शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, December 22, 2023

कमला रानाका दुई कविता

 धैर्य नै धर्म, भक्ति नै शक्ति

-कमला राना

हर रात तिम्रो यादले बित्छ आशाले ब्युझन्छ हर बिहानी । हर पल तिम्रो नामले जप्छ मन उजेलिन्छ बनेर ज्ञानी ।। धैर्यलाई धर्म सम्झन्छु सधैं पर्खाइमा रुझेनी ती सिरानी । भय र भक्ति पुकारेर होला मन निखारिन्छ बनेर ज्ञानी ।। भक्तिमा छ शक्ति तिम्रै मायाको बिलिन्छन लोभी आँखा लाउनी । आत्तिनन् यो आत्मा अजिबको मन तिखारिन्छ बनेर ज्ञानी ।। झिलीमिली संसार रमझम उर्लेलान् खहरे झै जवानी। जोगिनु स्वार्थी लिसोहरुस‍ँग मन उजेलिन्छ बनेर ज्ञानी ।।

*****************

शब्द शक्ति शब्दमै छ सबैथोक शब्दमै ज्ञान गुञ्जन शब्दमा छ शक्ति नयाँ शब्दमै अतिरञ्जन, शब्दमै छ जीवन गीत शब्दमै चिरनूतन शब्दमा सुरताल हुन्छन शब्दमै प्रेमरञ्जन ।
शब्दमै छ संगीत सारा आरती भक्ति वन्दन शब्दमा ब्रह्माण्ड घुम्छ शब्दमै स्वरनन्दन, शब्दमै ममता छ मीठो शब्दमै आत्मरन्जन शब्दमै सपना आशा छ शब्दमै अभिनन्दन । शब्दमै भर पोषण छ शब्दमै अड्दछ मन
शब्दमै मागिन्छ माया शब्दमै खुल्दछ तन, शब्दमै छ लालित्य नयाँ शब्दमै छ रोदन शब्दमै पालुवा प्युरी छ शब्दमै नवयौवन ।
गोरखा , बिरिन्चोक

No comments:

Post a Comment