शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, June 17, 2013

महाकालीको बाढीले ३ दर्जन बढि घर बगायो

रमेश भट्टराई
गएराती देखिको अबिरल वर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभाबित बनेको छ । वर्षा पछि आएको बाढी र पहिरोका कारण सुदुरपश्चिमका दर्जनौँ बस्तीहरु जोखिममा परेका छन् । उता दार्चुलामा भने महाकाली नदीमा आएको बाढीले तीन दर्जन बढी कार्यालय र घरहरु बगाएको छ । यस्तै दर्जन बढी घर र कार्यालयहरु अझै जोखीममा परेका छन् । बाढीले दार्चुलाको बाङाबगड र गल्फैमा रहेका घरहरु र सरकारी कार्यालयहरु बगाएको हो । यस्तै बाढिले धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ ।

बाढीले अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय र जिल्ला अस्पतालको शव गृह, औषधी वितरण केन्द्र लगायत दर्जन बढि स्थानियका घरहरु बगाएको छ । यस्तै बाढी हेर्न गएकी धाप गाविसकी ३८ बर्षकी सरस्वती रैखोलालाई समेत बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय पनि बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

यसैगरी भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधस्थलमा पानी भरिएपछि बाँध फुट्ने खतरा बढेको भन्दै भारतले खोल्ने तयारी गरेकोे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अपरान्ह ४ बजे तिर बाँध खोलिने भएपछि सदरमुकाम खलंगाको अधिकांश क्षेत्र प्रभाबित बन्ने हुदा उक्त क्षेत्रका बासीन्दालाई सुरक्षित स्थानतर्फ जान सुचना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए ।

बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन । भारतले तटबन्ध निर्माण गरेकाले र नेपालतर्फको भाग कमजोर भएकाले नदीको बहाव दार्चुला सदरमुकामतर्फ ठोकिएको हो । प्रभावित क्षेत्रमा सेना, प्रहरी, रेडक्रस  तथा स्वयम् सेवकहरुले उद्धारा कार्य जारी राखेका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुले बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन् ।
महाकालीमा पानीको बहाव ३ लाख ७८ हजार क्युसेक मापन
सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा भइरहेको बर्षासंगै महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च मापन
गरिएको छ । सोमबार बिहान पानीको बहाव १ लाख ६१ हजार बढी रहेको भएपनि दिउँसो १२ बजे गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ७८ हजार ३ सय ६ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गत बर्ष महाकाली नदीमा पानीको बहाव बढीमा ३ लाख ७० हजार पुगेको थियो । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवत जावत गर्ने एक मात्र पश्चिमी बनबासा नाकास्थित शारदा व्यारेजमा आवागमन बन्द गरिएको छ ।

यसैबिच ढुङ्गा गिट्टी लिन महाकाली नदी गएका २३ जना लाई त्यहाँबाट उद्धार गरिएको छ । आइतबार दिउँसो ढुङ्गा गिट्टी लिन ट्रक र ट्याक्टर सहित गएकाहरु महाकाली नदीमा पानीको वहाव बढेपछि भीमदत्त नगरपालिका–१३ पिपरैयामा नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उनीहरुलाई स्थानिय मझगाउँस्थित गरुड दल गण र महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मको टोलीले उद्धार गरेको हो ।

डिसीनेपाल डटकम संवाददाता -

No comments:

Post a Comment