कठपुतलीहरूको झगडा
*************
फूल
धर्म
मानिसहरूको दु:ख सिध्दार्थ गौतमले हेर्न सकेनन् । उनलेे ज्ञान आर्जन गर्नका निम्ति आफ्नो यशस्वी युवराजको रुपलाई पहेँलो वस्त्रले बेरे ।
°
मानिसहरूको मूर्खतामध्ये मूर्तिपूजाको उनलेे विरोध गर्दै गए ।
°
उनका उपदेशले मानिसहरूलाई असल बाटोमा ल्याउन साथ दियो ।
°
अशान्तिमय वातावरण शान्तिमय वातावरणमा फेरियो ।
°
अब सिद्धार्थ बुद्ध बने । सबैका धर्मगुरु बने, अनि सम्पूर्णका प्रिय भए ।
- उनको सम्मानार्थ मानिसहरूले उनको एउटा सालिक बनाए ।
- त्यसमा सबैले पूजा गरे ।
- बुद्ध मौन र तटस्थ बसे ।
°
अहिले त्यहाँ फेरि अशान्ति छायो ।
*****************
भाषण
एक समूह भेला भएर भाषण गरिरहे ।
चोरले भाषण गर्यो,
- चोरेर कोही धनी हुँदैन, त्यसैले चोर्नु राम्रो काम होइन ।
ज्यानमाराले भन्यो,
- मानिसहरूको ज्यान अमूल्य, तसर्थ ज्यान जत्तिको ठूलो केही छैन ।
डाँकाले भन्यो,
- अरूको सम्पत्ति लुट्नु घोर पाप र अपराध हो ।
भ्रष्टाचारीले भन्यो,
- म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।
यसरी मञ्चबाट आ-आफ्ना कुरा बुलन्द रुपले बोलिरहे पेशेवरहरूले । मञ्च-तल सुनेर बसिरहेकाहरूले भाषणको आवाज नै नसुनिने गरी ताली बजाइरहे ।
No comments:
Post a Comment