शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 2, 2013

धूम्रपान छाडौं ! -त्रिचन्द्र प्रतीक्षा



विभिन्न संघसंस्थाले निकालेको तथ्याङ्कअनुसार धूम्रपान गर्ने विश्वभरका एक अर्ब बढी नागरिकहरुमध्ये २० प्रतिशत महिला छन् भने नेपालमा सूर्तिजन्य पदार्थका सेवनबाट बर्षोनी १५ हजार बढीले अकाल मै ज्यान गुमाइरहेका छन् । जस्मा धूम्रपानकै कारण प्रति घण्टा २ जनाको, प्रत्येक दिन ४२ जनाले तथा मासिक १२ सय ५० व्यक्तिको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चारकर्मीसंगको अन्तर्क्रियामा सो तथ्यांक प्रस्तुत गरिएको थियो । धूम्रपानबाट मृत्यु हुने मध्ये ४० प्रतिशत पुरुष, २१ प्रतिशत महिला तथा १२ प्रतिशत युवा रहेको बताइएको छ । तथ्याङ्कअनुसार नेपालमा धूम्रपान प्रयोगकर्तामध्ये ५५ प्रतिशत निरक्षर रहेका छन् भने सूर्तीजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी हिमाली क्षेत्रमा ६८ प्रतिशत रहेको देखाइएको छ ।
अहिले नेपालमा सरदर वाषिर्क ६ हजार मेटि्रक टन भन्दा बढि सूर्ति तथा करिव ६ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ । विगत २ दशक यता नेपालमा सूर्तिजन्य पदार्थको उत्पादनमा १३ गुणाले वृद्धि भएको छ भने धूम्रपान र अन्य मध्यपानजन्य पदार्थको आयात पनि ह्वात्तै बढेको छ । सबैभन्दा बढि ४० प्रतिशत चुरोटको प्रयोग हुन्छ भने ३० प्रतिशत सूर्तिजन्य पदार्थ, ५ प्रतिशत तमाखुले स्थान ओगटेको छ भने बाँकी २५ प्रतिशत पान, गुट्खा, बिडी आदिले ठाउँ ओगटेको पाइन्छ ।  

हुन त महिला पनि चुरोट पिउने मामलामा पछि परेका छैनन् । विश्व स्वास्थ्य संगठनले २०११ मा प्रकाशित गरेको आँकडा अनुसार पूर्वी मध्य र दक्षिण युरोपमा पछिल्ला वर्षा धूम्रपान गर्ने पुरुषको अनुपात पहिलाको तुलनामा घटेको छ भने महिलाको बढेर गएको छ । दक्षिण पूर्वी एसियामा पनि वयस्क युवकको धूम्रपान दर वयस्क महिलाको भन्दा दश गुण बढि छ । तर धूम्रपान गर्ने महिलाको संख्या दिनहुँ बढ्दै जान थालेकाले पुरुष र महिला बीचको अनुपात साँधुरिदै छ प्रतिवेदन यस्तै भन्दछ । नेपाल लगायत विश्व स्वास्थ्य संगठनका १४० सदस्य राष्ट्र तथा विश्वका केही अन्य प्रान्तहरुमा गरिएको ग्लोबल युथ टोबाको सर्वे जिवाइटिएस-२०१० पनि धूम्रपान गर्ने महिलाको संख्या उल्लेख्य बढेकोमा चिन्तित छ । वयस्क महिला भन्दा नवयुवतीमा धूम्रपान आकर्षा अधिक बढ्दै छ । विश्वमा धूम्रपानका कारणले ज्यान गुमाउन सक्नेको संख्या २०२० बाट वाषिर्क १ करोड भन्दा बढी हुने सम्भावना छ' जिवाइटिएस यसै भन्छ । एकअर्को संयुक्त राज्यमा गरिएको एउटा अध्ययनअनुसार धूम्रपानको रहर गर्ने ४ मध्ये १ जना जवानलाई यसको लत नै लाग्छ । यो दर कोकेन र हेरोइनको चस्का लिन खोज्नेहरुको जत्तिकै छ । धूम्रपान गर्न थालेकोमा चुकचुकाउने किशोरकिशोरीहरु ७० प्रतिशत भए तापनि कमैले मात्र छोड्नसक्छन् । 

यस्तो घातक अम्मल मानिसले किन छोड्न नसकेका होलान् - के तपाईं पनि धूम्रपान गर्नुहुन्छ, कसरी छोड्न सक्नुहुन्छ - यसको लागि तपाईंलाई यस लेखबाट मद्दत पुर्याउन सक्नेछ ।
धूम्रपानले लिन्छ ज्यान । यद्यपि, धूम्रपान गर्नेहरू जताततै छन् । विश्वभरि कम्तीमा पनि १ अर्ब ३० करोड व्यक्तिहरूले धूम्रपान गर्छन्, भनि विश्व स्वास्थ्य संघ (डब्लू एच ओ) को स्वास्थ्य बुलेटीनमा उल्लेख गरेको छ । यसको अर्थ, सालाखाला विश्वका एक तिहाई वयस्कहरू धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संघअनुसार धूम्रपानका कारण वर्षोनी ६० लाख मानिसहरू अथवा प्रत्येक ४ सेकेन्डमा एकजना मानिस मर्छन् ।


धूम्रपान लामो अनि आनन्दित जीवन बिताउन चाहनेहरूका लागि पटक्कै होइन । निकै समयदेखि धूम्रपान गर्नेहरू अन्तमा त्यहि चुरोटका कारण मर्ने सम्भावना २ मा १ छ । विश्व स्वास्थ्य संघ (डब्लू एच ओ) का महानिर्देशक यसो भन्छिन्, "चुरोटमा बडो होसियारीसाथ मृत्यु नहोऊन्जेल अम्मली गराउने गरी ठीक मात्रामा मिलाएर निकोटिन राखिएको हुन्छ ।"

अतः धूम्रपान छोड्ने एउटा कारण, स्वास्थ्य अनि जीवनमा पार्ने खतरा हो । धूम्रपानको २५ भन्दा बढी ज्यानमारा रोगहरूसंग सम्बन्ध छ । उदाहरणका लागि यो हृदयघात, मस्तिष्कघात, दिर्घकालीन ब्रोन्काइटिस, फोक्सो सुन्निने रोग र विभिन्न क्यान्सर र विशेषगरी फोक्सो क्यान्सरको कारक तत्व हो । यसका अतिरिक्त चुरोटको धुँवामा ४,००० भन्दा धेरै किसिमका रासायनिक तत्वहरू हुन्छन् । यी मध्ये ४३ वटाले त क्यान्सर गराउँछ भनेर पत्ता लागिसक्यो । ती हुन्, साइनाइड, बेन्जिन, मिथानोल र एसेट्येलेन (र्टचमा प्रयोग गरिने इन्धन) आदि । चुरोटमा नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्याँसहरू पनि हुन्छन् । तथापि चुरोटमा पाइने प्रमुख तत्व चाहिँ निकोटिन नै हो । यसले असाध्यै लत लगाउँछ ।

मासाचुसेट्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पुष्टि गरे अनुसार कोही कोही मानिसलाई ''धूम्रपान गरेको केही दिनभित्रै'' लत लाग्नसक्छ भनि एसोसियटेड प्रेसले रिपोर्ट पेश गरेको छ भने डा. रिचर्ड हर्ट भन्छन्- "मानिसहरूलाई लत लाग्न बेर लाग्दैन भन्ने थुप्रैलाई शंका लाग्थ्यो तर यस्तो साँच्चै हुन्छ भनेर पत्ता लागेको यो पहिलो ठोस प्रमाण हो ।" त्यस अनुसन्धान टोलीका निर्देशक डा. जोसेफ ड्रिफ्रान्जा भन्छन्- "यस अध्ययनले सबैभन्दा महत्वपूर्ण पाठ के सिक्नुपर्छ भने हामीले चुरोट केही हप्ता सेवन गर्ने अनि छोड्ने भनेर खेलाँची गर्नु हुँदैन ।"

चुरोट छोड्छु भनेर कम्मर कस्नेहरूलाई समेत चुरोट छोड्न साह्रै गाह्रो हुन्छ । विशेषगरी चुरोटमा पाइने निकोटिन, असाध्यै लत लाग्ने पदार्थ भएकोले पनि त्यसो भएको हो । डब्लू एच ओ यसो भन्छ- "सबैभन्दा धेरै लत बसाउने लागू पदार्थहरूको सूची तयार पार्ने हो भने, निकोटिनले हेरोइन र कोकिनलाई उछिन्छ ।" हेरोइन र कोकिनको जस्तो निकोटिनको तुरुन्तै अनि प्रत्यक्ष असर देखिंदैन । त्यसैले पनि निकोटिनले पुर्याउने असरलाई अक्सर बेवास्ता गरिन्छ । चुरोटले दिने हल्का आनन्दको कारण प्रायःजसो मानिसहरू एकपछि अर्को चुरोट सल्काइरहन्छ ।

हो, निकोटिनले तपाईंको मुडलाई असर गर्छ, यसले तनाव कम गर्छ । तथापि, निकोटिनको तलतलले गर्दा नै चुरोटले तनाव कम गरे जस्तो लागेको हो । धूम्रपानले स्वयं आफूलाई मात्र हैन अरूलाई पनि हानि पुर्याउँछ । केही समयअघिसम्म, चुरोट पिउने मानिसले बिना रोकटोक जतासूकै अनि जतिखेर पनि चुरोट सल्काउन सक्थ्यो । तर हाल अरूले खाएको चुरोटको धुँवामा सास फेर्दा हुने खतराहरू प्राय धेरैभन्दा धेरै मानिसहरू र्सतक हुन थालेका छन् । उदाहरणका लागि, चुरोट नपिउने व्यक्तिले पिउने व्यक्तिसित विवाह गरेको छ भने फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशत बढी हुन्छ । चुरोट नपिउने आमा बाबुको सन्तानको तुलनामा चुरोट पिउने आमा बाबुको सन्तानलाई जन्मेको दुई वर्षभित्र निमोनिया वा ब्रोन्काइटिस हुने सम्भावना बढी हुन्छ ।

धूम्रपान तथा सूर्तीजन्य पदार्थ नर्सर्ने रोगको पनि कारण मानिन्छ । धूम्रपानले सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई पनि झन् असर गर्छ । यसलाई 'सेकेण्ड ह्यान्ड स्मोकिङ' भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सेकेण्ड ह्यान्ड स्मोकिङबाट विश्वभर वर्षोनी ६० लाखभन्दा बढी मानिसको अल्पायुमा मृत्यु हुने तथ्यांक र्सार्वजनिक गरेको छ । चुरोटको सेवन नगर्नेलाई भन्दा गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ । यसैगरी धूम्रपान सेवन गर्नेलाई १० वर्षपहिला नै हृदयघात हुन सक्छ ।

धूम्रपान गर्नु एउटा बानी नै भएकोले चुरोट छोड्न गाह्रो हुन्छ । निकोटिनको लत लाग्नुको अतिरिक्त धूम्रपान गर्नेहरूलाई चुरोट सल्काउने र सर्को तान्ने बानी बसिसकेको हुन्छ । तपाईंले धूम्रपान छोड्ने अठोट गरिसक्नुभएको छ भने, सफलता हात नलागेसम्म निरन्तर कोसिस गरिरहन तपाईं तयार हुनुपर्छ । कोसिस गर्दागर्दै पनि फेरि चुरोट पिउन थाल्नुभयो भने हार नमान्नुहोस् । पहिलो प्रयासमै साइकल चढ्न नसिकिएझैं चुरोट पनि चट्क्कै छोड्न सकिंदैन । तर्सथ तल उल्लेखित केही बुँदाहरूलाई मनन गर्नुहोस् ।

. मनबाटै चुरोट छोड्न तयार हुनुहोस्
. चुरोट छोड्ने मिति तोक्नुहोस्
. चुरोट छोड्द देखापर्ने लक्षणहरूको सामना गर्ने
. फेरि चुरोट पिउन सुरु नगर्नुहोस्
. चुरोट छोड्दा हुने फाइदाहरूलाई मनन गर्नुहोस्
तपाईंलाई खाना स्वादिलो लाग्न थाल्छ । तपाईंको सास, शरीर अनि लुगाफाटा गन्हाउन छाड्छ । चुरोट किन्दा लाग्ने खर्च जोगिन्छ । तपाईंलाई आफूले ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ । तपाईंको आयु लम्बिन्छ ।
२०७० जेठ १८ गते गोरखापत्रमा प्रकाशित 

No comments:

Post a Comment