शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, January 20, 2024

कविता संसार मासिक अङ्क ६ (सम्पादकीय)

 सङ्घर्षपूर्ण यात्रा

एक माघले मात्र जाडो जाँदैन भने भनाइ छ । जाडो क्रमशः बढ्दै गर्दा कोरोनाका विभिन्न भेरिएन्टले छोप्न खोज्छ । यसले पनि मानिसहरुलाई अप्ठ्यारो पारेको छ । यति मात्र हैन, यसले मानिसको ज्यान लिएको खबर सुन्नमा आएको छ । बेलैमा सचेत हुन र बच्नका लागि खोप लगाउने र मास्क लगाएर हिड्नु पर्छ । हुन त खोपबाट के कस्तो असर र प्रभाव पार्छ । त्यसबारे कुनै परिक्षण भएको देखिदैन ।

यसै कोरोनाले गर्दा आज विश्वको आर्थिकस्तर शिथिल र नाजुक भएको देखिन्छ । यसबाट अझै माथि उठ्न सकेको छैन । हरेक मानिसलाई आज पनि साह्रो–गाह्रो परिरहेको छ । देशमा हिजो उत्पादन हुने वस्तुहरुसमेत आज आयात गर्नु परेको छ । हरेक वस्तुका लागि अरुमाथि भर परेपछि कसरी देशको आर्थिकस्तर उठ्छ होला ?

जबसम्म आर्थिकस्तर उठ्दैन, हाम्रो जीवनस्तर कसरी सुदृढ होला? हिजो निर्यात गरेका वस्तुसमेत आज आयात गर्नुले हाम्रो परनिर्भरतामाथि प्रश्न उठ्न थालेको छ । यिनै प्रश्नले हामीलाई कहिलेसम्म लखट्ने हो त्यो निकै सोचनीय विषय भएको छ ।

कविता संसारका हरेक अङ्क यस्ता प्रश्नहरुले घेरिएको हुन्छ । यसको सटिक जवाफ कहिले फेला पर्ने हो, त्यो भविष्यले एकदिन बताउने नै छ । जसले समयको हरेक प्रश्नलाई पछ्याउने छ र त्यसको गतिलो जवाफ लिएर आउने छ । यस प्रति हामी आशावादी छौं ।

 अङ्क ६ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment