शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 19, 2011

आतंककारी संगठनको सञ्जाल र जानकारी -त्रिचन्द्र प्रतीक्षा


आतंकवाद भनेको के हो ? नेपाली शब्दसागर शब्दकोषमा आतंकवादको शब्दलाई ''अरुलाई डर-धाक-धम्की वा त्रास पारेर हिंसाकारी विद्रोह वा उपद्रवको ढाँचाले आ-आफ्नो काम पटाउने वा प्रभुत्व कायम गर्ने मत, विचार वा सिद्धान्त'' भनेर परिभाषित गरिएको छ ।
त्रिचन्द्र प्रतीक्षा
विश्वप्रसिद्ध लेखिका जेसिका स्ट्रेनले आतंकवादलाई हिंसाबाट छुट्याउने सबैभन्दा महत्वपूर्ण विशेषताहरू दुईवटा भएको प्रष्ट पारेकिछिन्- पहिलो, आतंकवाद निहत्था जनताप्रति लक्षित हुन्छ । दोश्रो, सनसनी फैलाउनको लागि आतंककारीहरूले हिंसाको सहारा लिन्छन् । आतंकवादीहरूको उद्देश्य भौतिक क्षति पुर्‍याउनु भन्दा पनि जनमानसमा त्रास सिर्जना गर्नु हो ।
आतंकवादको नाम लिंदा केही वर्षघिसम्म उत्तरी आयरल्याण्ड, उत्तरी स्पेनको बास्क इलाका र मध्यपूर्वका केही भू-भागहरूको मात्र चर्चा हुने गथ्र्यो । तर सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कको जुम्ल्याहा ट्यून टावर ध्वस्त भएपछि आतंकवादको सञ्जाल संसारभरि फैलिएको महशुस गरेका छन् । सुन्दर बाली टापु, स्पेनको म्याडि्रड, लण्डन, श्रीलंका, थाइल्याण्ड लगायत अन्य थुप्रै देशहरू यसबाट अछुतो रहन सकेको छैन । तर आतंकवाद हालसालै मात्र देखा परेको कुनै नौलो समस्या भने होइन ।
इतिहासकारहरूले सन् १९१४ जून २८ को दिनलाई यूरोपको इतिहासले नयाँ मोड लिएको दिनको रूपमा हर्नेछन् । एक युवकले अष्ट्रियाका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनान्डको हत्या गर्‍यो, यसैको कारणले प्रथम विश्वयुद्धको कारणतत्व रह्यो । विश्वयुद्धको अन्तसम्ममा करिव दुई करोडको मृत्यु भइसकेको थियो ।
प्रथम विश्वयुद्धपछि दोश्रो विश्वयुद्ध भयो । एकअर्कासित बदला लिने निहुँमा थुप्रै निर्दोष जनताहरू मारिए । सन् १९७० को दशकमा कम्बोडियामा १० लाख भन्दा बढी मानिसहरूको सामूहिक हत्या गरियो । अनि सन् १९९० को दशकमा रुवाण्डामा ८ लाखभन्दा बढी मानिस मारिएको घटना सम्झदा त्यहाँका मानिसहरू अझै पनि झस्कन्छन् ।
सन् १९१४ देखि आजसम्म थुप्रै देशका जनताहरू आतंकद्वारा पिरोलिएका छन् । आतंकवादी आक्रमणको कारण सयौं मारिने, हजारौं अपांग हुने र लाखौंको शान्ति सुरक्षा खलल पुग्ने क्रम आजसम्म जारी छ ।
आतंकवाद विरोधी नियम, कानून र अन्तराष्टिय जगतको निन्दाको बाबजुद जघन्य अपराधको यो दैनिकी रोकिएको छैन । वास्तवमा, आतंकवादले जीवनको कुनै महत्व छैन भन्ने सन्देश दिन्छ र रक्तपात तथा क्रुरतातर्फ धकेल्छ । आफूले भोग्नु परेको पीडाको कारण पीडित पक्ष अक्सर प्रतिकारमा उत्रन्छ र थप दमन हुन्छ । अनि यसरी आक्रमण र प्रत्याक्रमणको सिलसिला कहिल्यै नटुँगिने श्रृंखला सुरु हुन्छ ।
हालसम्म विश्वभरी ५ दर्जन भन्दा बढी आतंककारी संगठनहरू स्थापित भैसकेका छन्, जसले आफ्नो सञ्जाल एकदेश बाट अर्को देशसम्म फैलाइरहेका छन् । यी आतंककारी संगठनहरू मध्ये केही विश्व प्रमुख आतंककारी संगठनहरूको बारेमा जानी राख्ने कि?

 - अल कायदा:   
सन् १९८० को दशकमा स्थापित यो संगठन सन् २००१ सम्म मध्यपूर्व, दक्षिणपूर्व एसिया र विश्वव्यापी संगठनमा परिणत भएको । ओसामा विन लादेनको यो अरब सञ्जालले अफगानिस्तानमा सोभियत संघविरुद्ध युद्ध लड्यो । यसको लक्ष्य विश्वव्यापी इस्लामिक राज्य खडा गर्नु हो । यसले गैर-इस्लामिक राज्य र अमेरिकी नागरिकलाई ताक्ने गर्दछ । हजारौंको संख्यमा सदस्य रहेको अल कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा र अन्य विभिन्न अमेरिकी दूतावासहरूमा हमला गरिसकेको छ ।
- रिभोल्युसनरी पिपुल्स लिबरेसन आमी/फ्रन्ट
र्टर्कीमा सन् १९७८ मा स्थापित यो संगठन अमेरिका, नेटो गठबन्धन र र्टर्कीको स्थापित समूहविरुद्ध लड्ने मार्क्सवादी, लेनिनवादी विचार बाहकहरूको हो । यसले राजनीतिक गतिविधिका साथै सशस्त्र कारबाही पनि गर्ने गर्दछ । यसले अमेरिकी हितमाथि आत्मघाती आक्रमण गरेको छ ।
- अल-जिहाद:
सन् १९७० मा इजिप्टका इस्लामिक उग्रवादीहरूले स्थापना गरेको, सन् २००१ पछि अल कायदसँग मिलेको यो संगठन इजिप्ट, अफगानिस्तान, यमन, पाकिस्तान, लेवनान र बेलायतमा फैलेको छ । इजिप्टलाई इस्लामिक गणराज्यमा परिवर्तन गर्ने र अमेरिकी तथा इजरायली हितहरूमा चोट पुर्‍याउने लक्ष्य रहेको यसका सैकडौं सदस्यले इजिप्टका सरकारी मानिसमाथि हमला गर्छन् । इजिप्टका पूर्व राष्ट्रपति अनवरसटातको हत्या गरेका छन् ।
- अलफतह:
विश्वविख्यात फिलिस्तिनी संगठन अलफतहको स्थापना सन् १९५९ मा मिश्रको राजधानी काहिरामा सक्रिय विद्यार्थी नेताहरूद्वारा भएको हो । यासिर अराफात, सालाद खालाप, फारक कछाउमी, खलिल अल बजीर र खालीद अलहसन यस संगठनका शिर्षास्थ नेता थिए ।
- लिवरेसन टार्इगर्स तमिल इलम (लिट्टे):
श्रीलंकाको यो संगठन सन् १९७८ मा स्थापना भएको हो । स्वतन्त्र तमिल राज्य स्थापना गर्ने लक्ष्य रहेको यो तमिल समुदायको शक्तिशाली संगठन मानिन्छ । यिनले वरिष्ठ राजनीतिज्ञ, सरकारी अधिकारी र सैनिक अफिसरलाई ताकिरहेका हुन्छन् । आठदेखि १० हजारको संख्यामा रहेका लिट्टेले हत्या, आत्मघाती आक्रमण गर्ने गर्दछन् । तिनलाई ब्ल्याक टाइगर पनि भनिन्छ ।
- प्यालेस्टाइन इस्लामिक जिहाद (पिआइजे):
सन् १९७० देखि इजरायल, पश्चिम किनारा र गाजापट्टीमा कार्यरत यो संगठनले धर्म युद्धबाट इजरायललाई नष्ट गर्ने लक्ष्य लिएको छ । इजरायली हितमाथि आत्मघाती आक्रमण गर्ने यो सशस्त्र संगठनले इजरायली सेना, नागरिक र धर्मनिरपेक्ष शक्तिमाथि हमला गर्ने गर्दछ ।
- लस्कर-ए- तोइवा (एलटी):
सन् १९८९ मा पाकिस्तानमा स्थापित संगठन धार्मिक सेना नामको हो । यसमा हजारौं सदस्य छन् । अमेरिकी मिसनरी समूहविरोधी सुन्नीहरूको यो सशस्त्र संगठनले कास्मिरमा भारतीय सेना र र्सवसाधारणलाई लक्ष्य बनाउँछ ।
- हमास (इस्लामिक प्रतिरोही समूह):
सन् १९८७ मा स्थापित यो संगठन पश्चिम किनारा, गाजापट्टी र इजरायलमा कार्यरत छन् । हिंसा र राजनीतिको माध्यमबाट इजरायललाई प्यालेस्टिन राज्यमा बदल्ने लक्ष्य लिएको छ । मुस्लिम ब्रदर हुड संगठनको यो प्यालेस्टिन शाखा हो । यसले आत्मघाती र सामूहिक स्तरमा इजरायलमाथि हमला गरेको छ ।
- मुजाहिद्दीन-ए-खल्क अर्गनाइजेसन (मेक):
सन् १९६० मा इरानबाट निर्वासित मार्क्सवादी इस्लामिकहरूले इराकमा यो संगठन स्थापना गरेका हुन् । यसका ३ हजार सदस्यहरू सशस्त्र छन् र यिनीहरू धर्मनिरपेक्ष इरान राज्यको स्थापना चाहन्छन् । यिनले आतंकवादी ढंगले बम विस्फोट गराएका छन् ।
- अबु सैयफ:
सन् १९९१ मा दुई देश फिलिपिन्स र मलेशियामा स्थापित गरेको संगठन हो । यस संगठनमा ५०० को हाराहारीको संख्यामा छापामार रहेको अनुमान गरिएको छ । संगठनमा विभिन्न स्वतन्त्र समूह स्वायत्त रूपमा परिचालित छन् । यसको लक्ष्या फिलिपिन्समा स्वतन्त्र इस्लामिक राज्य स्थापना गर्नु हो भने यसले अपहरण, बम विस्फोट, हत्या आदि काम गर्छ ।
- साइनि· पथ (सेन्डेरो लुमिनोसो, एसएल):
स्न १९६० मा पेरुमा स्थापना भएको यस संगठन माओवादमा आधारित छ । यसले पेरुका संस्थाहरूलाई नष्ट गर्ने लक्ष्य राखेको छ । यसले कम्युनिष्ट शासन स्थापना गर्न राजनीतिक दुस्मनमाथि ताक्ने गर्दछ । यसका ३०० सदस्यले गाउँमा आक्रमण गरेर बम बारी गर्दै ३० हजार मानिसको हत्या गरिसकेका छन् ।
- आइरिश रिपबीलकन आर्मी:
आयरल्याण्डको सुप्रसिद्ध भूमिगत आतंकवादी यो संगठनलई सन् १९३७ मा आइरिश सरकारद्वारा अवैध घोषित गरिएको हो । यसको मुख्य काम बम विस्फोटन गर्नु र राजनीतिक व्यक्तिहरूको हत्या गर्नु प्रमुख लक्ष्य हो ।
- हर्कत ऊल मुजाहिद्दीन (हम):
सन् १९८५ मा भारतीय सेना, कास्मिरी र्सवसाधारण र पश्चिम नागरिकमाथि हमला गर्ने उद्देश्यले पाकिस्तानमा स्थापित संगठन हो । यो अर्को इस्लामिक समूहबाट टुक्रिएर बनेको विद्रोही सशस्त्र समूह हो । अल कायदासँग सम्बद्ध यो संगठनले सन् १९९९ मा इन्डियन एयर लाइन्सको विमान नेपालबाट अपहरण गरेको थियो ।
- जैस-ए मोहम्मद (जेम):
सन् २००० मा पाकिस्तानमा स्थापित यो संगठनलाई मोहम्मदको सेना भन्न रुचाउने उग्रवादी इस्लामिक समूह हो । यस संगठनमा सामेल सैकडौं सदस्यको लक्ष्य कास्मिरलाई पाकिस्तानमा मिलाउनु हो भने यसले भारतीय सरकार र नेताहरूमाथि हमला गर्छ । मसुदअजहरले स्थापना गरेको यो संगठनले एक अमेरिकी पत्रकारको हत्या, भारतीय संसद्मा आक्रमण र क्रिश्चियनविरोधी हमला समेत गरिसकेका छन् ।
- लिबरेसन अफ आर्मिनिया:
आर्मिनियार्ट सेक्रेट आर्मी फर दि लिवरेसन अफ आर्मिनिया नामक यो संगठनको स्थापना सन् १९७५ मा भएको हो । यो संगठन अमेरिकाको घोर विशेधी छ । यो संगठन मार्क्सवादी लेनिनवादी विचार र वैज्ञानिक समाजवादी सिद्धान्तमाथि विश्वास राख्दछ ।
- ओम सिन रिक्यो:
सन् १९८७ मा शोको आसाहाले जापान र रुसमा संयुक्तरुपमा स्थापना गरेका हुन् । यसको सदस्य संख्या करिब २००० रहेको खुलेको छ । यसको लक्ष्य भनेको जापानसँग अमेरिकालाई पनि डराउनु हो । यसले टोकियोमा रासायनिक हमला समेत गरेका थिए ।
- डाइरेक्ट एक्सन ग्रुप:
फ्रान्सको यो आतंककारी संगठन १ मई १९६९ (मजदूर दिवस) मा स्थापना गरिएको हो । विश्वक्रान्तिमा विश्वास गर्नुका साथसाथै यो संगठन प्रत्यक्ष कारवाहीमा विश्वास गर्दछ । यसका दुई मुख्य सदस्य छन्- ज्यां मार्क राउइली र मैडक नेथनी मेनगा । यो संगठन ट्राट्रस्की, माओ, हर्बर्ट भारक्यूज, प|mैट्रज फेना र चेग्वेराको विचारबाट प्रेरित छ ।
- अबु निदाल संगठन:
यो संगठनको प्रारम्भ सन् १९७३ मा अरब- इजराइल युद्धका समयमा भएको थियो । अबु निदाल यस संगठनका प्राण हुन् । इजरायलसँग कुनै प्रकारको संझौता गर्न हुन्न भन्ने धारणा र विचार राख्ने यो संगठन अरब जनतालाई क्रान्तिका पक्षमा तयार गरेर नै फिलिस्तिनी मुक्तिको उद्देश्य पूरा हुन सक्तछ भन्ने विचारमा यो संगठन छ ।
- इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तान (आईएयू):
दक्षिण एसिया, ताजिकिस्तान र इरानमा कार्यरत यो संगठन सन् १९९१ देखि उज्वेक राष्ट्रपति इस्लोम कारिभोमको धर्मनिरपेक्ष शासनको विरोध गर्ने इलामिक सशस्त्र समूह हो । उज्वेकिस्तानलाई इस्लामिक राज्य बनाउने लक्ष्यले यसका करिब ५०० छापामारले किर्गिस्तान र ताजिकिस्तानमा कारबम विस्फोट गराउने र विदेशीहरूलाई बन्धक बनाउने काम गर्ने गर्छन् ।
युवामञ्च २०६५ मंसीरमा प्रकाशित

No comments:

Post a Comment