पहाड र बादल
-मिरमासुनसान कोठाको
झ्यालबाट सधैं
हेरिरहन्छु म
एउटा पहाडलाई
मलाई आफू त्यो पहाड
जस्तो लाग्छ
म जस्तै पहाड पनि
बसिरहन्छ सधैं एकै ठाउँमा
कोठाको एक कुनामा
ह्विलचेयरमा ढसमस्स
बाहिरी संसारदेखि अनभिज्ञ
म बसेजस्तै
झ्यालबाट मैले चिहाउने संसारको अधिपति हुन् पहाड र बादल बेलाबेलामा आकाशमा देखिन आउँछन् चराका हुल आक्कलझुक्कल देखिन्छन् केही विमान अग्ला अग्ला घरहरूले छेकिदिएका छन् झ्यालबाट मैले नियाल्न सक्ने बाँकी संसारलाई म पहाडलाई हेर्छु पहाड अहँ मलाई देख्दैन बेलाबेलामा बादलका थुप्रा आइपुग्छन् पहाडलाई जिस्काउन शृङ्गार बनिदिन्छ बादल कहिले गहना बनिदिन्छ पहाडको कहिले जिस्काउँदै ढेस्सिएर बसिदिन्छ आडमै ढाकिदिन्छ कहिले पहाडको मुखै छेकिने गरी लम्पसार परेर कहिले पहाडमाथि सुतिदिन्छ हात तान्दै पहाडको नाँचिदिन्छ उड्दै उड्दै घुम्न जाउ न भन्छ आकाशको गाउँ गरिरहन्छ कर बारम्बार विचरा पहाड कहिलेदेखि कुँजिएर बसेको छ एकै थुुप्रो बनेर प्यारालाइसिसले उठ्न सकेको छैन बादल जिस्काउन आइरहन्छ पहाडलाई तर हरेक पटक जिस्काएर जान्छ मेरो लाचारीलाई बादललाई के थाहा पहाडको पीडा पहाडलाई थाहा होला मेरो दुःख ? कहिले ठुस्किएर मायालु रिसाए झैं बोल्दै नबोली गइदिन्छ बादल रिस भुली सबै एकै क्षणमा फेरि आइहाल्छ पहाडसँग जिस्किन म कहिले बादल बनिदिन्छु कहिले पहाड बनेको कल्पना गर्छु आकाशको माथि माथि उडिरहने बादललाई हेरेर अटल अडिग पहाड रमोञ्चित भइरहन्छ ती दुईको चर्तिकला देखेर मेरो मनमा काउकुति लाग्छ कोठाभित्र एक्लै रमाइरहन्छु कुनै बादल नआउँदा रुन्छ पहाड दुःखिरहन्छु म पनि आफूसँग बेला बेलामा जिस्किन आइरहने बादलसँग पहाड कहिले रिसाउँदैन बादल नै नहुँदो हो त कति निरस हुन्थ्यो होला पहाडको जीवन झ्यालबाट पहाड र बादल पनि नदेखिँदो हो त कति निरस हुन्थ्यो होला मेरो जीवन मेरो निरस जीवनको ‘एड्भेञ्चर’ हो पहाड र बादल मलाई आफू त्यो पहाड जस्तो लाग्छ ।

No comments:
Post a Comment