शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 19, 2024

कमल थुलुङको कविता


 मेरो शहर

-कमल थुलुङ

मुस्कानबिनाको मेरो शहर उत्पीड़नको भाग लगाएर हाँस्न चाहनेहरू..... सुकिलो सपनाको प्रमाण-पत्र हराएर हिँड़्दैछन् साँझ-बिहान ठूला-ठूला आकाङ्क्षाका हत्केलाहरू थापेर । बाँचिरहेछन्, भोलिको मीठो सपना सोचेर दुनियाँको हाँसोमा आफू हाँसी दिनुपर्ने मेरो शहर.... क्याक्टसको सुक्खा हाँसोजस्तो विकल्पबिनाको मेरो शहर एक कप चियाको मूल्यमा मुस्कान साँच्ने मेरो शहर कति रुग्न शहर, यो के शहर.... आँखाको डील डीलमा आँसुलाई बास दिएर हाँस्नुपर्ने मेरो शहर आकाङ्क्षाको प्यारापिडमा सुत्दै हिँड़्छन्.... चोक र चौरास्तामा सपना देखेर एक चोक्टा सहानुभूति फ्याँकेर भोलिको आशामा आजको भाकल राखेर मेरो शहर, हिँड़्दैछ मेरो शहर मेरो शहर एकाग्रता बिलिएको विवशता पखालिएको मेरो शहर एउटा क्यालेण्डर हिँड़ेको शहर एउटा रित्तो रिक्सा हिँड़ेको शहर ।

-दलसिंगपाड़ा डुवर्स

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment