शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 26, 2024

राधा पाण्डेको कविता


प्रश्न

  राधा पाण्डे

के छ भिन्नता ? मेरो रगत र तिम्रो रगतमा के छ फरक तिम्रो र मेरो शरीरमा ? कुरा गर्छौ भने मानव अङ्गका छन् उस्तै मेरा पनि र छन् दुरुस्तै । उस्तै छन् क्रिया र प्रतिक्रिया पनि व्यवहार र आकार पनि उस्तै छ खानु पिउनु , रहनु मर्नु र बाँच्नुको हिसाब पनि सबै कुरा उस्तै हुन् बस खुराक धेरै र थोरै होला !
पद र योग्यताको अन्तर होला तिमी र ममा तिमीले पायौ जुन प्रमाणपत्र मैले पनि सोही पाएँ कुर्सी र तलब एकै हो अधिकार र कर्तव्य एकै हो लिनु र दिनुको चक्र पनि उही हो । एकै हुन् संसार सांसारिक रङ्गम़ञ्चमा दृश्य पनि हौं त केवल हामी कलाकार हौं आफ्नो भूमिका सकिएपछि लिनैपर्छ बिदा झार्नैपर्छ पर्दा आएका हौं रित्तै र जानु छ रित्तै तैपनि त्यो घमण्ड किन र केका लागि जन्म पछि मृत्यु यो अकाट्य सत्य हो भने फेरि तिमी किन गर्छौ ? विभेदका कुरा !

- गान्तोक सिक्किम

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment