शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, June 22, 2011

दाम्पत्य जीवन र तनाव -त्रिचन्द्र प्रतीक्षा


दाम्पत्य जीवन एक गहन जिम्मेवारी र सम्बन्धको नाम हो । जसलाई सफलतापूर्वक निभाउनको लागि पति पत्नी दुवैमा आपसी समझदारी र सहयोगको नितान्त आवश्यक हुन्छ । पति पत्नि बीच एक अर्कोमा विश्वासको भावना, सहनशीलता र एक अर्कोमा इमान्दार र समर्पित भएर नै आफ्नो पारिवारिक दाम्पत्य जीवनलाई सुख शान्ति र आनन्दमयीका साथै सफल बनाउन सकिन्छ ।
आजको युगमा महिलाको स्थितिमा निकै परिवर्तन आइसकेको छ । आज महिला पनि शिक्षित छिन्, आर्थिक एवं अन्य सबै कुरामा पुरुष सरह आत्मनिर्भरका साथै सक्षम छिन् । तर पति पत्नी दुवैमा सहनशीलताको भावनामा कमजोर आएका छन्, जसले गर्दा स-साना कुरामा पनि पति पत्नी बीच तँ तँ र म म का साथ झगडा एवं बैमनस्यता शुरु हुन्छन् । दुवैले आफ्ना गल्तीलाई स्वीकार गर्दैन जस्ले गर्दा वैमनस्यता र झगडा अन्त हुनुको सट्टा बढ्दै जान्छन् । एकान्त र एक्लो भएको बेलामा दुवैले अनावश्यक नानाथरीका कुरालाई मनमा खेलाएर मनलाई झन तनावग्रस्त पार्दछन् । समयको साथ साथै तनाव र वैमनस्यता बढ्दै जानुका साथै सम्बन्धको दूरी पनि बढ्दै जान्छ । जस्को फलस्वरुप पछि गएर असहनीय तनावको कारण सम्बन्ध विच्छेदसम्म पनि गर्न पुग्दछन् ।
त्रिचन्द्र प्रतीक्षा
दाम्पत्य जीवन भनेको विश्वास र एक अर्कोमा समर्पित हुनु हो । जीवनको गोरेटोमा थुप्रै त्यस्ता मोडहरू आउन सक्छन्, जहाँ समझदारी र सम्झौताको आधारमा चल्नुपर्ने हुन्छ । वैवाहिक जीवनमा सफलता र सामञ्जस्य ल्याउनको लागि पति र पत्नी दुवैले एक अर्काको लागि धेरै कुराहरूको त्याग र स्वीकार गर्नुपर्ने हुन्छ ।
सबै व्यक्तिको स्वभाव र सोचाइ फरक हुन्छन् । एक अर्कामा पूर्ण रुपले मिल्नु नै पर्दछ भन्ने हुँदैन । यस्तो अवस्थामा पति र पत्नीको मानसिकता, भावनाहरू र आकांक्षाहरू दाम्पत्यको रुपमा एकिकृत भयो भने मात्र दाम्पत्य जीवन सफल र सुखमय हुन्छ साथै पति पत्नी दुवैले आफ्नो अह्म भावना त्यागी एक आपसमा समझदारीपूर्ण प्रयास र व्यवहारमा ल्याउन सकेको खण्डमा पति पत्नी दुवैको लागि हितकर नै हुन्छन् ।
विवाहको उद्देश्य पति पत्नी बीच बढी भन्दा बढी समानता र सम्बन्ध कायम गराउनु हो । यसकारण दुवैले एक अर्काको स्वभाव प्रवृति र रुचीहरू बारे सम्झन र जान्ने प्रयास गर्नुपर्दछ ।
विवाह पछि पति पत्नी बीचमा एक अर्का प्रति अधिकारको भावना जगाउन थाल्दछन् । यद्यपि अधिकारको भावना आफ्नोपन र प्रेमको सूचक हो तर जव यस अधिकारको भावनाले एक अर्कामा लाड्ने कार्य हुन्छन्, तब पति पत्नी बी वैमनस्यताको जन्म हुन्छन् । सफल दाम्पत्य जीवनको लागि आपसी सम्बन्ध सौहार्दपूर्ण हुनु अत्यावश्यक छ । प्रेम एउटा भावना हो, अनुभूति हो । प्रेमको धरातलमा नै सफल दाम्पत्य जीवनको जग मजबूत र बलियो पार्न सकिन्छ । कहिले काहिँ पति वा पत्नीले आफ्नो स्वभाव अनुसार एक अर्काको त्रुटीहरू होच्याएर प्रस्तुति गरी एक अर्कालाई सानो र तुच्छ बनाउने र देखाउने प्रयास गर्दछन् । कसैमा बढी र कसैमा थोरै दोष तथा त्रुटी त हुन्छन् नै तर समझदार दम्पतीले एक अर्काको त्रुटीहरू खोज्नु र देखाउनुको सट्टा
एकअर्काको राम्रो कुराहरूलाई अंगाल्ने प्रयास गर्ने गर्दछन् जुन सफल दाम्पत्य जीवनको सफलताको सुचक पनि हो ।
धेरै जसो पति पत्नी बीच भौतिक सुख र सुविधाको लागि पनि तनाव र वादविवाद हुन्छन् । यसकारण पति पत्नी दुवैले आफ्नो आर्थिक स्थितिलाई दृष्टिगत गरी मात्र आफ्ना भौतिक चाहनाहरू पूर्तिका लागि कार्य गर्नुपर्ने हुन्छन् ।
पति पत्नीको सम्बन्ध कायम गर्नु जतिको सजिलो छ, त्यसलाई निभाउनु उत्तिकै गाह्रो र कठिन छ । यसकारण दाम्पत्य जीवनमा तनाव वैमनस्यताको स्थिति आउन, नदिनको लागि पति र पत्नी दुवैको र्सार्थक प्रयास हुनु जरुरी छ ।
२०६६ मंसीर १२मा कान्तिपु्र साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment