आफैलाई फर्केर हेर्दा ...
यतिखेर बाढी, पहिरो र दुर्घटनाले धेरैको आँखा रसिलो बनाएको छ । यो वर्षेनि दोहोरिने बीभत्स तस्बिर हो । यसका लागि निराकरणका उपायहरू अपनाउने गर्छन् । तर कार्यान्वयन पक्षमा भने ढिलासुस्ती हुने गर्छ भन्नु त यो हाम्रो पुरातन रोग नै हो । जुनसुकै जोगी आएपनि कानै चिरिएको भन्ने उखानलाई पुष्टि गर्छ ।
हिजोआज एकपछि अर्को गर्दै समस्या र अप्ठेरो बाटाहरू बढ्दै गइरहेका छन् । त्यससँग भिड्ने विकल्प पनि प्रायः त्यति सजिला छैनन् । जिजीविषाका लागि जे गर्नपनि मान्छेहरू तयार हुन्छन् । यसले हरेकको जिन्दगीलाई सोचेभन्दा पर पुर्याएको देख्न सकिन्छ । यिनै विविध कारणले मानवशास्त्रलाई अब अर्कै दृष्टिकोणबाट हेर्नुपर्ने भइसक्यो । यसले मानव सभ्यताको परिभाषा नै बदल्ने बेला आइसकेको छ ।
बर्खामा बाटो कालोपत्रे गर्दा झन् हरिबिजोग भएका घटनाहरु आउने गर्दछ । दुई महिनामा नै बजेट सिध्याउन कछुवाहरू खरायोको रफ्तारमा दौडिने गर्दछन् । यो संस्कार अझै हट्न सकेको छैन । यसबारे जस्तोसुकै नीति नियम आएपनि त्यो देखाउने दाँत मात्र भएको छ ।
अन्त्यमा, कविता संसारले वर्ष दिन पूरा गरेको छ । फर्केर हेर्दा विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म पुग्न सफल भएका छौँ । यसका लागि होस्टेमा हैँसे गर्नु हुने शुभचिन्तक एवम् शुभेच्छुक पाठकवर्गको माया नै कारक तत्व हो । यस्तै सद्भाव र विश्वासको साथै प्रतिक्रिया लगायत सुझाव पनि सदैव पाइरहने आशामा हामी छौँ ।
सादर धन्यवाद ...
अङ्क १२ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment