मेरी आमा
मेरी आमाको मुहार
हेरी यिनैलाई बसिरहेछु
म चारै प्रहर
सगरमाथा भई मुस्काउँछिन् यिनी
गण्डकी भई प्यास बुझाउँछिन्
लाली गुराँस भई कहिले
वनपाखा मगमागाउँछिन्
आफ्नो काखमा राखी सन्तान
पालन पोषण गरी लहराउँछिन्
हिमाल तराई पहाड
त्यसैले हेरी बस्छु, यिनलाई चारै प्रहर
कहिले आमा चन्द्र सूर्य भई
फर्फराउँछिन्
कहिले रारा र फेवा बनी छाउँछिन्
कहिले कोशी बनी गड्गडाउँछिन्
अँह छैन कुनै प्रदेशमा कुनै भेदभाव
बिराट रूप अखण्ड शक्तिको छ साहस
चुँदी,
बेंसी, पाखा र पखेरु पहिरन
मठ,
मन्दिर र स्तुपा हुन् यिनको वास
कहिले शान्त तलाउ भई
छलछलाउँछिन् आमा
कहिले सल्ला र साल
बनी लहलहाउँछिन् आमा
अत्याचारी र अपराधीलाई
कोशी भई पाखा लगाउँछिन्
पीडा हुँदा मेरी आमा हेर
एक्लैएक्लै बर्वराउँछिन्
कष्ट पर्दा आमा
चट्याङ बनी गर्जिन्छिन्
चोट लाग्दा आमा
पानी बनी बर्सिन्छिन्
एकै स्थल हैन आमा
फरक फरक डुल्छिन्
ऋतु भई आमा सधैं
चारै दिशा छाउँछिन्
एक चपरी माटो झिक्दा
मुटु यिनको पोल्छ
पत्थरमा घन ठोक्दा
यिनको पीडा बोल्छ ...
अवश्य आउँछ नयाँ बिहानी
टोलायो आले –
लाग्छ उसलाई ऊ नै
हो कि यसको पाले
डम्म टम्म फुलेर
गमक्क भई बसेछ
खुकुरी भिरी कम्मरमा
पटुकी कसेछ
मन मनै सोची
चप्पल बिनाको
पाउ अघि सार्छ
काँडाले घोचे पनि
भेँडा र चौरीसँगै ओरालो झर्दै
जमेर बसेको हिउँको थुप्रोलाई पुकार्दै
तामाङ सेलो गाउँछ भाका हाली हाली
भन्दै म हुँ यो चुचुरोको छोरो नेपाली
आस छ उसलाई –
अवश्य नयाँ बिहानी आउँछ
सगरमाथाको चुचुरोमा
राष्ट्रिय झण्डा फर्फराउँछ
अझै पनि छ मनमा उसको
वस्ती र जमीन भए पनि सुख्खा
त्यहाँ पनि असार अवश्य आउनेछ
आफू वर्षेर बादलले यो माटो भिजाउनेछ
अनि मिठो सुगन्धले
हिमाली भेग पनि मग्मगाउनेछ
जसमा सर्वोच्च शिखरको आशीर्वाद छ
त्यसैले मलाई नयाँ बिहानीको आश छ ।
-बौद्ध, कुमारीगाल, काठमाडौँ
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment