।
युवामञ्चको २०६४ वैशाख अंकमा प्रकाशित

No comments:

Post a Comment