शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 19, 2024

विक्रम तिरुवा सलिनको कविता



के बाँकी छ !?


- विक्रम तिरुवा सलिन    


जिन्दगी धुमधाम भइसकेको छ
गरेको प्रेम गुमनाम भइसकेको छ
के बाँकी छ र? भिडबाट लडिसकेँ म
जिन्दगी बेकार हुने काम भइसकेको छ
के बाँकी छ !?

शरीरमा सास बाँकी छ
तर अब खै मेरो म स्वयंलाई के आस बाँकी छ ‍?
भत्किएको छ सपनाको घर
केवल मसानघाट जस्तो देखिने घरको जग बाँकी छ !

शरीर ढल्न बाँकी छ
चितामा आगो बल्न बाँकी छ
जमिनमुनीको जरालाई क्यान्सर लागेर कुहिएको छ
दुनियाँ मलाई अझ भन्छ यो बोट फल्न बाँकी छ !

प्रिया ! अब यही बाँकी छ
तिम्रो सराप लागेर मेरो लास,
चितामा जल्दै गरेको र,
आकाशमा उड्ने त्यो कालो धुवाँ,
तिमीले देख्न बाँकी छ !

तिमीलाई आफ्नो सम्झिएर गरेको प्रेम
तिमीले यसरी लत्याइ दियौं
अब मसँग तिमीले दिएको घात बाँकी छ !

जसको भलाइको निमित्त
मैले भलाइका युद्धहरु गरेँ
ती युद्धहरु जसको लागि सुहाएनन्
बरु उल्टै चरित्रहत्या गर्न खोजेको भन्दै
अपराधी जस्तो गरेर कारागारका
कैदीले पाउने सजायभन्दा पनि बढी आरोप लाग्छन् मलाई !

अब पाउन के बाँकी छ आखिर ?
नपाउने चिज पाएको मान्छे हुँ
संसारका थुप्रै चिजहरुमध्ये सायद सबै पाइसकेँ
अब पाउन बाँकी थोरै चिजहरु छन्
जसलाई मैले चाहेर पनि पाउन सक्दिनँ
खुसी !
सुख !

र, मैले पाएको चिजहरु
प्रेममा घात, दु:ख, गरिबपन ! आदि इत्यादि
मैले पाएका चिजहरुलाई म लेखेर भ्याउन सक्दिनँ
भनेर भन्न सक्दिनँ
देखाएर देखाउन सक्दिनँ
बस् प्रश्न मैमाथि छ
के बाँकी छ !?

*********

 मलाई मन छैन !


कुनै राजनीति दलको
आडमा रहेर ठूलो बन्नु  छैन् मलाई
शक्तिशाली बन्न  मन छैन् मलाई ।

मलाई बन्न मन छ
देशको स्वतन्त्र नागरिक
बरु गर्न पाउँ  सधैँ यो देशको सेवा
खेल्न पाउँ नेपाली माटोमा
हिड्न पाउँ भिरपाखा र,
डाँडाकाँडाहरुमा ।

जनताको रगत पसिना लुटेर,
तिमीले जस्तै महल बनाउन मन छैन मलाई ।
देश बनाउँछु भन्दै सोझासाझा
जनताहरुलाई ठग्ने मलाई मन छैन ।
जन्मदिने आमाको कसम खाएर
नालायक सन्तान हुन मलाई मन छैन ।

बरु,
हिमाल, पहाड, तराईसँग साइनो
लगाउन मन छ मलाई
लालीगुराँस जस्ता रङ्गीबिरङ्गी फूलहरुको
सुगन्ध मनपर्छ मलाई ।
किनकि ती फूलहरुबाट कहिल्यै
भ्रष्टाचारीको, देशद्रोहीको गन्ध आउँदैन् ।

मलाई गर्व गर्न मन छैन
म यो पार्टीको हुँ भनेर,
मेरो पहुँच यहाँसम्म छ
त्यहाँसम्म छ ।

त्यसको साटो मलाई
मेरो जिम्मेवारी पूरा गर्न मन छ
कपुत हुन मलाई मन छैन
भ्रष्ट भएर परिचित हुन मलाई मन छैन
मलाई मन छ यो देशको एक सच्चा नागरिक हुन ।

-जुम्ला


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment