जीवनको अन्तिम उपहार ‘मृत्यु’!
पहिरो, भेल बाढीसँगै जिन्दगीका अनगिन्ती
जोखिमपूर्ण यात्रा गर्दै
भिरको छेउमा उभिएर
खस्न ठिक्क परेको छ सास
उर्लिएको हृदयका अनगिन्ती
रहरका छालका तरेली
जम्न बाध्य छ एकै ठाउँमा
ओस लागेको छ सपनामा
गुम्दैछ जीवन
छुट्दै छ साथ
आफ्ना र आफन्तहरूसँग
बाँचुन्जेल दया, स्नेह र आत्मियतामा
लागिरह्यो दनदनी आगो
दम्भ र घमन्डको तातोले
दिएन निभाउन
मडारिएर आउँछ काल
आँखै नहेरी झुन्ड झुन्ड
जिजीविषालाई सर्लक्कै निल्दछ
उमेर समय परिस्थिति हेर्दैन
परिवेश देख्दैन
अनिश्चितकालीन यो स्वास
घुमिरहेको जीवनचक्र
जीवनको भकारीमा
सिञ्चित भएको असीमित आकांक्षा
अज्ञात समयमा
नतोकिएको जिन्दगीको आयुमा
ईर्ष्या र द्वेषको पोखरीमा
डुबिरहेको यो जीवन
स्वीकार्न बाध्य हुनुपर्छ
हेर्न समयले देखाएको ताण्डव
पर्यावरण उल्टो हुँदैछ
पंक्षी हिड्न थालेका छन्
जनावर उड्न थालेका छन्
हिउँ बग्दैछन् पानी जम्दैछन्
अचेत छ घडी
चर्को घाम छ तर
निष्पट्ट अन्धकारको बाटो गर्दै
टाढिदै गरेको प्राण
अनुभूति गर्न छोड्दैन
मृत्यु शैय्याबाट
जीवनभर कुन अजम्बरी
प्रमाणपत्रको आशामा अहम् र दम्भको अमृत पिउछौं तैपनि उपहारमा मृत्यु नै पाउछौं मृत्युलाई जित्ने समयलाई रोक्ने बितेको पललाई फर्काउने या सच्याउने शक्ति न हिजो थियो न कहिले हुनेछ स्विकार्न गाह्रो हुने शाश्वत सत्य हो अन्त्य कारण त बस्, बहाना मात्र हो जन्मदै लिएर आएको उपहार हो मृत्यु !

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment