शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, July 30, 2023

लघुकथा संसार मासिक अङ्क ४ (सम्पादकीय)

नयाँ–नयाँ प्रविधिले जीवन सरल र सहज बनाउन सहयोग गरेको देखिन्छ । तै पनि जीवन झन् कठिन हुँदै गएको महसुस हुन्छ । आज हरेक क्षेत्रमा बेथितिको कुरा जताततै सुनिन्छ । यहाँ के हुँदैछ र के भइरहेछ, सबैजना अन्योलमा छन् । त्यसको परिणाम विभिन्न ढङ्ग र नजानिँदो तरिकाले देखा परिरहेका छन् । त्यसलाई के कसरी हल गर्न सकिन्छ । यसप्रति  आज सबै चिन्तित छन् ।

यस विषयप्रति सर्जकहरुको दृष्टिकोण निर्णायक बन्न सक्दछ । सर्जकहरु भविष्यद्रष्टा पनि हुन् । यसबारे वैदिक ग्रन्थहरुबाट बुझ्न सकिन्छ । तिनै ग्रन्थहरुको आधारमा आज जे जति आविष्कार भएका छन् । तिनका मूलस्रोत भनेका हाम्रा वैदिक ग्रन्थका सर्जकहरु हुन् ।

नेपाली संस्कृतिमा साउन १५ गतेलाई पनि विशेष दिन मानिन्छ । यस दिनलाई खीर खाने दिनको रुपमा मनाइन्छ । यो स्वादिष्ठ र पौष्टिक तत्वले भरिएको हुन्छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ति अघि सुजाताले दिएको खीर भोजन ग्रहण गरेका थिए ।

लघुकथा संसारसित आज थुप्रै सर्जकहरु जोडिएका छन् । जसबाट अघि बढ्ने हौसला र प्रेरणा सदैव पाइरहेका छौं । त्यसलाई मार्ग निर्देशकको रुपमा अँगाल्ने वचनबद्धता हाम्रो सदैव कायम रहने छ ।

पत्रिका पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment