शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, June 3, 2013

विश्व शान्ति यात्रामा सरोज अर्याल र बिनोद शर्मा

आजको यस सन्सारमा भैरहेको हत्या, हिंसा, बैमनस्यता अशान्ति भैरहेको अवस्थामा जसले बिश्व समाजलाई शान्तिमय समाजको निरन्तरता दिने संकल्प लिएको हुन्छ, हामी सबैले बैरी सोचने, बदलाको भावना लिने जस्तो भ्रष्ट स्वभाव कुलषित बिचारधारा, संकुचित भावना स्वार्थगत मनोभाव दृष्टिलाई त्यागेर स्वस्थ मानसिकताको बिकास गर्नु पर्दछ । हामी मानव प्राणीमा रहेको बैरभावले बैरभाव कहिल्यै शान्त हुदैन । अबैरभावले मात्र बैरभावलाई शान्त पार्न सकिन्छ । अनि मात्र आजको यो सन्सारमा शान्ति आउनेछ ।

“भगवान बुद्धले धम्मपद पालीमा भन्नुभएकोछ, नहि बेरेन बिरानि सम्मन्तिथ कुदाचन । अबेरेनच सम्मन्ति यस धम्मो सनन्तनो ”

बैरभावले बैरभाव शान्त हुन सक्दैन, मैत्रिभावले मात्र बैरभाव शान्त हुन सक्छ । यहि सनातन बाट चलिआएको धर्म हो ।

शान्तिको महानायक भगवान बुद्ध लुम्बिनी नेपालमा जन्मनुभएको हो भन्ने कुरा बिश्वको कुना कुनामा पुर्याउने अभिप्रा बोकेर यस क्याराभान ब्रोडकाष्टिङ प्रा.लिले भगवान बुद्ध जन्मस्थल लुम्बिनी बाट बिश्व शान्ति पद यात्रा शुरु गरिएको हो । आज भन्दा २६३४ बर्ष पहिले जन्मनुभएको भगवान बुद्ध संग जोडिएको बिभिन्न तथ्य खोज अनुसन्धानको क्रम ऐतिहासिक काल खण्ड बाट अझै सम्म पनि अनुसन्भान भैरहेकोछ । बिभिन्न बिख्यात बिद्धानहरुको खोज अनुसन्धान भगवान बुद्धको समयको समाजको कैयौं तथ्य प्रमाणहरु आज हाम्रो सामु आइरहेकोछ । जसले गर्दा नेपालको इतिहास समृद्ध अनि गौरबमय छ , तर पनि हामी बाट टाढा ओझेलमा पर्दै गइरहेको छ । हामी नेपाली बुद्ध हाम्रो हो भनेर कराउन जानेको भएपनि भगवान बुद्धको शिक्षा र एतिहासिक महत्वको ठाउं प्रति अनभिज्ञ रहन्छौं । कुनै कुरा चलिहालेमा सरकारको काम हो भनि पन्छिन्छौं । यसतो हाम्रो पहिचान आस्थाको केन्द्र अनि हाम्रो गौरब जोगाउन हामी सबै नेपालीको दाइत्व होइन र ? यदि हामी नेपालीको दाइत्व हो भने आउनुहोस हातमा हात मिलाइ हामिलाइ साथ दिनुहोस अनि संकल्प गर्नुहोस :-

बिश्व शान्तिकोलागि बुद्ध शिक्षा आजको आबश्यकता भगवान बुद्ध नेपालमा जन्मनुभएको हो । हामी संग प्रमाण छ, इ.स पृ्र्ब २७७ बर्ष पहिले अशोक महाराज आफनो २० औं राज्यभिषेकको अवसरमा राख्न लगाउनुभएको सिला स्तम्भ त्याहां उल्लेख गरिएको छ ।

“देवा वातन पियन पियदस्सिन, लाजिन बिसति बसमिसितेन ।

अतन अगाच महिइते, हिद बुद्ध जाते शाक्यमुनि ती ।।

शिला बिगत भिच चालपित शिलाथ भिगच उसपायिते ।

इथ भगव जातेती लुम्मिनी गामे उवलिके अठ भागिय च ।।

अर्थ : देवताहरुको प्रिय प्रियदर्शि राजा राज्यभिषेकको २० औं बर्षमा आफै आएर यहां बुद्धशाक्यमुनिको जन्म भएकोले ढुंगाको प्रचिर (स्तम्भ) बनाउनु लगाउनु भयो र शिला स्तम्भ स्थापना गराउनु भयो । यहा भगवान बुद्ध जन्मनु भएकोले लुम्मिनी गाउंलाइ कर मुक्त गरियो र अष्ट भागिय पनि ।

विश्व शान्ति पद यात्रीहरु

1, सरोज अर्याल (सन्चालक)
2, बिनोद शर्मा

भ्रमण गर्ने मुलुकहर

थाइल्यान्ड, बर्मा, मलेशिया, सिंगापृ्र, इन्डोनेशिया पुरा गरी हाल फिलिपिन्स मा छौ ।फिलिपिन्स मा नेपाली कन्सुलेट र Emilio Aguinaldo College को सहयोग मा नेपाली,फिलिपिनी विद्यार्थी सहित तिस मिनेट शान्ती -यली पनि गरिएको थियो यहाँ पश्चात हामी हङकङ, हुँदै जापान,चिन, अश्ट्रेलिय,अफ्रिका,यृ्रोप, क्यानाडा, अमेरिका बाट श्रिलङ्का,भारत हुँदै लुम्बिनी,नेपाल पुगेर बिश्व शान्ती यात्रा समाप्त , सरोज अर्याल (सन्चालक),  Caravan Broadcasting (P)ltd

No comments:

Post a Comment