शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, August 31, 2023

लघुकथा संसार मासिक अङ्क ५ (सम्पादकीय)

 

नेपालमा वर्षैभरि थुप्रै जात्राहरु मनाइन्छ । भनौं त नेपाल जात्रै जात्राको देश हो । यहाँ गाईजात्राको आफ्नै महत्व रहेको छ । हुन त यतिखेर देशमा घटेका घटनाक्रममाथि हास्यव्यङ्ग्य, ख्यालठट्टा र मनोरञ्जन गर्ने परिपाटी चलेको छ । यसले दिने सन्देशले हाम्रो जीवनमा ठूलो अर्थ राख्दछ । मान्छे बाँच्नका लागि निरोगी हुन जरुरी छ । आजभोलि मान्छेहरु विभिन्न रोगबाट ग्रसित हुँदै गइरहेका छन् । हाम्रा पुर्खाहरुले जुन मनोरञ्जन गर्दै आएका थिए । त्यसको सान्दर्भिकता अहिले झन् बढ्दै गएको देखिन्छ ।

मान्छेका भोकाइ विभिन्न माध्यमले बाहिर आएका छन् । यिनै समसामयिक विषय र सामग्रीलाई बढी प्राथमिकतामा राखेको पाइन्छ । जे होस्, आजभोलि लघुकथाले थुप्रैलाई आकर्षित गरेका छन् । हरेक वर्षको भदौ ५ गतेलाई लघुकथा दिवसको रुपमा मनाउँदै आइरहेको छ । यसको लोकप्रियता पनि क्रमशः चुलिँदै गएको देखिन्छ । 

हरेक मान्छेभित्र कथा र व्यथा हुन्छ । त्यसलाई बाहिर ल्याउँदा कसै–कसैले आफ्नो पनि ठान्न सक्दछ । त्यही लघु शब्दले मान्छेमा परिवर्तन ल्याइदिने हुन्छ। हेर्दा सानो झिल्काजस्तै देखेतापनि त्यसले नसोचेको अवस्था ल्याइदिन सक्दछ।यसै बीच लघुकथा संसारप्रति औधी माया दर्शाउनु भएको छ।यो सदैव अटुट रहिरहोस् ।

पत्रिका पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment