शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 29, 2015

भूकम्प आएसँगै सूचना दिने मेसिन बनाउँदै राम–लक्ष्मण (भिडियोसहित)

यो जुन ‘अर्थक्वेयक डिटेक्टर अलार्म’ छ । यो नेपालका लागि निकै आवश्यक छ भन्ने ठानेर हामीहरु यसको अनुसन्धानमा लागेका छौँ । राम–लक्ष्मण र केपी भण्डारी हामी तीन भाइ यसको अनुसन्धानमा छौँ । धेरै काम सकिसकेका छौँ ।
अहिले लगातार पराकम्पन आइरहेका छन् । मानिसहरु भुइँचालोको त्रासमा छन् । कतिपय अवस्थामा भुइँचालो आइसकेको पनि मान्छेले थाहा पाउँदैनन्, कतिपय अवस्थामा नआए पनि आएको जस्तो मान्छेहरुलाई लागिरहेको छ । धेरैले भने, हामी घरमा सुत्दा एकजना जागै बस्छौँ ।
ram laxman (3)
मान्छेहरु भुइँचालो आएको हो कि होइन भन्ने दुविधामा धेरैबेर परेपछि अझ धेरै धनजनको क्षति हुन सक्छ । राति मस्त निद्रामा परेका बेला पनि भुइँचालोको संकेत मिलोस् । त्यस्तै, अशक्त व्यक्तिहरुलाई तत्कालै सुरक्षित स्थान सार्नुपर्ने पनि हुन सक्छ । यो अवस्थालाई महसुस गरेर हामी यो अलार्मको अनुसन्धानमा लागेका हौँ ।
यो अलार्म भित्तामा जडान गर्ने हो । यो कम्पनका आधारमा चल्छ । यसमा इलेक्ट्रोनिक सर्किट हुन्छ । जब भूकम्पको कम्पन आउन थाल्छ, त्यो सर्किटको माध्यमबाट बेसरी साइरन बज्न थाल्छ । यो आवाजले मान्छेलाई तत्कालै भाग्न वा सुरक्षित स्थानमा जान मद्दत पुग्छ । भुइँचालो आइसकेपछि के गर्ने भनेर त योजना हुनुपर्यो । धेरैले भाग्ने योजना बनाएका पनि हुन्छन् । उनीहरुलाई यो अलार्मले संकेत दिने हो ।
धेरै तलामाथि भएको मान्छे सुरक्षित स्थानतिर जान सक्छ । यसले भुइँचालो आएको हो कि होइन भनेर विचार गरेर बस्नुपर्दैन । हामीले धेरै डिपार्टमेन्ट स्टोरका भिडियो क्लिप हेर्यौँ । कति मान्छेहरु भुइँचालो आएको २०–२५ सेकेन्डसम्म पनि अलमल परेको देखियो ।
ram laxman (4)
भुइँचालोका वेभहरु आउँछन् । भुइँचालोको जहाँ केन्द्रबिन्दु छ, त्यहाँबाट वरपरका क्षेत्रमा धर्ती हल्लनुअघि नै वेभ पुगेका हुन्छन् । यो वेभले पनि यो अलार्म बज्न थाल्छ । यो अलार्म भुइँचालोअघि नै बज्ने भने होइन, भुइँचालो आइसकेपछि वेभ र कम्पनले यो चल्ने हो ।
यो अलार्मले भुइँचालो आएको कन्फर्म गर्छ । चर्कोसँग यो अलार्म बजेपछि सुतेको मान्छे पनि ब्युँझेर सुरक्षित स्थानमा जान सक्छ । यो अलार्म विशेषगरी स्कुल–कलेज जस्तो मान्छेहरुको भीड हुने भवनमा निकै उपयोगी हुन सक्छ ।
हामीले तीन किसिमको मोडलमा यसलाई विकास गर्दैछौँ । एउटा व्यक्तिगत घरका लागि, एउटा अफिसका लागि र अलि ठूलो क्षेत्रका लागि जहाँ धेरै मान्छेको भीड हुन्छ ।
ram laxman (2)
यसको मूल्य निर्धारण गरिसकेका छैनौँ । सकेसम्म आमनागरिकको पहुँचमा हुनेगरी यसलाई निर्माण गर्छौं । त्यस्तै तीन–चार हजार रुपैयाँभन्दा धेरै नपर्ला ।
यसबारे भूगर्भविद्सँग पनि सल्लाह गरेर अघि बढ्दै छौँ ।
यो प्रविधि छिटै बजारमा आउनेछ । यसले राम्रो बजार लियो भने, यसबाट आएको केही रकम भूकम्पबाट क्षतिग्रस्त स्थानमा पुनर्निर्माणका लागि दिने योजना छ ।
- See more at: http://www.ratopati.com/2015/05/29/236812.html#sthash.hR0W7FNb.FySfW6BE.dpuf


