आमाको काखमा चिच्याएर बेस्सरी रुँदा लहै नानी लहै भन्दै भजन गाएको अहिले सम्म कानमा गुञ्जिरहेकोछ साँच्चै त्यति बेला भगवानको शक्ति र आमाको भक्तिले होला म निदाउँथे रछु।
मेरी हजुरआमा पूजा गर्नै जान्दिन थिइन् जानी नजानी दियो बालेर मेरो घर परिवार सन्तान र शान्ति दिनुस् प्रभु भन्दै दुइ हात जोडेको याद छ । आज हजुरआमा छैनन् भक्ति र स्वाभिमान भेटिँदैन मन्दिरमा दियो बल्दैन भ्रष्ट भेटिन्छन् ठूल-ठूला पहलमान भेटिन्छन् बडिगार्ड रहितका ढोँगी भेटिन्छन् । खोलानाला बेचिन्छ मठमन्दिर बेचिन्छ पावर र पद बेचिन्छ आफ्नै आमाको काखको भरोसा हरायो जन्मभूमि आउँदा अघिपछि काला काला बडिगार्ड लिएर आउँछन् । धर्म हरायो आस्था हरायो भाषा हरायो भेषभूषा हरायो भजन हरायो । हिन्दी गीत बजेको छ रातो सारी झपक्कै पारी हेर्नुस् रमेकोछ पैसामा बेचेकोछ संस्कृति र धर्म ।
***************
हुँ म आँसु.... म आँसु... फगत आँसु तिमीले देख्न नसकेको स्पर्श गरेर छुन नसकेको आँखाको बाँधले बाँध्न खोज्दै गर्दा अनायसै झरेको हुँ न उठाउन सक्छौ न टिप्न सक्छौ न त सम्हालेर नै राख्न सक्छौ म आँसु... फगत आँसु । न त हिरा मोति झै सजाउन सक्छौ न त मायाको स्पर्श दिन सक्छौ आँखाबाट बग्नु मात्र मेरो काम अरु केही गर्न नसके पनि तिम्रो मुटु भित्र पसेर हलचल मच्चाउन सक्छु तिम्रो हाँसो सँगै झर्न सक्छु तिमी दुःखी हुँदा खुशी सँगै झर्न सक्छु हो म आँसु हुँ म आँसु... फगत आँसु । खेलौना हैन म मात्र थोपा थोपा आँसु जतिबेला जैले चाह्यो उतिबेला हत्केलामा राखेर आँसुको ढिकालाई खेलाउनको लागि तिम्रो आँखाबाट खसेपछि बिलिन सक्छु म आँसु... फगत आँसु । नखोज मलाई कतै यो युग मात्र हैन युगौँ युगसम्म तिमीले बुझ्यौँ भने जीबनभरिलाई तिम्रो साथी बन्न सक्छु तिम्रो दुःखमा बेस्सरी रोइदिन सक्छु तिम्रो खुसीमा पनि रमाउऩ सक्छ किनभने म आँसु हुँ म आँसु... फगत आँसु ।
-विराटनगर
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment