शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 29, 2015

डुडल बनाएर गुगलले सम्झ्यो नेपाललाई (भिडियो सहित)

इन्टरनेट सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा होमपेजमा नेपालको डुडल राखेको छ ।
गुगलको होमपेजमा नेपालको गणतन्त्र दिवसका अवसर पारेर स्वयम्भु स्तुपा, प्यागोडा शैलीको नेपाली मौलिकता झल्किने मन्दिर पृष्ठभूमि पारेर बलिरहेका ६ वटा मैनबत्ती राखेको छ ।

साथै डुडल क्लिल गरेर युट्युबमा नेपालको गणतन्त्र सम्बन्धी जानकारी र  केहि समय पहिले आएको भूकम्पले नेपालमा परेको दुःखमा पनि साथ रहेको भिडियो पनि छ ।
आजको डुडलले नेपाली संसारकै लागि प्रेरणाको स्रोत भएको र नेपालीको लगनशीलता विश्वकै लागि पथप्रदर्शक हुने कुरालाई झल्काउने उल्लेख छ । यस्तै नेपालको पुननिर्माण र अहिलेको परिस्थितिबाट माथि उठ्न गुगलले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
 भिडियो

No comments:

Post a Comment