शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, August 28, 2017

बोक्सी प्रथा ‘दृष्टिभ्रम’को लोकार्पण

-त्रिचन्द्र श्रेष्ठ
काठमाडौं। सहित्यकार, आध्यात्मिक चिन्तक तथा पत्रकार कमल रिजालको उपन्यास ‘दृष्टिभ्रम’ को लोकार्पण भएको छ । 
आफ्नो नवीनतम उपन्यास ‘दृष्टिभ्रम’ सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रममा उनले मानवमा रहेको दृष्टिभ्रमले नै बोक्सी प्रथा रहेको हो भन्दै यसको उपचारका लागि मानिसले आफ्नो आँखा उघार्नुपर्ने र पीडितले प्रहरी, प्रशासन र न्यायालयमा उपचारका लागि आफूलाई पुर्याउनुपर्ने जवाफ पनि दिए । 
कार्यक्रममा महिलाअधिकारकर्मी रीता साह, लेखक डा अर्चना थापा र मानवाधिकारकर्मी मोहना अन्सारीले उपन्यासले आजको जल्दोबल्दो समस्यालाई उजागर गरी समाधानको बाटो पनि देखाएको बताए । अधिकारकर्मी मीना शर्माले बोक्सी, दाइजो र छाउपडी तथा मासिक धर्मप्रति प्रथामा शिक्षित व्यक्तिमा नै दोहोरो धारणा रहेकामा आलोचना गरे ।
उपन्यासकार रिजालले आफूले बोक्सीका नाममा हुने हिंसाका घटनालाई दिनदिनै जसो पत्रिकामा पढ्दै आएकाले यो विषयमा उपन्यास लेख्न प्रेरणा प्राप्त भएको बताए । उपन्यासमाथि उठेका विभिन्न प्रश्नहरूका आधारमा आगामी कृतिमा आफ्ना कमजोरीलाई सच्याउँदै लैजाने पनि प्रतिवद्धता जनाए ।
सांग्रिला बुक्स प्रालिबाट प्रकाशित अनुसन्धानमा आधारित सो उपन्यासमा ११ खण्डमा विभाजित छ ।

No comments:

Post a Comment