  • राम रिमाल, लक्ष्मण रिमाल
यो जुन अर्थक्वेयक डिटेक्टर अलार्मछ । यो नेपालका लागि निकै आवश्यक छ भन्ने ठानेर हामीहरु यसको अनुसन्धानमा लागेका छौँ । रामलक्ष्मण र केपी भण्डारी हामी तीन भाइ यसको अनुसन्धानमा छौँ । धेरै काम सकिसकेका छौँ ।

अहिले लगातार पराकम्पन आइरहेका छन् । मानिसहरु भुइँचालोको त्रासमा छन् । कतिपय अवस्थामा भुइँचालो आइसकेको पनि मान्छेले थाहा पाउँदैनन्, कतिपय अवस्थामा नआए पनि आएको जस्तो मान्छेहरुलाई लागिरहेको छ । धेरैले भने, हामी घरमा सुत्दा एकजना जागै बस्छौँ ।
मान्छेहरु भुइँचालो आएको हो कि होइन भन्ने दुविधामा धेरैबेर परेपछि अझ धेरै धनजनको क्षति हुन सक्छ । राति मस्त निद्रामा परेका बेला पनि भुइँचालोको संकेत मिलोस् । त्यस्तै, अशक्त व्यक्तिहरुलाई तत्कालै सुरक्षित स्थान सार्नुपर्ने पनि हुन सक्छ । यो अवस्थालाई महसुस गरेर हामी यो अलार्मको अनुसन्धानमा लागेका हौँ ।

यो अलार्म भित्तामा जडान गर्ने हो । यो कम्पनका आधारमा चल्छ । यसमा इलेक्ट्रोनिक सर्किट हुन्छ । जब भूकम्पको कम्पन आउन थाल्छ, त्यो सर्किटको माध्यमबाट बेसरी साइरन बज्न थाल्छ । यो आवाजले मान्छेलाई तत्कालै भाग्न वा सुरक्षित स्थानमा जान मद्दत पुग्छ । भुइँचालो आइसकेपछि के गर्ने भनेर त योजना हुनुपर्यो । धेरैले भाग्ने योजना बनाएका पनि हुन्छन् । उनीहरुलाई यो अलार्मले संकेत दिने हो ।
धेरै तलामाथि भएको मान्छे सुरक्षित स्थानतिर जान सक्छ । यसले भुइँचालो आएको हो कि होइन भनेर विचार गरेर बस्नुपर्दैन । हामीले धेरै डिपार्टमेन्ट स्टोरका भिडियो क्लिप हेर्यौँ । कति मान्छेहरु भुइँचालो आएको २०२५ सेकेन्डसम्म पनि अलमल परेको देखियो ।
भुइँचालोका वेभहरु आउँछन् । भुइँचालोको जहाँ केन्द्रबिन्दु छ, त्यहाँबाट वरपरका क्षेत्रमा धर्ती हल्लनुअघि नै वेभ पुगेका हुन्छन् । यो वेभले पनि यो अलार्म बज्न थाल्छ । यो अलार्म भुइँचालोअघि नै बज्ने भने होइन, भुइँचालो आइसकेपछि वेभ र कम्पनले यो चल्ने हो ।
यो अलार्मले भुइँचालो आएको कन्फर्म गर्छ । चर्कोसँग यो अलार्म बजेपछि सुतेको मान्छे पनि ब्युँझेर सुरक्षित स्थानमा जान सक्छ । यो अलार्म विशेषगरी स्कुलकलेज जस्तो मान्छेहरुको भीड हुने भवनमा निकै उपयोगी हुन सक्छ ।

हामीले तीन किसिमको मोडलमा यसलाई विकास गर्दैछौँ । एउटा व्यक्तिगत घरका लागि, एउटा अफिसका लागि र अलि ठूलो क्षेत्रका लागि जहाँ धेरै मान्छेको भीड हुन्छ ।
यसको मूल्य निर्धारण गरिसकेका छैनौँ । सकेसम्म आमनागरिकको पहुँचमा हुनेगरी यसलाई निर्माण गर्छौं । त्यस्तै तीनचार हजार रुपैयाँभन्दा धेरै नपर्ला ।
यसबारे भूगर्भविद्सँग पनि सल्लाह गरेर अघि बढ्दै छौँ ।
यो प्रविधि छिटै बजारमा आउनेछ । यसले राम्रो बजार लियो भने, यसबाट आएको केही रकम भूकम्पबाट क्षतिग्रस्त स्थानमा पुनर्निर्माणका लागि दिने योजना छ ।


भिडियो


साभार: रातोपाटी डटकम

No comments:

Post a Comment