शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, August 17, 2023

कविता संसार मासिक अङ्क २ (सम्पादकीय)

नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने र पढिने विधा कविता भएको सर्ववितिदै छ । तर यसको चर्चा–परिचर्चा भने साह्रै कम हुने गरेको पाइन्छ । नेपालको नोबेल पुरस्कार भनेर मदन पुरस्कारलाई लिइन्छ । मदन पुरस्कार गुठीले कविता विधालाई कमै पुरस्कृत गरेको पाइएको छ । हुन त कतिपय पुस्तकहरु पुरस्कार नपाएपनि उत्तिकै लोकप्रिय भएका प्रशस्त उदाहरण छन् ।

कविताका जुन काव्यहरु छन् । त्यसमा नयाँ–नयाँ क्षितिज देखा परिरहेका छन् । समय र सन्दर्भ अनुसार यसमा प्रयोग हुँदै आएको देखिन्छ । यसको इन्द्रेनीले सबैलाई मनमोहक र आकर्षित पारेको छ । जुन आदिमकालदेखि यसमाथि भए गरेका विभिन्न खोजको क्रम यद्यपि जारी नै छ ।

वर्तमानमा एआई प्रविधिले सबै सर्जक सतर्क भएका छन् । यसबारे विभिन्न आरोप प्रत्यारोप सुरु भएको छ । लाग्छ, यसबाट भविष्यमा आइपर्न सक्ने समस्या र सङ्कटबारे छिट्टै लामो बहस हुनेछ । जसले हरेकको अधिकार सुनिश्चित हुनेमा यसको भूमिका निर्णायक बन्नेछ ।

कविता संसारले हरेक सर्जकहरुको प्रोत्साहन र माया पाइरहेको छ । यसको अतिरिक्त अघि बढ्न के कस्तो विधि र प्रक्रिया अपनाउँदा राम्रो हुन्छ।यसका लागि यहाँहरुका विभिन्न मार्गनिर्देशन र सुझाव शिरोपर गर्दै जानेछौं । जुन काव्य प्रेमीहरुलाई एउटा उत्साह एवं प्रेरणा सदैव मिल्ने आशा गरेका छौ ।

अङ्क २, पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment