आजको दिन जस्तो भोलि नरहन पनि सक्दछ । हुन त समयले नै मानिसलाई परिवर्तनशील बनाउँछ । समयले हरेकलाई सचेत पारेको हुन्छ । त्यसको गति आजसम्म कतै रोकेको छैन । आज जे गर्न खोज्यो त्यो भोलि अर्कै भइसकेको हुन्छ । अतःसमय र परिस्थितलाई हेरेर विशेष हेक्का राख्नुपर्छ ।
हो, कतिपय यस्ता पनि कुराहरु हुन्छन् । जुन अति आवश्यक ठानिए तापनि त्यसलाई व्यक्त गर्न सकिराखेको हुँदैनन् । समय नै एउटा यस्तो शिक्षक हो, जसले बिस्तारै सिकाउँदै, बुझाउँदै र देखाउँदै लगिराखेको हुन्छ । यसले हरबखत खबरदारी गरिरहेको देखिन्छ ।
हाम्रा लेखाइ र बुझाइ पनि समयसँगै फेरिसकेका छन् । यसमा भइराख्ने विभिन्न प्रविधिले बेलाबखत हाम्रो सातो खाएको छ । यसले गर्दा सोच्ने तरिका नै फरक देखिन्छ । एकातिर मानिसहरुले भोगेका र देखेका तमाम कुरालाई अभिव्यक्त गर्न लालयित बनाइराखेको हुन्छ । जुन सबैको साझा भोगाइ पनि हो । यसको प्रभाव निकै गहन हुन पनि सक्दछ । सोच्ने तरिका भिन्दाभन्दै भएतापनि त्यसको मूल मर्म एउटै हुन सक्दछ । जुनसुकै कलमले लेखेको किन नहोस् त्यसमा हरेकको भावनालाई समेटेको हुनुप¥यो । यसरी समाजले आज जे खोजेको छ त्यो छर्लङ्ग बुझिने तरिकाले आउँदा राम्रो हुन्छ ।
कवितायात्राको क्रममा ठूलाबडाको प्रशस्ति गाएर उपाधि पाएको उदाहरण इतिहासमा थुप्रै पाउँछौ । फेरि कतै विरोध गर्नुपर्यो भनेपनि सर्वप्रथम कविताकै सहारा लिएको पाइन्छ । यसले कविताको तागत र क्षमताको मापन गर्न सकिन्छ । कविता बढी लेखिने र पढिने विधा त भन्यौ तर कविताको माया हामीले कमै पाएका छौं । त्यसको नियत पनि भोगिराखेका छौं । आशा छ, आगामी दिनमा फेरि यस्तो दिन आउँदैन होला ।
अङ्क ३, पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment