-त्रिचन्द्र प्रतीक्षा
नेपालमा मात्र खेलिने हात्ती पोलोविश्वकै अद्भूत र अनौठो मानिने खेल ‘हात्ती पोलो’ नेपालमा मात्र खेलिन्छ । हात्ती माथि बसेर ‘टि’ आकारको लौरोको सहाराले सानो बललाई हिर्काएर एकले अर्कोको गोलपोष्ट तर्फ हिर्काएर खेलिने हात्ती पोलो खेल चितवनको मेघौलीमा मात्र खेलिन्छ ।
विश्वभरिमै अद्भूत र अनौठो मानिने यो खेल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर ट्रप्स होटेलको व्यवस्थापनमा विश्व हात्ती पोलो संघले सन् १९८२ देखि गर्दै आएको छ ।
हरेक वर्ष विश्वकप हात्ती पोलोको आयोजना गरिन्छ र यसमा विभिन्न राष्ट्रहरुले भाग लिने गर्छन् ।
विश्वकै अग्लो स्थानमा मन्त्रिपरिषद्को बैठक
जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण हिमालयको हिउँ पग्लिदै गई पर्वतीय देशहरुमा निकै ठूलो असर परेकोले त्यसबारेमा सचेत गराउन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरस्थित कालापत्थरमा ५,२५० मिटर (१७,१९२ फिट) को उचाईमा सन् २००९ डिसेम्बर ४ का दिन मन्त्रिपरिषद्को बैठक सम्पन्न गरे । सो बैठकले हरितगृहग्यास उत्सर्जनमा कटौती गरी बिग्रँदो वातावरण सुधार गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल लगायत २२ जना मन्त्रीहरुको सहभागि भएका सबै जनालाई अक्सिजनको सिलिण्डर दिइएको थियो भने ती सबैलाई हेलिकेप्टर मार्फत् कालापत्थर पुर्याइएको थियो ।
हालसम्मकै सबैभन्दा बढी उचाईंमा बसेको यो नै पहिलो सरकारी स्तरको बैठक हो ।
विश्वकै सबैभन्दा धेरै बालुवा बोकेर ल्याउने कोसी नदी
करिब ७२० किलोमिटर लम्बाई भएको सप्तकोसीको निर्माण सातओटा सहायक नदीहरु– अरुण, तमोर, दूधकोसी, तामाकोसी, सुनकोसी, लिखु, इन्द्रावती जस्ता नदीहरुको मिश्रणबाट भएको पाइन्छ ।
पूर्वका कञ्जनजङ्घा हिमालदेखि पश्चिममा लाङ्टाङ् हिमाल बीचको भू–भागलाई कोसी नदीको उद्गम क्षेत्र मानिन्छ । कोसी नदीले पूर्वी नेपालको प्राय जसो भू–भाग अर्थात् करिब ३,३०० वर्ग कि.मी. भूमि सिञ्चिएर बगेको कोसी नदीको सिरान ७०० मिटर भन्दा माथिको उचाईमा पर्दछ । यस नदीको कुल बहाव क्षमता १५६४ क्युविक मिटर प्रतिसेकेण्ड भएपनि नेपालमा भने ५० प्रतिशत जति पर्दछ ।
वश्वकै अग्लो स्थानमा अवस्थित वैज्ञानिक अनुसन्धान केन्द्र

सन् १९९० देखि यो Lab ले अन्तर्राष्ट्रिय वैज्ञानिक समाजलाई वातावरण मौसम तथा भूगोलको बारेमा अध्ययन गर्न टेवा पुर्याउँदै आइरहेको छ । भने यसले ग्रामिण हिमालीय क्षेत्रमा भूगोलबारे अध्ययन गर्न समेत मद्दत पुर्याउँदै आइरहेको छ । पिरामिडलाई EU-K2-CNR कमिटी तथा NAST (नेपाल) ले व्यवस्थापन गर्दै आइरहेको छ ।
हालसम्म आइपुग्दा ५२० वैज्ञानिक खोजहरु, १४३ देशमा २२० वैज्ञानिकहरुद्वारा यो पिरामिड आकारको
(४३.३७X२७.५६ फिट अग्लो) जुन विश्वकै अग्लो स्थानमा स्थापित र यो समयकै आधुनिक वैज्ञानिक सेवा र सुविधाले भरिपूर्ण छ । यहाँ इन्टरनेट, संचार माध्यम लगायत सोलारको सुविधा छ ।
विश्वकै अग्लो स्थानमा रहेको मोबाइल टावर
trichandra.shrestha@gmail.com
२०६९ मङ्सीर, युवामन्चमा प्रकाशित
No comments:
Post a Comment